Wednesday, June 26, 2013

ढुंगा खस्दा दुईको मृत्यु एक घाईते

मनिका बोहरा
कालीकोट
१३अषाढ÷बुधवार आएको वर्षाले कालीकोटको सेरीघाटमा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन ।

  भारतको केदारनाथमा चार जना आफन्त गुमाएर घर फर्किने क्रममा सेरीघाट स्थित भक्तबहादुर शाहीको होटलमा सुति रहेको अवस्थामा राति माथिबाट ठुलो ढु¨ा आएर मृत्यु हुनेमा रांचुलि गाविस ३ का ४५ वर्षिया जग्ते वि क,४७ वर्षिया दल्जित वि क रहेका छन भने घाईते हुनेमा सोही गाविस ३ का बुचे विक रहेका छन ।घाईते विकको दायां खुट्टा नभएको स्थानिय प्रत्यक्षदर्शि दान बहादुर विष्टले बताएका छन । वहांका अनुसार पहिरोले पुरिएर एकजनाको सव  बाहिर निकाल्न नसकिएका बताउनु भएको छ । घटना स्थलमा उद्धारका लागि प्रशासन लगएतको निकायलाई जानकारी गराएपनि कसैले उद्धारका लागि पहल नगरेको आरोप लगाउनु भएको छ ।उद्धारका लागि  प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेले प्रहरी चौकी लालु खुलालुको टोलिलाई निर्देशन दिएको बताउनु भएको छ ।वहांका अनुसार जिल्लाबाट उद्धारका लागि नेपालि सेनाको टोलि जाने बताउनु भएको छ । अषाढ दुई गते आएको वर्षाका कारण मेहलमुडि र सिप्खानाको विचमा पर्ने चोक्टेबगर तथा डङिखले वजारमा सुति रहेको अवस्थामा पहिरो वगाउदा १३ जनाको मृत्यु भएको थियो । त्यसै गरी सिप्खाना गाविसमा एक जनाको पहिरोका कारण मृत्यु भएको छ । सोही वाढिका कारण १० वटा घर सहित धन सम्पतिमा क्षेति भएको थियो । पहिारेले कालिकोटको एकमात्र जलविद्युत केन्द्रको इन्टेक,डेलिभरी मसिन बगाउदा विद्युत अवरुद्ध भएको छ । बाढि पहिरोले जिल्लाका विभिन्न क्ष्ोत्रमा १७ सय विघा जमिन बगाएको जिल्ला कृषि विकास कार्यालय कालीकोटका वरिष्ठ कृषि विकास अधिकृत योग प्रसाद खरेलले बताउनु भएको छ भने जिल्लाका जिउली लगाएतका लेखमा पांच सय बढि चौपाया मरेको स्थानियले बताएका छन । जिल्लामा ठुलो क्षेति हुदा सम्म सरकारले कालिकोटलाई वेवास्ता गरेको भन्दै जिल्लाका बाढि पिडितले विरोध जनाउदै आएका छन ।केही दिन अघि अन्तरिम सरकारका प्रमुख खिलराज रेग्मिले कालिकोटका प्रमुख जिल्ला अधिकारी जगतबहादुर वस्नेतलाई टेलिफोन गरेर पिडितलाई राहतका लागि पहल गर्ने बताएका थिए ।

No comments:

Post a Comment