Monday, July 6, 2015

रास्कोटको पर्यटकिय क्षेत्र त्रिवेणि पाटन ओझेलमा



                                                      रुपेन्द्र ऐडी    कालीकोट
असार,मनरोञ्जनका लागि मात्र होईन प्रकृतिको धनि मानिएको रास्कोटको माथिल्लो क्षेत्र त्रिवेणि पाटन र त्यस आसपासका क्षेत्रको बर्णन गरी साध्यै छैन ।

 कालीकोटमा प्राकृतिक सम्पदाको क्षेत्रमा स्मरणिय क्षेत्रहरु मध्ये त्रिवेणि र देउरा पाटन एक महत्वको धार्मिक क्षेत्र तथा मनोरञ्जनको क्षेत्रका रुपमा लिन सकिन्छ । कालीकोट जिल्लाको चर्चित रास्कोट क्षेत्र त्यसमा त्रिवेणि पाटन अनि देउरा पाटन क्षेत्रका छेत्तडी, एकाते डांडा,मछाया पाटन,उदौनि गडा,छारफाल्न डांडा,रांगा खाडा,टाक्से डांडा र अनायो दह यस क्षेत्रका चर्चित स्थलमा गणनामा पर्ने गर्द छन ।

 
रास्कोट क्षेत्रको आरसिपि बजार देखि करिव चार हजार मिटर अग्लो स्थानमा रहेको देउरा पाटन मनमोहक क्षेत्रका रुपमा लिन सकिन्छ । बडिमालिका मन्दिरमा हुने पुजापाठको दिनमा लाग्ने मेला पनि विशेष रुपमा लिइने गरेको छ । जिल्लामा पछिल्लो समयमा धार्मिक तथा प्राकृतिक सम्पदाका क्षेत्रमा संरक्षणको अभियानमा चासो बढे पनि यि क्षेत्रहरु प्रति वेवास्ता हुने गरेको छ । प्रकृतिको सम्पदाको क्षेत्रमा त्यति चासो नदिएकै कारण कालीकोटका प्राृकतिक संम्पदाहरु ओझेलमा परेका छन ।
    रास्कोट मात्र होईन कर्णालिमा आफ्नो नामले

स्थापित हुने अग्लो स्थानमा रहेको डोल्पाको शे फोक्सुण्डो ताल,मुगुको रारा ताल, कालीकोटको पचाल झरना,तिला गुफा लगाएतका क्षेत्रले स्थापित भए पनि कालीकोटका प्राकृतिक सम्पदाका बारेमा जति गर्नु पर्ने हो त्यति गर्न भने नसकिएको अवस्था रहेको छ । यस सम्बन्धमा जिल्ला विकास समिति कालीकोटका सुचना अधिकारी प्रवलजंग शाहीका अनुसार  कालीकोट जिल्लाका पर्यटकिय क्षेत्रको बृत चित्रका लागि चार लाख रकम मध्ये तिन लाख आएको र दुई लाख रकम पेश्कि स्वरुप दिएको तर एक लाख रकम खर्च हुन नसक्दा फ्रिज गएको बताएका छन । उनका अनुसार राम्नाकोटको पचालझरना,रास्कोटको त्रिवेणि, स्वयम्भु नाथ,चुलि, पुग, तिला गुफा लगाएतका पर्यटकिय क्षेत्रको वृतचित्र निर्माणका लागि प्रक्रिया अघि बढेको भए पनि अहिले सम्म प्राप्त नभएको बताएका छन ।रास्कोटको देउरामा स्याउ फारमका साथै स्याउका विरुवा उत्पादन गर्दै आएका कल बहादुर रोकायाले स्याउको जामजेलि,जुस उत्पादन गर्दै मासिक वार्षिक तिन लाख रकम आम्दानि गर्ने गरेको बताएका छन । स्याउ फारमलाई मध्यनजर गर्दै जिल्ला कृषि विकास कार्यालय कालीकोटबाट कोल्ड स्टोर निर्माण गरेको छ ।  अन्य विकास निर्माणका लागि कर्णालि पर्यटन क्षेत्र जुम्लाबाट बाट सिधै रकम आउने गरेको बताइएको छ । रास्कोट क्षेत्र यातायात सुविधा भएको खण्डमा स्वर्ग नै हुने स्युनाका संणेश शाहीले बताए । उनले भने आफुहरुको सिप्टिलेक सबै भन्दा बढि अन्न तथा आलु,सिमि लगाएतका फलफुलमा स्याउ,नास्पति उत्पादन हुने भएकाले भविष्यमा राम्रो आम्दानिको श्रोत हुने बताए ।
   रास्कोट क्षेत्रमा आफैमा रमणिय क्षेत्र भएको र त्यसमा पनि त्रिवेणि,देउरा तथा सिप्टि क्षेत्रले गौरव बढाएको स्थानियको भनाई रहेको छ । रास्कोट क्षेत्रको पहिचानका  लागि पनि यस क्षेत्रका समुदाय लागि पर्नु पर्ने बताइएको छ । स्थानिय शिक्षक गोरख बहादुर शाहीका अनुसार रास्कोट क्षेत्रमा गतिलो नेतृत्व नभएका कारण विकासमा पछि परे पनि प्राकृतिक सम्पदा र उत्पादनका हिसावले आत्मनिर्भर बन्न सकिने बताएका छन ।
   पछिल्लो समयमा रास्कोटका फुकोट,स्युना,सिपखाना गाविसका स्थानियले भविष्यमा  हुने सम्भावनालाई मध्य नजर गर्दै एक घरबाट करिव ५० देखि माथि स्याउका विरुवा लगाउने क्रम बढेको स्थानिय कृषक माने तिरुवाले बताए ।उनले भने आफुले अघिल्लो वर्ष एक सय विरुवा स्याउको लगाएको र यस वर्ष पनि त्यति संख्यामा स्याउ रोपेको बताएका छन । तिन वटा गाविसका करिव तीन हजार दुई सयका हाराहारीमा रहेका घरधुरी मध्येको अधिकांसको जग्गा रहेको बताइएको छ । अहिले सिप्टि लेकको वनमा जग्गा बनाउने  संगै वनजंगल मासिने क्रमले निरन्तरता पाएको छ ।

पछिल्लो समय खालि पाटन जहां पायो त्यहीको सार्वजनिक जग्गा पनि अतिकर्मण बढेको स्युनाका मोहनविर फडेराले बताएका छन ।उनले भने जिल्ला नापि कार्यालयमा गएर सार्वजनिक जग्गा र व्याक्तिको नाममा भएको जग्गाका बारेमा हेर्दा कमै जग्गा नाममा भएको बताउदै गाविसले अतिकर्मित जग्गाको बारेमा आवश्याक निति बनाउनु पर्ने बताएका छन ।

रास्कोट क्षेत्रमा मात्र होइन जिल्लामा पछिल्लो समय सार्वजनिक जग्गामा वस्ति बसाल्ने क्रमले निरन्तरता पाएको छ । बाख्रापालन गर्दै आएका स्युना छ काव्डाका कालिबहादुर मल्लले भने पहिले बावुको


पालामा नजिकै बाख्रा चराउन आएको स्मरण गर्दै अहिले बाख्रा चराउन सिप्टि लेकमा तिन घण्टा टाढा जानु परेको बताएका छन ।  यहि गतिमा वन मासिदै गएमा छोटो समयमा दाउराको हाहाकार र भेडावाख्रा पालनमा समेत कठिनाई आउने उनको चिन्ता रहेको छ ।

No comments:

Post a Comment