Tuesday, June 18, 2013

बाढि पहिरोका कारण कालीकोटमा १६ जना वेपत्ता

रुपेन्द्र ऐडी
कालीकोट
४अषाढ÷तिन दिन देखिको लगातारको वर्षाका कारण आएको पहिरोले आज विहान कालीकोटको मुम्रा गाविसमा १६ वेपत्ता भएका छन भने दुई जना घाइते भएका छन ।
  पहिरो बाट वेपत्ता हुनेमा मुम्रा  १की ३५ वर्षिया कला थापा,सिप्खाना २की २३ कमरा शाही,नाम नखुलेका निजकी ५ वर्षिया छोरी,३ वर्षिया छोरा,सिप्खाना २का सत्य शााही,निजकी पत्नि सरीता शाही, नाम नखुलेका उनका ५वर्षिया छोरा त्यसै गरी तीन वर्षिया छोरी,मेहलमुडि ४ डङखुलेका वजारका मन बहादुर शाही,फुकोट ७का ओभरसियर कृष्ण न्यौपाने,अर्का थिर्पु घर भएका ओमरसियर टक्क बहादुर वम रहेका छन भने त्यसै गरी सिप्खाना २की चञ्चला शाही लगाएत रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरिक्षक रमेश कुमार पोख्रेलले बताउनु भएको छ । वहांका अनुसार घटना स्थलमा सिप्खाना २का सुरज शाही र मेहलमुडि ४का वृष बहादुर शाही घाईते भएको बताउनु भएको छ ।  आठ जनाको सव भेटिएको छ भने अरु वेपत्ता रहेको स्थानियले वताएका छन । अहिले घटना स्थलमा स्थानिय वासि नेपाल प्रहरी लगाएतले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी नायव उपरिक्षक पोख्रेलले अझै वेपत्ताको विवरण आउन वांकी रहेको बताउनु भएको छ ।घटना स्थालमा जिल्ला बाट उद्धारका लागि नेपालि सेना र नेपाल प्रहरीको टोलि पठाइउको प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले बताउनु भएको छ । वर्षाका कारण मेहलमुडिमा १० वटा घर सहित लाखौंको मालसमान  क्षेति भएको छ भने सिप्खाना २ चाटेवगर वजारमाम ७ वटा घर क्षेति भएको र मेहलमुडि सिप्खाना आवत जावत गर्ने एक काठेपुल र एक झोलु¨ेपुल समेत वाढीले बगाएको  जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।त्यसै गरी पहिरोले पोतमारा स्थित विद्युत गृहको इन्टेक, ट्रान्सफर मेसिन, १० वटा पोल सहित डेलिभेरी मेसिन समेत बगाएको छ ।
    विद्युत अभावका कारण जिल्लामा स्थानिय संचार माध्यमहरु बन्द भएका छन भने सदरमुकाममा सरकारी कार्यालयमा काममा कठिनाई भएको र सेवाग्राही समेत घटेको बताइएको छ ।त्यसै गरी वर्षाले कर्णालि राजमार्ग अबरुद्ध भएपछि यात्रुवाहक तथा मालवाहक गाडि ठांउ ठांउमा रोकिएक छन । विद्युत नभए पछि जिल्लामा एक मात्र रहेको बैकि¨ सेवा समेत प्रभावित भएको छ । जिल्लामा अहिले सम्मको सवै भन्दा वढि वर्षा भएको स्थानियले बताएका छन ।

No comments:

Post a Comment