रेमिट्यान्सले गांउंलाई परनिर्भर बनायो
रुपेन्द्र ऐडी
कालीकोट
१५जेष्ठ/समथर भुमि नभएपनि जिल्लाको अति रमणिय क्षेत्रको रुपमा चिनिने रास्कोट दराको मुन्डा(थडिउ) घर अनि घुचिमुच्चि गांउ अहिले सान विगतको भन्दा फरक रहन गएको छ । जिल्लाको अति उत्तम तथा शौन्दर्यको रुपमा स्थापित रास्कोट दरा एक जमानामा रातो चामलले महत्व माग पनि त्यही रुपमा स्थापित रहदै आएको थियो ।
फोटा न.१
रास्कोट क्षेत्रको स्युना सिप्खाना गांउकालीकोटको रास्कोट दराका कुना कन्दराका गांउबाट रातो चामल कर्णालिका अन्य जिल्ला डोल्पा,मुगु,हुम्ला र जुम्लामा अनि अछाम, बाजुरामा समेत निर्यात हुने गरेको जानकार एवंम वुढापाकाहरुले बताउदै आएका छन । जति वेला रास्कोटको चामल मुगु देखि डोल्पाका बहकर (भेडामा नुन बोक्ने) चलाउने समयमा नुन संग साटिने चामल अहिलेको आधुनिक जमाना संगै हराउदै गएकोमा स्थानिय वासिहरु चिन्तामा परेका छन ।
फोटा न.२
रास्कोटको थोल्म गांउ जहां कालिकोट जिल्लाको देस्रो फुकछहरी झरना समेत छ ।आफुले खाएर चामलका भारी जुम्लाको खलंगा र मुगुको गमगढिमा लिएर विक्रि गरेको स्मरण गर्दै रास्कोट क्षेत्र स्युना गांउ विकास समितिका पूर्व मखिया कन्न बुढाले बताए । उनका अनुसार तत्कालिन समय २०२५ सालमा आफु मुगुको गमगढिमा पहिलो पटक चामल विक्रि गर्न जाने समयमा प्रति किलो चामल ५ रुपैयामा विक्रि गरेको बताउदै आफुले खाएर गांउमा नुन संग चामल साट्ने गर्दा उत्पादनले धान्दै आएको भए पनि अहिलेको आधुनिक जमानामा धानको विउविजनमा फरक र स्थानिय खेति भन्दा पनि अर्काको भरमा पर्ने बानिको विकासका कारण धान उत्पादन घट्दै गएको र आफुलाई खानका लागि पनि बाहिरबाट ल्याउनु परेको बताउन थालेका छन ।
फोटा न.३
पाक्न लागेको गहुं वालित्यसै गरी उनका साथमा रहेकी मिम्का बुढाले पनि खेति लगाउदा विभिन्न रसायनिक मल र धान खेतिमा विषादी प्रयोगका कारण धान वालिमा उतपादनमा कमि आउने गरेको थपिन् ।उनले अगाडि थप्दै भनिन् जितेका चामल छदैछन किन वालि लगाउने ?भन्ने गर्छन आफु त्यसमा सहमत नभएको बताईन ।आफुले गांउमा भैसि,वाख्रा पालन समेत गरेर पोर्साे(मल)बनाउने उत्पादन पनि त्यतिकै गर्ने गरेको बताइएन् ।रास्कोट क्षेत्रमा धान र गहुं वालि बराबर उत्पादन हुने गर्द छ ।
रास्कोटको चामल बाहिर कति जान्थ्यो त ?
तत्कालिन समयमा त्रिविकोट(हाल कालीकोट)जिल्लाको सदरमुकाम जुम्ला हुंदा कालीकोटका स्थानिय वासिले जग्गाको कर(तिरो)तिर्न रातो चामल समेत लिने गरेको बताइएको छ । खानाका लागि जूम्लाका ठुला बडाहाकिमले पनि कालीकोटको रास्कोटको चामल नै माग गर्ने र त्यसका लागि पनि रास्कोटको चामल जुम्ला पुग्ने गरेको बताइएको छ । स्थानिय वासिका अनुसार कालीकोट बाट २०१५ साल देखि बाहिर जिल्लामा खाद्यन्न निर्यात हुने गरेको बताइए पनि स्यस भन्दा पहिले पनि जुम्लामा चामल र घ्यु जानेको भनाई रहेको छ । जिल्लाबाट मान्छेबाट भरिया लगाएर जाने गरेको भए पनि कति जान्थ्यो त्यो भने एकिन डाटा नभएको सराकोरवालाहरुले बताउदै आएका छन । कालीकोटमा अहिले खाद्यन्न संकट हुने र तत्कालिन समयमा रास्कोट दराले वाहिर जिल्लामा धान्ने अवस्थामा आफै रास्कोट अहिले अन्य क्षेत्रको भर पर्न थालेका छ ।यसको मुल कारण भनेको कृषि खेति प्रति वेवास्ता र विगतको धान भन्दा पनि नयां धान खेतिको प्रयोग बढ्दै जानु हो ।त्यति मात्र होइन रास्कोटमा स्थानिय युवाहरु विदेसिनु र घरमा रहेका बुढापाका र परिवारलाई विदेशबाट पठाएको रेमिट्यान्सको रकमका कारण पनि एक कारक तत्वको रुपमा लिन सकिन्छ ।जिल्लाको सवै भन्दा राम्रो आम्दानि हुने चिल्खाया लगाएतका क्षेत्रलाई भने पनि रास्कोट क्षेत्रमा माना बाट मुरी उत्पादन गर्ने क्षेत्रका रुपमा लिन सकिएता पनि अहिले भने त्यो सम्भव नभएको मानिदै आएको छ ।
धर्म तथा संस्कृतिको प्रभाव
यस क्षेत्रमा धर्मका नाममा भदौ असोजमा जिल्लाको सवै भन्दा ठुला(पैठ) मेला लाग्ने गर्दछ ।जहां जिल्ला भित्रका साथै छिमेकी जिल्ला अछाम,बाजुरा, दैलेख,जुम्लाबाट रंगालु एवंम भक्तजनहरु आउने गर्दछन । यस क्षेत्रको प्रमुख देवता खापरमष्टा,सिमष्टा,छ विसे जात्रा हुन सप्ताह व्यापी रुपमा मेला लाग्ने भएकाले रास्कोटको डांडामाडु(हाल आरसिपि) अति स्थापित ठांउ हो । जहांका मेलामा धामीहरुको फलामका घण्ट निकाल्ने अनि जमरा हातमा उमार्ने देखि मुखमा तिखा तिखा दांत निकाल्ने चमत्कार समेत गर्छन ।यस क्षेत्रका रमणिय मेला तथा पबैहरुमा विगत द्धन्दकालमा भने ति सवै प्रक्रिया रोकिएका थिए । शान्ति पिरिएडमा सवैको पुनरउत्खनन भए पछि स्थानिय वासिमा नयां तरंग पैदा भएको छ ।यस क्षेत्रका अधिकांस स्थानियहरु सामान्य दुःखी विराम पर्दा अस्पताल भन्दा पनि देवि देवता संग झारफुक गराएर नै निको पार्नका लागि पहिलो प्रयास गर्ने गर्दछन ।
फोटा न.५
रास्कोटको धार्मिक एवंम स्थानिय मेलाका झलकहरुकति युवा जान्छन विदेश ?
युवाहरुमा कृषि पेशा प्रति नै वितृष्णा बढ्दै जानु अनि जेनतेन मावि तह सम्मको अध्यायन गरेर फजुल खर्चमा चुर्लम्मै डुवेर कमाईको श्रोत केही नभए पछि जागिरको खोजिमा भौंतारिदा कहिं कतै केही नालगे पछि लाखौं रकम सयकडा वार्षिक पचास देखि ८० प्रतिशत ऋण झिक्दै खाडि मुलुक भौतारिने र घरका मान्छे पनि छोराले विदेशबाट पैसा कहिले पठाउला ऋण तिरेर घर खर्च चाउला भन्ने आशामा रहेका हुन्छन । खेति गरेर केही पाईदैन विउ भन्दा झन घटेर उतपादन हुने भएकाले खेतिपाति लगाउन नै छाड्न थालेका छन ।
फोटा न. ६
घरमै राडिपाखि बुन्दै एक स्थानिय वासिरास्कोटको स्युना गाविस ३ कर्णालि वस्तिका अहिले अधिकांस युवाहरु विदेसिएका छन । गाविस भरी दुई सय भन्दा बढि विदेसिएको स्युना आठका दुवइ बाट घर फर्केर गांउमा पसल संञ्चालन गर्दै मासु व्यवसायमा लागेका राजेन्द्र ब. शाही बताउछन । उनलाई अहिले विदेशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा केही गर्न शुरु गर्दा उत्तम लागेको छ । गांउमा बसेर केही उदाहरणिय काम गर्न सकिन्छ भन्ने आफुमा जांगर पलाएर आएको बताउन थालेका छन । युवाहरु विदेसिएर अहिले मासिक रुपमा यस गाविसमा मात्रै ७ लाख रकम आए पनि केही प्रगति नभएको बरु विदेशबाट कडा परिश्रम गरी पठाएको रकम मदिरा तथा फजुल खर्चमा अधिकांस रकम जाने गरेको बताइएको छ । स्युनाको आरसिपि वजारमा विगत आठ वर्ष देखि होटल व्यावसाय गर्दै आएका सिंहराज शाहीका अनुसार अधिकांस दलि जातिमा विदेश बाट पठाएका रकम फजु खर्च गर्ने गरेको बताएका छन । उनल भने विदेशबाट रकम आउने समयमा व्यापार पनि वढ्ने गरेको दावि समेत गरेका छन । बडिमालिका मन्दिरको फेदीमा रहेको त्रिवेणि पाटन संगै जोडिएको रास्कोट क्षेत्रको आफ्नै पहिचान बोकेको पाइन्छ ।वनजंगलको अत्यान्तै कम पाईने यस क्षेत्रमा पशुपंन्छि पनि पाल्दै आएका छन ।
फोटा न.७
फुकोटको ताम्तीमा बाख्रा व्यवसाय गर्दै आएका रंगराज ऐडीएक घर एक वाख्रा पालन अनिवार्य नै बनेको छ । पछिल्लो समयमा जिल्लाको रास्कोट क्षेत्रका स्युना, सिप्खाना,फुकोट लगाएतका गाविसमा घरमा अनिवार्य नै घोडाघोडी पाल्ने होडवाजि नै चल्ने गरेको छ ।
फोटा न.८
अमिलाबाट विज निकाल्दै वालुखेतका स्थानियरास्कोटको तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा फलफुलको पकेट क्षेत्रका रुपमा स्थापित गर्नका लागि केही जनशक्ति लागि नै परेको पाइएको छ । कलमिका माध्यमबाट व्यवसायिक रुपमा नै विरुवा फलफुल उत्पादन र भण्डारणका लागि विभिन्न निकायको सहयोगमा कृषि क्षेत्रमा फलफुल अन्तरगत स्याउ, नास्पति,अनार,आरुवोखरा,ओखर लगाएतमा पनि पछिल्लो चरण आकर्षण बढेको छ ।
फोटा न.९
गांउमा आफै उत्पादन गरेका विरुवा उत्पादन कलमीका माध्यमबाटअधिकांस युवाहरु वेवारिसे भएर जिवन गुजारा चलाउदै आएका छन । कालीकोट जिल्ला स्थापनाका क्रममा २०३४ सालमा तत्कालिन माननिय सांसद धर्मदत्त न्यौपानेले जिल्ला सदरमुकाम रास्कोटमा ल्याउने आश्वासनका कारण भ्रममा परेका स्थानिय वासिहरुले सदरमुकाम मान्ममा घरघडेरी लिन बाट वञ्चित भएको बताउदै आएका छन । त्यति मात्र होईन ठांउको अभाव नरहेको रास्कोट क्षेत्रमा विमानस्थलका लागि लामो संघर्ष गरे पनि त्यो पनि सम्भव नहुंदा रास्कोट क्षेत्रका वासिन्दा राज्य तथा अघि लागेका नेताहरु रास्कोटको लागि भन्दा पनि आफ्नो व्याक्तिगत पहिचान र आफ्नै ठांउको लागि लागि परेको आरोप लगाउदै आएका छन । स्थानिय राजनैतिक दलका अगुवाहरुले लामो संघर्ष गर्दा पनि सेवा कार्यालय स्थापनाका लागि माग गर्दा स्थापना हुन नसकेको बताएका छन । इलाका स्तरिय कार्यालय स्थापनाका लागि १५ औं जिल्ला परिषदमा तोडफोड लगाएत बन्द हडतालका कार्यक्रमहरु समेत गरेका थिए । जिल्लाको निर्णायक भुमिका खेल्ने रास्कोट क्षेत्रलाई पछि किन पारियो भन्ने प्रश्न सवैमा छ तर उत्तर कसैं संग छैन । पहिलो संविधान सभाको सुझाव तथा जनमत संकलनका लागि कालीकोटको फुकोटमा पुगेको सभाषदको टोलिले रास्कोट क्षेत्रलाई स्वर्गको संज्ञा दिएको थियो ।
फोटा न.१०
जग्गा भाडामा लिएर विउ उत्पादन गर्दै स्थानिय ।के गर्दा रास्कोटको पहिचान आउला त ?
रास्कोट क्षेत्रका जानकारहरु अवको रास्कोटलाई व्यवस्थित पार्नका लागि सेवा केन्द्र स्थापना गर्दै वजारीकरणका लागि विशेष जोड दिनु आवश्याक रहेको बताउदै आएका छन । जिल्ला सदरमुकामबाट इलाका प्रशासन लगाएतका कार्यालय स्थापना र नगरपालिका घोषणा गर्न पहिलो पहल हुनु पर्नेमा स्थानिय समाज सेवि एकिकृत ने क पा (माओवादी) कालीकोटका जिल्ला सदस्य एवंम स्युना नगरविकास समितिका अध्यक्ष धर्मराज शाही । उनका अनुसार जिल्लाको रास्कोट क्षेत्रको समग्र विकासका लागि रास्कोट वासिले एक पटक लाग्नु पर्ने अवस्था आएको बताउछन । जिल्लाको पहिलो विद्यालय बडिमालिका मा वि पनि यही रास्कोटको स्युनामा पर्न भएकाले यस विद्यालयले मन्त्रि देखि ईन्जिनिएर, सभाषद राष्ट्रिय खेलाडि पनि नजन्माएको पनि होईन तर त्यो जनशक्तिले रास्कोटको लागि केही गर्न नसकेको गांउ विकास समितिका पूर्व उपाध्यक्ष परिमल फर्सालले बताएका छन । उनका अनुसार अघिल्लो मन्त्रि देखि नेता सम्म केही गर्न नसके पनि जनतामा माओवादी जनयुद्धले केही गर्न सक्ने आशा लिए पनि यस क्षेत्र बाट मात्र पचास जना युवा युवति रगत बगाए पनि केही नभएकोमा अव कसैले पनि रास्कोटको हितमा काम गर्ने आशा हराउदै गएको बताउछन । उनले भने अवका युवाहरुले यस ठांउको विकासका लागि पहिले यस जमिनको भरमग्दुर प्रयोग गरी केही लाभ लिन आंट गर्नु पहिलो कर्तव्य भएको ठहर छ ।
फोटा न.११
रास्कोट क्षेत्रका विचमा पर्ने शान्तिघाट खोलाबाट उत्पादन भएको विद्युतले जिल्लाका ११ गाविसमा उज्यालो दिएको छ भने पांच सय किलोवाट क्षमता रहेको पोतमारा जलविद्युत केन्द्रबाट अहिले दुई सय ५० किलोवाट मात्र प्रयोगमा आएको छ भने अन्य विद्युतको प्रयोग हुन सकेको छैन । त्यति मात्र कहां हो र जिल्लाको भरीको भन्दा नेपाल टेलिकमले दुई वटा संचार टावर समेत स्थापना गरी संचारको समेत पहुंच पुगेको पाइन्छ । यस क्षेत्रको स्युनामा पांच हजार एक सय ८० जनसंख्या,फुकोटमा पांच हजार तीन सय ६८ जनसंख्या, र सिप्खानामा चार हजार सात सय ४६ जनसंख्या रहेको छ ।
No comments:
Post a Comment