कालीकोट
१७ साउन÷लगातारको वर्षाले कालीकोटको जनजिवन कष्टकर बन्दै गए पछि स्थानिय वासि चिन्तित भएका छन ।
गएको वर्ष आएको वाढीका कारण १२ जनाले ज्यान गुमाएको घटनालाई स्मरण गर्दै यस वर्ष पनि सोही घटना जस्तै हुने होकी भन्ने त्रास फैलिएको हो ।केही दिन पहिले भारी वर्षा हुंदा मान्ममा एक महिलाको पुरिएर ज्यान गएको थियो भने स्युना गाविसमा भर भत्किदा एक वालकको ज्यान जानुका साथै वर्षाले कयौंका घर भत्किदा लाखौं धनमालको क्षेति भएको छ ।त्यसै गरी वर्षाका कारण कर्णालि राजमार्गको विभिन्न स्थानमा पहिरोका कारण आवत जावतमा समस्या आएको छ । सदरमुकाम मान्म देखि जुम्ला र सुर्खेत जाने यात्रुहरु बाटोमा पैदल यात्रा गर्न बाध्य भएका छन ।
पछिल्लो समयमा बर्षाले कर्णालि नदिमा पानिको वाहप बढेपछि नदिको किनारमा रहेका स्थानिय जिते बजार र लालिघाट बजार जोखिममा परेका छन । बजारमा रहेका पसल भित्र पानि पस्ने अवस्था आए पछि कयौं व्यापारीले ठांउ नै छाडेर अन्यत्र पसलको सामान सारेका छन । स्थानिय व्यापारी भिम बहादुर ऐडीका अनुसार बस्न नसक्ने अवस्था आए पछि जिते वजार छाडेर कोटवाडाको तारवजारमा ब्यापार ब्यावसायका लागि ठांउ सार्नु परेको बताएका छन । गएको वर्ष पनि बर्षाका कारण स्थानिय दुवै वजार जोखिममा रहेको अवस्थामा कयौं व्यपारीले हिंउदे समयमा मात्र व्यापार शुरु गरेका थिए । सदरमुकाम भन्दा पनि मुख्य व्यापारी केन्द्रको रुपमा स्थापित सो बजारमा कालीकोटका १८ गाविस र बाजुराका ९ गाविस समुदायले ब्यापार व्यावसाय गर्दै आएका छन । सो वजारमा करिव दुई सय जना व्यापारीहरुले व्याबसाय गर्दै आएका छन ।
No comments:
Post a Comment