Tuesday, July 2, 2013

माग पुरा नभए यहि वास वस्छौं –वाढि पिडित

कालीकोट
१८अषाढ÷ बाढिका कारण शान्निगाढ खोलाले खेतवारीको कुलो बगाएर लिएपछि कालीकोट स्युना गाविस स्थित शान्तिघाटका स्थानिय बासिहरु रोप्ने खेतका लागि राखिएको धानको वेर्ना ल्याएर जिल्ला प्रशासन कार्यलयमा आइपुगेका छन ।

  स्युना गाविसको शान्निगाढ खेतमा धानको वेर्ना राखेका ४५ जनाको समुह मान्म आईपुगेको हो । स्थानिय कृषकहरुले धानको लागि पानि नभएपछि धान रोप्ने खेतवारीमा मकै छरेका छन भने धानको वेर्ना सुकेर गाई भैसिलाई खुवाउन वाध्य भएको स्थानिय कृषक तथा सामाजिक अगुवा पदम बहादुर शाहीले बताए । उनका अनुसार धान रोप्ने पानिको कुलो मात्र होइन मान्छेलाई खानका लागि पानि समेत नभएर वर्षाको समयमा खोला तथा कर्णालि नदिको पानि खान बाध्यता आई लागेको बताए ।
तत्कालका लागि खेत रोप्न नसके पनि मान्छेलाई खान पानि चाहियो भोकले त मर्ने भइयो तर बाच्नका लागि पानिको व्यवस्थाक गर्न उनले अनुरोध गरेका छन । यस अघि जिल्ला खानेपानि कार्यालय कालीकोटले स्थानियको माग वमोजिम छ सय मिटर पाईप दिएको भएपनि अपुग भएकाले तत्काल व्यवस्थाका लागि वाढि पिडितले अनुरोध समेत गरेका छन । अर्का बाढि पिडित महाविर कार्कीले हातमा सुकेको धानको विउ देखाउदै वालि लगाउने खेतको नाममा शान्तिघाटमा मात्र खेत भएकाले कसरी घरपरिवारको पेट पाल्ने चिन्ता व्याक्त गरेका छन । दिर्घकालिन रुपमा खेतवारीका लागि योजना दिने निश्चित नभए सम्म आफुहरु घर नफर्किने कार्कीले बताएका छन । घरमा वस्न समेत समस्या आएका कसरी परिवारहरु पाल्ने तत्कालका लागि खानाको समस्या आएको उनको भनाई छ । खोलाले वरीपोरीको खेत समेत दिनानु दिन कटान गर्दै लिन थालेपछि शान्निगाड खोला आसपासका स्थानिहरु पाल टांगेर खुला चौरमा वस्न वाध्य भएका छन । स्थानिय कृषक रामसिता फर्सालले राति अवेर सम्म घरमा वस्छौं वाढि आएर वगाउछ की भनेर राति सरणका लागि अर्काको घरमा सुरक्षित स्थान तर्फ जानु पर्ने दैनिकी नै बनेका बताइन । जसरी पनि निकास र राहतका लागि आफुहरु सदरमुकाम आएर आफ्ना समस्या सवैलाई सुनाउने छांै उनले भनिन । यत्रो विपदका समयमा हामिलाई कसैले नहेरे हामीले पनि थाहा पाएका छौं भन्दै आक्रोस व्यक्त गरिन ।जिल्ला दैवि प्रकोप उद्धार समितिको वैठकले बाढिपिडितका लागि आफुहरु लागि परेको बताउदै तत्काल हुने सहयोगका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । त्यस शान्निगाढ खोलामा आएको पहिरोका कारण अषाढ दुई गते १३ जनाको ज्यान लिई सकेको छ भने जिल्लाका एक मात्र जलविद्युत बन्द हुंदा जिल्लामा १५ देखि २० लाखको घाटा वेहोर्नु परेको छ । कालीकोटमा विपदका समयमा राज्यले ध्यान नदिएको स्थानियले गुुनासो गरेका छन ।

No comments:

Post a Comment