मनिका बोहरा
कालीकोट
१भाद्र÷सरसफाईको क्षेत्रमा खुला दिशा मुक्त घोषणा गर्न देशको आठांै स्थान तथा कर्णालिको पहिलो जिल्लाको रुपमा चिनिएको कालीकोटमा पूर्ण सरसफाईका लागि जिल्लाले दोस्रो चरणको रणनैतिक योजना सहित अभियान थालेको छ ।

जिल्लामा खानेपानि र सरसफाईको बारेमा जिल्ला भरको अवस्थाको विश्लेषण गर्नुका साथै नेपाल सरकारले तय गरेको सन् २०१७ सम्म नेपाललाई खुला दिशा मुक्त बनाउने लक्ष अनुसार कालीकोटमा अभियान शुरु भएको हो । जिल्ला खानेपानि तथा सरोकारवाला निकायहरुको रोहवरमा चार वर्षे रणनैतिक योजना बन्ने भएको हो । कालीकोट
जिल्लामा सरसफाईको क्षेत्रमा २२ हजार सात सय ५७ घरधुरी रहेको कालीकोटमा ९७ प्रतिशतले घरधुरीले आफ्नै चर्पि प्रयोग गर्ने गरेको, तीन प्रतिशतले साझेदारीमा चर्पिको प्रयोग गर्ने गरेका जिल्ला खानेपानि सव डिभिजन कार्यलय कालीकोटले जनाएको छ । जिल्ला खानेपानि तथा सरसफाई सव डिभिजन कार्यालयका अनुसार २०६४ सालमा कालीकोट जिल्लामा पांच सय ९१ घरधुरी अर्थात तीन प्रतिशतले चर्पिको प्रयोग गरेकोमा अहिले २०७० सालमा १०० प्रतिशत घरपरिवारले चर्पि प्रयोग गरेको वताएको छ । कालीकोट जिल्लामा ८८ प्रतिशत पक्कि चर्पि छन,१२ प्रतिशत कच्चि चर्पि रहेका छन । पछिल्लो समयमा जिल्लाका स्थानिय स्वास्थ्य चौकी तथा विद्यालयहरुमा सरसफाईको अवस्था कमजोर रहेको भन्ने विषयमा जिल्ला शिक्षा कार्यालय कालीकोटले प्रत्येक विद्यालयमा सरसफाईका लागि चर्पिको अनिवार्य प्रयोेग र निर्माण नभएका विद्यालयमा निर्माणमा जोड दिएको छ भने जिल्ला स्वास्थ्य कार्यलय कालीकोटले पनि प्रत्ये
क स्वस्थ्य संस्थामा चर्पि र प्रयोग नभएमा हेल्थ पोष्ट इन्चार्जको तलभ कटाउने निति बनाएको छ ।
अहिलेसरसफाईको क्षेत्रमा जति फड्को मारेपनि खानेपानिको अवस्थाका बारेमा कमजोर देखिएपछि जिल्लामा पुराना खानेपानि आयोनाको अवस्था र नयां योजनाका बारेमा पनि स्थलगत निरिक्षण पछि योजना तय हुने भएको छ । अहिले जिल्लामा पूर्ण सरसफाईका लागि खानेपानिको अभावका कारण समस्या आएकाले सरसफाईमा पानिको प्रयोग आवश्याक रहेकाले खानेपानिमा जोड दिनु परेको र जिल्लाको अवस्थाका बारेमा पुराना खानेपानि योजनाको अवस्था बुझ्नु परेका एसएन भि प्रतिनिधि तथा खानेपानि तथा सरसफाई सल्लाहकार कटक बहादुर रोकायाले बताउनु भएको छ । वहांका अनुसार जिल्लामा सहजकर्ता परिचालन गरेर प्रत्येक गाविसको खानेपानिको विवरण संकलनका लागि खानेपानि आयोजनाहरु मर्मत देखि नर्या निमार्णमा जोड दिनु पर्ने भएकाले प्रत्येक गाविसमा एक एक जना प्रतिनिधि पठाइएको बताइएको छ । रोकायका अनुसार सवै भन्दा पहिले मानविय व्यवहारमा जोड दिन र आनिवानि सुधारको कुरामा जनचेतना आवश्याक रहेको वहांको ठम्याई रहेको छ । जिल्लामा खानेपानि पुराना मर्मत भन्दा पनि लछाचुंडिका कारण पहुंचका आधारमा योजना पर्नुले पनि समस्या आएको जिल्लाका सरोकारवाला निकायले आवाज उठाएका छन भने खानेपानि आयोजनाहरुमा एक द्धार प्रणालिबाट अगाडि बढ्दा कोही नदोहोरिने नपाउने अवस्थाबाट सहजता आउने बताएको छ ।

विवरण संकलन गर्दै
जिल्ला खानेपानि कार्यालय कालीकोटका निमित्त प्रमुख रामचन्द्र घिमिरेले नेपाल सरकारले राखेको लक्ष अनुसार यस अभियानले खानेपानिको क्षेत्रमा सफलता हात पानृै बताउनु भएको छ । कालीकोटमा
खानेपानिको अवस्थाका बारेमा अहिले ८१ प्रतिशत पहुंच पुगेका भएपनि अधिकांस आयोजनाहरु विग्रिनुका साथै नाम समेत नरहेको बताइएको छ । वास्तविक खानेपानिको अवस्थाका बारेमा जिल्लाको स्थलगत अध्यायन पछि मात्र विवरण आउने खानेपानिको क्षेत्रमा काम गर्ने किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले बताउनु भएको छ ।
No comments:
Post a Comment