आत्मनिर्भर बन्न सहकारी भरपर्दाे माध्यम बन्यो
कालीकोट
जेठ ÷कालीकोटका बिकट गांउहरुमा सहकारी सस्थाहरु स्थापनामा आएपछि सानो आर्थिक समस्या पर्दा साहुको घरदैलो चहार्नुपर्ने अबस्थाबाट स्थानिय मुक्त भएका छन् ।
समुदायले सहकारी बाट आफ्नो फाइदा हुने देखे पछि अहिले हरेक गांउमा दिनानु सहकारी सस्था स्थापना गर्ने होडबाजि नै चलेको छ ।यस क्षेत्रका समुदायको घरको उत्पादनले बढीमा तीन महिना पनि खाना पुग्दैन । विगतमा रोजगारीका लागि भारतमा जाने मानिसहरुले स्थानिय साहु संग चर्काे ब्याजमा ऋण लिनु पर्ने बाध्यता रहदै आएको भएपनि हिजो आज गांउमा सहकारी सस्था स्थापना भएपछि सस्तो ब्याज र भनेको बेलामा रुपैयां पाइन थालेपछि सहजता आएको स्थानियहरु बताउछन । यस सम्बन्धमा बदालकोट गा बि सका पूर्ण बहादुर खड्काले सहकारी स्थापना हुनु अघि रोजगारीका लागि घर बाहिर जानु पर्दा होस या घरमा कोही बिरामी परेमा वा स्कुल पढाउने समेत रकमका लागि गांउको साहुको घर चहार्नु पथ्र्यो । पहिले पहिले ऋण पाउनका लागि कयौं दिन साहु कहां जांदा पनि साहुले रकम दिन मान्दैनथे तर अहिले भने सहकारी सस्थाले माग गरेको समय सिमा भित्र विना रोकटोक ऋण उपलब्ध हुंदा आफुहरुलाई सहज भएको खड्काले बताएका छन् । “उपचारका लागि गांउमा रकम सापटी मात्र होइन ऋण समेत नपाएर कयौंको ज्यान जाने गरेको स्मरण गर्दै हाल त्यसो हुनबाट ज्यान जोगाउने दरिलो माध्यम बनेका छन् गांउका सहकारी सस्थाहरु” उनले दावि गरे ।
जिल्लामा स्थापना भएका सहकारी सस्थाहरुले सदस्यहरुको वचत गरेको रकमको वार्षिक १२ देखि १८ प्रतिशत मात्र ब्याज लिने गरेका छन ।यस बाट गांउमा संचालित सहकारी सस्थाहरुले साहुको भन्दा कम ब्याजमा दिदा प्रत्यक्ष फाइदा भएको महसुस हुन थालिएको छ । गांउमा साहुले एक सय रुपैया बराबर मासिक ५ रुपैया भन्दा बढी ब्याज लिने गरेको स्थानियले बताएका छन । ठुलो समस्या परेको बेला साहुले भने जतीको ब्याज लिने गरेका राम्नाकोटका महाजित थापाले बताए । साहुले गांउमा वार्षिक ३६ देखि ६० प्रतिशत सम्म ब्याज लिदै आएका छन तै पनि रकम नपाएपछि समस्या हुने गरेको छ । सहकारी सस्थाले गांउमा ऐच्छिक खाता खोलेर चाहीएको समयमा आफ्नो रकम बाट समस्या टार्न सजिलो भएको स्थानिय थापाले बताए । सदरमुकामको मान्ममा २०६५ सालमा २५ जना बाट शुरु भएको हिमचुलि कृषि सहकारी सस्था लि.मा हाल ४ हजार चार सय जना सदस्य रहेका छन । सहकारीका सदस्यबाट रु एक सय बाट बचत शुरु भएको सस्थाले हाल बचत ऋण लगानि गरेर ५० लाखको आम्दानि गरेको सस्थाका कार्यकारी प्रमुख भिम प्रसाद बरालले बताएका छन । सस्थाबाट लिएको ऋणले स्थानिय महिलाहरुले स– साना तरकारी,खुद्रा पसल,कुखुरा पालन ,सल बुनाइ,भेडा तथा बाख्रा पालन,लगाएतका आय मुलक काममा ब्यावसाय संचालन गरिएको कार्यकारी बरालले बताउनु भएको छ ।हिमचुलि कृषि सहकारी सस्थामा कारोवार गर्दै आएकी मान्म एककी मनपुरा बोगटीले आफुलाई चाहिएको बेला सस्थामा गएर आफ्नो खाता बाट रकम निकाल्ने र चाहिएको ऋण समयमै पाएर ढुक्क हुने गरेको बताइन । उनका अनुसार आफुले हिमचुलि सहकारी सस्थाको लघुवित्त कार्याक्रमबाट ५० हजार रकम ऋण लिएर ब्यापार गरेको र सो रकमको मासिक किस्ता सस्थालाई तिर्दै आएको बताइन । यि जस्तै सहकारी सस्थाको ऋण लिएर मान्म बजारमा तरकारी व्यवसाय गर्दै आएकी मैयां मल्लले तरकारीको आम्दानि बाट घरपरिवार धान्दै आएकी छन ।
सहकारी प्रति स्थानिय समुदायको बढ्दो चासोका कारण छोटो समयमा सहकारी सस्थाहरु स्थापना हुने र फस्टाउन थालेको जिल्ला सहकारी संघ लि.कालीकोटका अध्यक्ष काशिचन्द्र बरालले बताउनु भएको छ । वहांका अनुसार “जिल्लाको सहकारी आन्दोलनमा विगत जनयुद्ध कालमा सहकारी प्रतिको चासो र अनुभवका कारण पछिल्लो समयमा जिल्लाको युवा जेनेरेशनमा उत्साह आएको” बताउनु भएको छ । जिल्ला सहकारी संघ लि. कालीकोटका अनुसार भिन्न भिन्न उद्देश्यका हाल जिल्लामा एक सय १६ वटा सहकारी सस्था गठन भएको र सहकारी उन्मुख गाँउमा विभिन्न निकायको सहकार्यमा स साना बचत समुह समेत गठन भएका जिल्ला सहकारी संघ लि.कालीकोटले जनाएको छ ।
जिल्लामा गठित सहकारी सस्थाको क्षमता विकासका लागि पहल नभएका कारण कयौं सहकारी सस्थाहरु सहकारी निति तथा ऐन मात्र होइन मापदण्ड विपरित गएको र भरपर्दाे अनुगमन तथा नियमन गर्ने निकायको अभाव रहेको सहकारी अगुवा कृष्ण प्रसाद जैसिले बताए । उनका अनुसार सहकारी गठन भएदेखि कुनै पनि निकायले अनुगमन तथा अवस्था नबुझेको बताए । त्यसका लागि जिल्लामा सहकारी डिभिजन कार्यालय आवश्याक रहेको उनको ठम्याई रहेको छ । कर्णालिका पांच जिल्लाका लागि जुम्लामा मात्र एउटा सहकारी डिभिजन कार्यालय हुनु र त्यसको पहुंच भौगालिक रुपमा नपुग्दा वर्षको एक पटक सदरमुकाम आसपासका क्षेत्रमा मात्र हेरेर जानुले सहकारीको मूल्याङ्कन हुन नसकेको बताइएको छ । कालीकोट जिल्लामा सहकारी डिभिजन कार्यालय जुम्लाले उत्कृष्ट सहकारी पुरुस्कारका लागि हिमचुलि सहकारी सस्था र कर्नालि जडिबुटि उत्पादक सहकारी सस्थो पुरुस्कार पाए पनि गांउका सहकारी सस्थाहरु समस्या परेका छन । कयौं सहकारी सस्था बाटो नपाएर ढुलमुलमा रहेका पाइन्छन् ।
गांउमा गरिबि निवारण द्धारा गठित समुहहरुलाइ सहकारी स्थापना गर्न लागिएको गरिबि निवारण कोष कालिकोटले जनाएको छ । हाल कालीकोटका ३० वटा गाबिसमा छ वटा स्थानिय गैर सरकारी सस्थाको साझेदारीमा सञ्चालन गरिएको गरिवि निवारण कोषको रकमले पनि गांउमा सहज भएको र सहकारी तर्फ लिने तयारी भएको बताइएको छ । बिभिन्न ब्यावसायका लागि दिएको गरिबि निबारण कोषको रकम सहि ढंगले अनुगमन नहुंनु र वाठाटाठामा मात्र लागु भएकाले गरिविका रेखामुनि रहेका समुदायमा आत्मनिर्भर तर्फ उन्मुख नभई दुरुपयोग भैरहेकोले यस तर्फ ध्यान जान सके अझै राम्रो हुने सरोकारवालाको भनाई रहेको छ ।कालीकोटका गांउमा गरिवि निवारण कोषको रकमले कयांैले साना साना ब्यवसाय संचालन गरेर आत्मनिर्भर भएपनि वाठाटाठाहरुले भने सस्तो व्याजमा पाईने ऋणको दुरुपयोग गर्ने र एउटै व्यक्तिले धेरै जनाको रकम खर्च गर्ने गरेको र सो रकमको बारेमा सोध खोज नहुने गरेको देखिएको छ ।

No comments:
Post a Comment