Sunday, August 18, 2013

कालीकोटमा पहिलो कृषि क्याम्पस स्थापना

कालीकोट
भाद्र÷कर्णालिकै पहिलो कृषि क्याम्पस कालीकोटमा स्थापना हुने भएकोे  छ । जिल्लामा प्राविधिक क्षेत्रको शिक्षा हांसिल गर्न समस्या आएको समयमा कर्णालिको समेत पहलिो कृषि क्याम्पस स्थापना हुने भएपछि स्थानिय हर्षित भएका छन ।राज्यको हेर्ने दृष्टिकोणमा फरक भएकाले कर्णालिको विकासमा पछि परेको अवस्थामा अति विकट तथा कान्छो जिल्लाको रुपमा स्थापित कालीकोटमा कृषि क्याम्पस बन्ने भएपछि कालीकोट स्थानिय बासिले स्वागत गरेका हुन ।
    पांखा गाविसको जनज्योति मावि दशालामा कृषि क्याम्पस स्थापना गरिन लागेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलराज मल्लले जानकारी दिएका छन् उनका अनुसार कृषि क्याम्पसका लागि अनुमति ल्याई सकिएकाले यसै वर्षबाट पढाई शुरु हुने बताउनु भएकोछ । अव कृषि क्याम्पस स्थापना भएपछि कृषि जेटिए लगाएतका क्षेत्रमा पढाई शुरु हुने बताइको छ । कृषि जेटिएका लागि पढाई हुने सिटिभिटिबाट मान्यता प्राप्त बडिमालिका उच्च मावि राष्कोटमा भएपनि कषि सम्बन्धि उच्च शिक्षाका लागि कालीकोटबाट विद्यार्थिहरुले बाह्य जिल्लामा जानु पर्ने वाध्यताबाट अब मुक्त हुने भएको बताइएको छ ।
      कृषि क्याम्पसका लागि भवन, खेलमैदान, प्रविधि लगाएतका अन्य सामाग्रिको तयारी भैरहेको समितिले जनाएको छ । कालीकोटमा प्राविधिक क्षेत्रमा विज्ञान संकायको लागि फाईमहादेव गाविस र सिप्खाना गाविसमा उच्च मावि संचालनमा आएको भएपनि अन्य कुनै पनि निकायले प्राविधिक पक्षको विकासमा अघि बढेको नदेखिएको भएपनि कृषि क्याम्पस स्थापनाले कालीकोट वासिका लागि मात्र नभई कर्णालिका जुम्ला,हुम्ला,मुगु र दैलेख जिल्लाका विद्यार्थिका लागि सहज भएको बताइको छ । उचित व्यवस्थापन र सुविधाको लागि पहल गर्ने हो भने कृषि क्याम्पसले विकास गर्न सके स्थानिय स्तरमा दक्ष जनशक्ति उत्पादन सेवा संगै टेवा मिल्ने सरोकारवालाले बताएका छन ।जिल्लामा कृषि क्याम्पस स्थापना हुन सौभाग्यको कुरा रहेको स्थानिय अगुवा धनलाल बरालले बताएका छन । उनका अनुसार आपुहरुले जिल्लाको पहिलो मात्र नभई कर्णालिको पहिलो कृषि क्याम्पस आफ्नै गांउमा हुनुले सहजता मात्र होइन अवसरको रुपमा लिएको बताउदै दक्ष जनशक्तिबाट जिल्लाले ठुलो मौका पाउने विश्वास व्याक्त गरेका  छन ।

No comments:

Post a Comment