Saturday, January 28, 2017

कालीकोटमा जनता आवास कार्यक्रम एक सय ४० घर बन्ने

मनिका बोहरा,
कालीकोट
माघ १५ । जिल्लामा जनता आवास कार्यक्रम १० गाविसमा एक सय ४० वटा घर निर्माण हुने भएका छन ।
   गएको तिन वर्ष देखि कालीकोटको मान्ममा शुरु भएको जनता आवास कार्यक्रम यस वर्ष ग्रामिण क्षेत्रमा शुरु हुने भएको छ । विपन्न गरिव दलित परिवारका साथै वादी समुदायका परिवारका लागि निर्माण हुन आवासहरुका लागि शहरी भवन डिभिजन कार्यालय जुम्लाले कालीकोटका मान्म, जुविथा, धौलागोह, नानिकोट, पाँखा,छाप्रे, माल्कोट, खिन, राम्नाकोट र कोटवाडा गाविसका एक सय ४० घरपरिवारको घर निर्माण हुने भएको छ । भवन डिभिजन कार्यालय जुम्लाका प्रमुख जगदिश लामिछानेका अनुसार कर्णालिका पांच जिल्लामा पांच सय ४० मध्ये कालीकोटमा चाल आर्थिक वर्षमा एक सय ४० घरका लागि दुई लाख ६७ हजारका दरले तिन करोड ७३ लाख असि हजार नेपाल सरकार र घरधनिको १० प्रतिशत लगानिमा घर निर्माण हुने भएका हुन ।
    कालीकोट जिल्ला समन्वय समितिको वैठकले यस आर्थिक वर्ष २०७३÷२०७४ का लागि दस गाविसलाई छनोट गरेको बताइएको छ । समितिका अनुसार पौष मसान्त सम्म निवेदनका साथ जग्गाधनि पुर्जा,नागरिकता प्रतिलिपि सहित सम्बन्धित गाविसको सिफारिस पेश गर्न भनिएको छ ।
    कालीकोट जिल्लाका पहिलो प्राथमिकतामा वादी परिवार र दलित परिवार मध्येका जग्गा भएका तर आवास निर्माणमा कठिन भएका परिवारलाई जोड दिइएको भवन डिभिजन कार्यालय जुम्लाका प्रमुख लामिछानेले बताउनु भएको छ । वहांका अनुसार गएको तिन वर्ष देखि कालीकोटमा शुरु भएको जनता आवास कार्यक्रममा यस अघि जिल्लाको जुविथा,धौलागोह र मान्मका दलित परिवारहरुका ३० घर निर्माण भएको डिभिजन प्रमुख लामिछानेको भनाई रहेको छ । निर्माण हुने घरधनिले आफुले लगानि गरेर राम्रो घर निर्माण गर्ने सक्ने बताउदै प्रमुख लामिछानेले सम्झौता भएको एक वर्ष भित्र घर निर्माण गरिसक्नु पर्ने बताउनु भएको छ ।
  यस कार्यक्रमले आर्थिक अभावमा खुल्ला ठाँउमा बस्न बाध्य भएका विपन्न वर्गका दलित तथा वादी परिवारमा खुसियालि छाएको छ ।
 

No comments:

Post a Comment