मनिका बोहरा
कालीकोट
११ साउन÷विगत एक वर्ष अघि देखि नक्कलि एसएलसिका प्रमाण पत्र ल्याउने कार्यमा सक्रिय रामेछापका दिपक तिमिल्सेना कालीकोटमा पक्राउ परेका छन ।
कालीकोटका विभिन्न गाविसका विद्यार्थिहरु एस एल सिमा फेल भएमा प्रत्येक मार्कसिटको १० हजारका दरले रकम लिएर एसएलसिका प्रमाण पत्र निकाल्ने गरेका दिपक तिमेल्सेना जिल्ला शिक्षा कार्यालयको परिसरमा पक्राउ परेका हुन । २०६९ सालको चैत्रमा लिएको प्रवेशिका (एसएलसि)परिक्षामा कालीकोटको चुलिमालिका मा वि बदालकोट एसएलसि परिक्षामा निल आएको अवस्थामा सो विद्यालयका छात्रा ममिता शाहीको एसएलसि प्रमाण पत्र दिपक तिमिल्सेनाले निकालेर जिल्ला शिक्षा कार्यालयमा सक्कलि हो वा नक्कलि भनेर उनका दाजु टोप बहादुर शाहीले बुझ्नका लागि ल्याएपछि अनुसन्धानको क्रममा सम्पूर्ण विवरण मिलेको तर विद्यालयको कोड नम्बर नमिल्दा एसएलसि प्रमाण पत्र नक्कलि भएको पुष्टि हुंदा सो व्याक्तिलाई बुझ्नका लागि कार्यालयमा बोलाइ प्रहरीलाई जिम्मा लगाइएको हो । जिल्ला शिक्षा कार्यालय कालीकोटले ममिता शाहीको मार्कसिट ल्याई बुझ पछि नक्कलि भएको प्रमाणित भएपछि जिल्ला पहरी कार्यालयलाई जिम्मा लगाइएको बताइएको छ । जिल्ला शिक्षा कार्यालय कालीकोटका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले नक्कलि मार्कसिट बनाएका दुई जनाको कार्यालयमा जानकारी भएको र सोही व्याक्तिहरुबाट तिमेल्सेनालाई बोलाई बुझको बताउनु भएको छ ।वहांका अनुसार अनुसन्धान पछि कानुनि प्रक्रियामा अगाडि बढ्ने र अनुसन्धानमा रहेकाले थप कुरा पछि थाहा हुने बताउनु भएको छ । अनुसन्धानका क्रममा निज तिमेल्सेनाले आफुले सो काम नगरेको तर काठमाडौ स्थित छायादेवि पुनले मार्कसिट दिदीनु भनेकाले आफुले मार्कसिट दिएको मात्र स्विकारेको जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अर्यालले बताउनु भएको छ । अर्यालले तिमेल्सेनाको घरको बारेमा अर्घाखांचि कहां त्यतै हो भन्ने स्पष्ट बताउन भने चाहानु भएन । प्रहरीका अनुसार एक मात्र मर्कासिट आएकाले अनुसन्धान पछि अरुको बारेमा भन्न सकिने बताए पनि एक स्रोतका अनुसार तिमेल्सेनाले एक सय ५० जनाको एसएलसि प्रमाण पत्र ल्याइदिएको बताएको छ । । अहिले अनुसन्धानका क्रममा रहेकाले वांकी कुरा अनुसन्धान पछि थाहा हुने प्रहरीको भनाई रहेको छ ।
तिमेल्सेना दुई वर्ष अघि मोतिराम उच्च मावि सिप्खानामा अध्यापन गर्ने गरेको र एक वर्ष पहिले मान्म गाविसको ताडिमा बाह्य रुपमा फेन्सि पसल चलाउदै आएको र भित्री रुपमा नक्कलि प्रमाण पत्रको काम गर्ने गरेको बताइएको छ । तिमेल्सेना प्रहरी हिरासतमा रहेको १५ दिन भएको भएपनि अदालतले थप सात दिनका लागि हिरासतमा राख्न आदेश दिएको बताइएको छ । मार्कसिट ल्याएका अन्य व्याक्तिहरु संग प्रहरीले अहिले अनसन्धान गरिरहेका छ ।उनलाई प्रहरी नियन्त्रणमा भएपनि हिरासतमा नभै प्रहरीको निवासमा सुरक्षितका साथ राखिएको र हिरासत भित्रबाटै मोवायलमा फोन गरेर केही व्यक्तिहरुलाई ज्यान मार्ने धम्कि समेत दिन थालेको नाम बताउन नचाहने एक व्याक्तिले बताएका छन । उनका अनुसार प्रहरीको फन्दामा परेका तिमेल्सेना माथिल्लो ओहोदाका मान्छे संग सम्बन्ध नभई उनले त्यत्रो काम गर्न हिम्मत नआएको बताए ।स्रोतका अनुसार प्रहरीले तिमेल्सेनालाई बाहिर जानकारी नगराई जिल्ला बाहिर पठाउने तयारी गरिरहेको बुझिएको छ ।
कालीकोटको मोतिराम उच्च मावि सिप्खानामा अध्यापन गराउदा त्यस क्षेत्रका एक सय ५० जना बढिको नक्कलि मार्कसिट निकाल्ने काम समेत गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटमा स्विकार गरेको बताइएको छ । अहिले तिमिल्सेनाको साथमा रहेका मार्कसिटहरु भएका व्यक्तिहरु संग प्रहरीले अनसन्धान थालेको छ । कति जनाको नक्कलि एसएलसिका प्रमाण पत्र छन भन्ने कुरा प्रहरीले बताउन चाहेको छैन । तिमिल्सेनाले मार्कसिट मात्रै नभई शिक्षकहरुका स्थायि अध्यायन अनुमति पत्र झिकाउने समेत गरेको बताइएको छ ।
तिमेल्सेना कालीकोटमा मात्र नभई बाह्य जिल्लाहरुमा समेत नक्कलि मार्कसिट निकाल्ने काममा सक्रिय रहेको बताइएको छ । अनुसन्धानका क्रममा तिमेल्सेनाको उच्च ओहोदाका अधिकारी संग सांठगांठ रहेको समेत अड्कल गरिएको छ । आफु डिआईजि कल्याण कुमार तिमेल्सेनाको भतिजा भएको दावि गर्ने गरेको र प्रहरीमा जागिर दिलाईदिने भन्दै रकम उठाउने गरेको समेतको रहस्य खुलेको छ । प्रहरी नियन्त्रणमा रहेको १७ दिन भैसक्दा पनि प्रहरीले कसैलाई पनि जानकरी गराउन मानिरहेको छैन ।

No comments:
Post a Comment