Thursday, January 26, 2017

कालिकोटका ग्रामिण क्षेत्रमा रेमिट्यान्स सेवा बढ्दै

रुपेन्द्र ऐडी,
कालीकोट  
माघ । गएको २०६५ सालमा छोराले मलेसियाबाट रकम पठाउदा एक हप्ता लगाएर सुर्खेतबाट रकम भुक्तानि गरेर  घर फर्किएको अनुभव सुनाउदै स्युनाका परेक बहादुर शाही पछिल्लो समयमा गांउमा पांच मिनेटमा रकम पाउन र पठाउन सकिने भएपछि सहज भएको बताए । उनले भने विदेशबाट आफन्तले पठाएको रेमिटयान्सको रकम भुक्तानि गर्नका लागि सुर्खेत धाउनु पर्ने अवस्था थियो । तर अहिले भने त्यसको ठिक विपरित भएको छ ।
   कालीकोटको सदरमुकाम मान्ममा मात्र नभई ग्रामिण क्षेत्रमा रेमिटयान्स सेवा बढ्न थालेका छन । जिल्लामा बैदेशिक रोजगारमा जाने क्रम बढे संगै रेमिट्यान्स सेवा बढ्न थालेका हुन । अहिले एक गाविसमा एउटा रेमिटयान्स एजेन्ट संचालन गरेका छन । सदरमुकाममा एक दर्जन बढि रेमिटान्स शुरु भएपनि गांउमा त्यसको ठिक दोव्बर संचालनमा आएको बताइएको छ । अहिले लालु,माल्कोट गाविसमा प्रभु रेमिटयान्स शुरु गरेका छन भने कुमालगांउमा आईएमई सेवा शुरु गरिएको छ भने त्यहांबाट एक घण्टा मात्र टाढा रहेको कोटबाडाको लालिघाटमा आईयामइ सेवा शुरु भएको छ । त्यसै गरी मुम्रा गाविसको पोतमारामा प्रभु रेमिट छ भने सिप्खाना गाविसको दुई स्थानमा आईयामई रे प्रभु रेमिट संचालनमा ल्याइएको बताइएको छ ।आधा घण्टाको यात्रामा रहेको स्युना गाविसमा आईयामई र प्रभु रेमिट संचालनमा आएको  छ । जिल्लाको विकट मानिएको सदरमुकामबाट १८ कोष उत्तर पूर्वमा रहेको थिर्पू गाविसमा समेत आइयामई संचालनमा आएको छ भने चिल्खाया गाविसको ठिन्के बजारमा प्रभु रेमिट,फोइमहादेवको नाग्ममा सिटी एक्सप्रेश रहेको बताइएको छ ।
ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुंच नहुंदा कठिनाई हुने गरेको भएपनि फोनका आधारमा कारोवार गर्ने गरेको बताइएको छ । ग्रामिण क्षेत्रमा रकमको सुरक्षाका लागि समस्या हुने गरेकाले रेमिट एजेन्टलाई कठिन हुने गरेको बताइएको छ । केही समय अघि सिप्खानाका शम्भुनाथ कृषि विकास सहकारी संस्थाले संचालनमा ल्याएको आईयामईका व्यवस्थापक दिनेश कुमाल तिन लाख रकम लिई फरार भएपछि रेमिट प्रति सुरक्षाको अभाव झनै खट्किएको छ । आइयामइमा जम्मा भएको रकम लिई तिन महिना अघि फरार भएको बताइएको छ ।
   ग्रामिण क्षेत्रमा रेमिट एजेन्टको संख्या बढे पछि अहिले सदरमुकामको रेमिट व्यवसाय नाममा मात्र सिमित रहने गरेको विगत आठ वर्ष देखि आइयामइ रेमिट संचालन गर्दै आएको हिमचुलि कृषि सहकारी संस्थाको रेमिट प्रबन्धक मनिका बोहराले बताइन । उनले भनिन् शुरुवातको चरणमा रेमिटबाट आम्दानि हुने गरेको भएपनि अहिले भने सुक्दै गएको बताएकी छन ।
     जिल्लामा पछिल्लो समयमा मासिक रुपमा दुई करोडको हाराहारीमा रकम भित्रिने गरेको छ भने सोही अनुपातमा रकम बाहिर जाने गरेको विभिन्न एजेन्टहरुले बताएका छन । कालीकोट जिल्लामा आएको रेमिटको रकम जसरी आंउछ त्यसै गरी उपभोग्य खर्च र जिल्ला बाहिर घर घडेरी लगाएतका ठांउमा खर्चिने गरेको बताइएको छ । जिल्लामा बैदेशिक रोजगारबाट फर्किएका कुनै पनि युवाहरुले नमुना कामको लागि लगानि गरे आम्दानि बढाउने काम गर्न नसकेको बताइएको छ ।

No comments:

Post a Comment