Monday, October 7, 2013

मनिकाले पाईन आईएमई उपहार मोवाइल

कालीकोट   
            
21असोज÷आई एम ई रेमिट्यान्सले आफ्ना ग्राहकहरुलाई आकर्षणका लागि ल्याएको दर्शैं विशेष कार्यक्रम एस एल सि उपहार कालीकोटकी मनिका बोहरालाई परेको छ ।

  उपहार पाउने मनिका बोहराले स्र्माट उपहार अन्तरगत करिव १० हजार बरावरको मुल्य पर्ने स्यामसुङ मोवाइल प्राप्त गरेकी हुन । हिमचुलि कृषि सहकारी संस्था लि.को हलमा संस्थाका कार्यकारी प्रमुख भिम प्रसाद बराल लगाएतको उपस्थितिमा सस्थाका अध्यक्ष काशिचन्द्र बरालले एक विशेष कार्यक्रमका विच आई एम इले दिएको उपहार स्यामसुङ मोवाईल प्रदान गर्नु भएको हो । उपहार प्रदान पछि मनिका बोहरालाई संस्थाका कार्यकारी प्रमुख भिम प्रसाद बरालले धन्यवाद दिनु भएको छ । कालीकोटमा रहेको हिमचुलि कृषि सहकारी संस्थाले विगत तीन वर्ष देखि आइएमईको रेमिट्यान्स सेवा संचालनमा ल्याए पछि देश विदेशबाट पठाएको रकम छिटो छरितो पठाउने र पाउने गरेका छन  । भदौ देखि शुरु गरेको अभियानमा आई एम ई ले हरेक दिन एक जनालार्ई स्यामसुङ मोवाईल,हरेक हप्ता एक जनालाई एल सि डी टि. भि. र दुई महिने अवधिमा एक जनालाई कार दिने योजना बनाएको छ । जस अन्तरगत आई एम ईबाट रकम पठाउने र पाउनेले सो उपहार पाउने गर्दछन । ६० जिल्लामा स्यामसुङ मोवाईल उपहार दिएको आईएमईले यहि महिनामा एलसिडि टि भि र कार प्राप्त गर्न सक्ने बताइएको छ । आईएमई काठमाडौले दशै विशेषका लागि स्र्माट,एलसिडी र कार (एस एल सि)को योजनालाई बाहिर ल्याएको हो ।
यस अघि पनि आईएमईले ग्राहकका लागि एन सि एल सिम, आई एम ई लोगो भएको टफि, टि सर्ट लगाएतका उपहारका कार्यक्रम ल्याउदै आएको थियो । यसै गरी अन्य प्रभु, हिमाल रेमिट लगाएतले  दशंैको अवसरमा  विशेष कार्यक्रम ल्यँएका छन ।

No comments:

Post a Comment