स्ववियु निर्वाचन र अवैध भर्ना प्रक्रिया
देश अहिले जसरी राजनीतिक विहिन अवास्थामा पुगिराखेको छ । त्यसरी नै देशका हजारौ हजार शिक्षण संस्थाहरु स्ववियु विहिन अवस्थामा छन्। देशमा चारदलिय सिण्डीकेट लागु गरी सम्पूर्ण सत्ता कर्मचारिको हातमा पारीयको छ । भने त्रि वि को स्ववियु सम्पन्न गर्ने घोषणाले निर्वतमान निर्वाचित काम चलाउ स्ववियु सदस्य हरुको औचित्व समाप्त हुनुको साथै क्याम्पसको सम्पुर्ण जिम्मा क्याम्पस प्रशासन को हातमा परेको छ ।
स्ववियुको स्थापना पुर्व नेपाली शिक्षण संस्थाको स्थिति जे थियो अहिले देशमा स्ववियु हुंदापनि स्ववियु संचालकहरुको खराब प्रवृतिका कारण शैक्षिक समस्याहरु त्यतातीर वढी केन्द्रित भएको देख्न पाईन्छ। स्वतन्त्र विधार्थी युनियन को उद्देश्य भनेको मुख्यतया प्रतिगामि राज्य सत्ता र पुरानो शिक्षा प्रणाली को मसान घाट हो । नया“ शिक्षा प्रणाली नया“ जनवादी वैज्ञानिक शिक्षा,समान ब्यवारिक र रोजगारमुलक शिक्षा प्राप्ती का लागी विजयको प्रतिक हो । ४९औं वर्ष पार गरि ५०औं वर्षमा प्रवेश गरिराखेको स्ववियुको १४औं कार्यकाल सम्पन्न भई २०७०वैसाख २१को स्ववियु निर्वाचन सम्पन्न गर्ने त्रि वि को औपचारीक घोषणा पछि १५औं स्ववियु कार्यकालको लागी देशब्यापी निकै स्ववियुको रौनक वढिरहेको थियो । विगतका स्ववियुले स्ववियुको मर्म विपरित काम गरि स्ववियुको गलत परिचय दिएता पनि स्ववियुलाई स्ववियुलाई मर्यादित र ब्यवस्थित पार्न समान प्रतिनिधित्व गराउन(क्रान्तिकारि)विधार्थीहरुको ठुलो आन्दोलन पछि स्ववियुलाई पूर्ण समानुपातिक वनाउन माग राखेपनि मिश्रीत स्ववियु प्रणाली लागु गराउन त्रि वि लाई वाध्य पारी विधार्थी संघ संगठनहरु सफल भएकाछन र स्ववियुको वास्तविक्ता, यथार्थतालाई विधार्थी माझ ल्याउने अभियानमा जुटिरहेका छन् भने प्रतिक्रान्तिकारी विधार्थी संघ संगठनहरु स्ववियुको गलत प्रचार वाजी गरी स्ववियु लाई मुनाफामुखि राजनितीकको भ¥याङ्ग वनाउने अभियानमा दौडिरहेकाछन ।यस्का विरुद्ध स्ववियु प्रयोजनका लागी गरिएको नक्कलि अवैध भर्ना प्रक्रियाले स्ववियुको उद्देश्य विपरित र समग्र विधार्थी आन्दोलन,शैक्षिक आन्दोलन लाई कलंक सावित गर्ने निश्चित छ । स्वतन्त्र विधार्थी युनियनको उद्देश्य के शैक्षिक गुणस्तरलाई सुन्यमा झार्ने हो ? के चोरि तस्करी उर्सीङ्गखल समाजको निर्माण गर्ने हो ?होईन भने क्याम्पसमा हुने प्रशासनिक एकाधिकार विधार्थीले खेप्नुपरेको चर्को आर्थीकभार असमान शिक्षा,भेदभाव,गुण्डागर्दी लाई रोक्नु स्ववियुको उद्देश्य हो । वदलिदो परिस्थितिलाइ निहालेर समय सापेक्षि शिक्षा क्षेत्रमा विधार्थीको अधिक्तम पह“च वढाउनु स्ववियुको अपरिहार्य हुन आउछ। जसलाई स्वतन्त्र विधार्थी युनियन भन्न सकिन्छ । यस्ले शिक्षामा निश्पक्ष रुपमा विधार्थीका समस्यालाई उठान गरि निकास दिन सक्नुपर्छ। स्ववियु यो वुद्ध्रिजिवीहरुको जमघट हुनुले देश र जनताका लागि शिक्षा क्षेत्रका जल्दावल्दा समस्यालाई पनि एकाकार गर्नसक्ने क्षमता राख्नुपर्दछ । स्ववियुका आफ्नै खालका विशेष्ता भएपनि विगतमा स्ववियुको नेतृत्वगर्ने गलत चरित्र भएका ब्यतिmहरुका कारण स्ववियुलाई निजि उद्योगधन्दा कलकारखाना कम्पनि जसरी आफ्नै ठेक्काको रुपमा प्रयोग गर्ने गरिरहेका छन्। २०६५साल चैत्र ६गते सम्पन्न स्ववियुले देशको शैक्षिक जगत र स्ववियुको सहि परिचय दिन्छ भन्ने आशा सवैमा थियो । विश्वव्यापी वैज्ञानिक, व्यवहारिक र रोजगारमुलक शिक्षाको हंगामा दिने अखिल(क्रान्तिकारी)का तत्कालीन महा“सचिव हिमाल शर्मा को नेतृत्वमा त्रि वि को स्ववियु संचालनको जिम्मा हजारौ विधार्थीले दिए । तर विडम्वना उनको स्ववियु संचालनको गतिविधिले विधार्थीहरुलाई नक्कली सर्टिफिकेट खरिदगर्न, भ्रष्टचारगर्न,अनैतिककार्य गर्न तिर उदृत गरेको कुरा देशभरीको करोडौंको लगानीमा स्ववियु कब्जागर्ने उद्देश्यकासाथ एकमुस्ट अवैध तरिकाले गरिएको भर्ना प्रक्रियाले छर्लङ्ग पारिसककेको छ ।यस्ले विधार्थी अराजनैतिक चरित्र, विचार, सिद्धान्त र शैक्षिक दृष्ट्रिकोणको दरिद्रता पनि पुष्टि हुन आउछ । जसरी ए माओवादी उपाध्यक्ष वावुराम भट्टराई नेतृत्वको सरकारले विभिन्नखाले राष्ट्रघाती काम ग¥यो त्यसरीनै सरकारी स्वकिय संगठन अखिल (क्रान्तिकारी) ले क्याम्पसहरुको स्ववियु कोषलाई जराउखेलेर नाङ्गेझारपारी आफ्ना पार्टी संगठनका कार्यकर्तालाई क्याम्पसमा भर्ना गरेकोकुरा सार्वजनिक भइसकेपछि सडक वाघको रुपमा परिचित ने क पा माओवादी निकट हाम्रो संगठन अखिल(क्रान्तिकारी)लगाएतका अग्रगामी राष्ट्रवादि संगठनहरुले स्ववियु निर्वाचन व्यवस्थित, मर्यादित र धा“धली रहीत वनाउन एकमुष्ट गरिएको अवैध भर्ना प्रक्रिया खारेजिको माग राखि त्रि वि मा तालावन्दी गरिसकेपछि निकास दिनुको ठिक उल्टो निर्वाचन समितीले नाटकमञ्चनगरी स्ववियुलाई यथास्थितिमा कायम राख्न विस्तारवादि इसारामा राजिनामा दियो । स्ववियु निर्वाचन घोषणा हुनु स्ववियु निर्वाचन हुननसक्नुले शैक्षिक क्षेत्रमा अर्को संकट थपिएकोछ । २०७०जेठ २३गते स्ववियु निर्वाचन गर्ने भनि जेठ१६गते उम्मेदवारी दर्ता गरिसक्ने स्ववियु निर्देशिका २०७०को कार्यतालीका दुरदराजमाराखी एकाएक १६गते नै अर्को सुचना नभएसम्मको लागी भनि स्ववियु निर्वाचन स्थगित भयको छ। यो विधार्थी हरुकालागी अर्को ठुलो शैक्षिक घात हो । विधार्थीमाथीको घातलाई प्रदाफासगर्न अग्रगामी विधार्थीहरु एकहुनुको विकल्प छैन् । खराव राजनैतिक चरित्र स्ववियुमा समाहित खराव चरित्रलाई ध्वस्त पार्नुको विकल्प छैन। स्ववियु निर्वाचन र अवैध भर्ना प्रक्रियालाई एकैठाउमा राखी आवश्यक्ताको परिभाषित गर्ने सरकारी स्वकिय संगठनहरुका विरुद्ध अर्को संर्घषको आ“धिवेहरी आवश्यक देखिन्छ । यस मानेमा म विधार्थी साथीहरुलाई के भनौ भने विधार्थीहरु कहिल्यै सत्ताको पक्षमा उभिनु हुंदैन गलतलाइ कहिल्यै का“ध हाल्नु हुन्न् संधै न्यायको पक्षधर वनिराख्नु विधार्थीको कर्तव्य हो । कालीकोट जस्तो स्ववियुको बारेमा जानकारनै नभएका विधार्थीहरुको घरघरपुगि डकुमेन्ट संकलन गर्नु स्केनिङ्ग गरि नक्कलि सर्टिफिकेट वनाई विधार्थीलाई विभिन्न किसिमका प्रोलोभनमा पारी अवैध विधार्थी भर्ना गर्नु स्ववियु निर्देशिका २०७०अनुसार हु वहु लागु गर्ने जिल्लामा क्रियाशिल सातवटा विधार्थी संघ संगठनहरुको निर्णयलाई लत्याई मनपरि तरिकाले जेठ ३गते ५वजे भित्र भर्ना गरिसक्नु पर्नेमा ५वजे पछि चेक द्रारा भर्नागर्नु अवैध भर्ना प्रक्रियाको ताजा उदाहरण हो । हाम्रो संगठन अखिल(क्रान्तिकारी)लगायत देशका राष्ट्रवादी विधार्थी शतिmहरु शिक्षामा भएको निजिकरण,व्यपारीकरण र भ्रष्टीकरणको साथै शिक्षामा समान अधिकार,समान प्रतिनिधित्व र समान प्रतिशप्रधाको विधिलाई संस्थागत गर्न चाहन्छन्। यसलाई कार्यन्वयनतिर जोडदिन आवश्यक छ । स्ववियु नहुनुपुर्व २०२०साल अगाडीको शिक्षामा भइराखेको पञ्चायती शासन व्यवस्थाको रवाफलाई अध्यायन२०२०पछि स्ववियुको स्थापनादेखि भएगरेका राम्रा वा नराम्रा कामको समिक्षा सहित स्ववियुले गरेका उपलब्धिहरुको रक्षा र नराम्रा क्रियाकलापको सुधार गरि स्ववियुलाई राजनैतिक भागबण्डाबाट टाढाराखि साझा संस्थाको रुपमा परिचित गर्न सकेमा मात्र विधार्थीहरुको जित हुनेछ । यस मानेमा स्वतन्त्र विधार्थी युनियन निर्वाचनको आवश्यक छ । जसलाई स्ववियु भनिन्छ । लेखक अखिल (क्रान्तिकारी) कालीकेटका अध्यक्ष हुनुहुन्छ ।
No comments:
Post a Comment