खोलाकाँडागाँउ मुगाइला खानेपानि आयोजनाका लागि त्रिबल आर परियोजना र जिल्ला बिकास समिति कालीकोट आर्थिक सहयोग बाट संचालित योजनाको लागत ३१ लाख र समुदायको आठ लाख जनश्रमदानमा योजना सम्पन्न भएपनि काम गरेर स्थानियले ज्याला नपाएको भन्दै पटक पटक माग राख्दै आएपछि दुई वर्ष पछि मात्र आफ्नो ज्याला पाउन सफल भएको स्थानियले बताएका छन ।
राजनैतिक दलको भागबण्डामा गठन गरिएको समितिले खानेपानि योजना सम्पन्न गरेको भएपनि सो योजनामा काम गरेर उपभोक्ताले खानेपानि भने खान नपाएको बताइएको छ । नाम नबताउने समितिका एक सदस्यले आफु समितिको महत्वपूर्ण ओहदामा भएपनि रकम कहां के कसरी गएको हा त्यो थाहा नभएको बताएका छन । स्रोतका अनुसार उपभोक्ता समितिका अध्यक्ष देबिशरण न्यौपानेले दिएको जानकारी अनुसार समितिले योजनामा सामाग्रि खरिद १४ लाख, सिमेन्ट ५ लाख ५० हजार, तालिम तथा ब्यावस्थापनमा दुई लाख,प्राबिधिक तथा कर्मचारीहरुलाई घ्यु,मह,मासु एक लाख र मजदुर ज्याला आठ लाख ५० हजार रहेको बताएका छन ।
आफुले काम गरेर पनि रकम नपाएपछि समिति संग पटक पटक झगडा भयो तर लामो समय पछि रकम पायांै खुशिको कुरा भएको बदालकोट ५ का स्थानिय गणेश खड्काले बताएका छन । स्थानिय समुदायले उचित ज्याला नपाएको भन्दै रकमको माग गरेपछि जन स्वंयमसेवक बदालकोटले खाने पानि आयोजनाको रकम समिति बाट असुलि गराइ स्थानियलाई दिलाउन पहल गरेको बताइएको छ । जनस्वंयम सेबक बदालकोटका अध्यक्ष प्रदिप ऐडीले गाँउमा योजना संचालन गरी कामदारलाई रकम नदिएकाहरु संग क्रमस असुल गराइने बताएका छन । उनका अनुसार बदालकोट ४ र ५ का समुदायले काम गरेर नपाएको १ लाख १३ हजार रकम समुदायलाई फिर्ता गरिएको बताएका छन । समितिका अध्याक्ष देविशरण न्यौपानेले भने स्थानिय बासिले जनश्रमदानमा काम नगरेका कारण आफुले घर बाट रकम तिर्नु परेको बताउदै आएका छन ।
समुदायले भन खानेपानिका धारा मात्र भएको र पानि खान नपाएको तर प्राबिधिक खर्च एक लाख तिरेकोमा आक्रोस पोख्दै आएका छन । जिल्लाका बिभिन्न ठांउमा खानेपानि योजनाहरु सुरुवात गरिएपनि मर्मत सम्भार नहुदा नयाँ योजनाको मुख ताक्ने प्रबृति बढ्दै गएको छ ।
जिल्लामा यस अघि सम्पन्न भएका खानेपानि आयोजनाहरु मर्मतकोषको ब्यवस्थापन नहुंदा ति योजनाहरु बाट स्थानियले लाभ लिन भने सकेका छैनन । उता खानेपानी उपभोक्ता महासंघ कालीकोटका अध्याक्ष कर्ण बहादुर भण्डारीको भनाइ बेग्लै रहेको छ वहांका अनुसार पुराना आयोजनाहरु समुदायले मर्मत गर्ने र नयाँ आयोजनाको लागि आएको रकम सहि सदुपयोग गर्न उदाहरणीय काम गर्नु पर्ने बताउनु भएको छ । जुन सुकै योजनामा झारो टारेर काम गर्ने र प्रभावकारी अनुगमन नभएका कारण छोटो समयमा आयोजनाहरु बिग्रिदै जाने गरेको भण्डारीको तर्क रहेको छ ।
No comments:
Post a Comment