Monday, June 17, 2013

गांउमा खानेपानी अभाव जिल्लामा कमिशनको खेल


अषाढ÷कालीकोट जिल्लामा खानेपानि योजना माग गर्न जांदा योजनाको कुल रकमको २५ प्रतिशत रकम अग्रिम माग गर्ने गरेको खुलासा भएको छ ।
  विद्यालयका लागि खानेपानि माग गर्दा खानेपानि कार्यालयमा २५ प्रतिशत रकम अगाडि जम्मा गर्नूहोस योजना पाउनु हुन्छ भन्ने गरेका विद्या मन्दिर प्राथमिक विद्यालय बयाला नानिकोटका प्रधानध्यापक तखत बहादुर वमले बताएका छन । उनका अनुसार आनो विद्यालयमा खानेपानिको अभावका कारण विद्यार्थिहरुमा समस्या आएको तर जिल्लामा खानेपानि योजना माग गर्दा २५ प्रतिशत रकम आफुले नदिएका कारण योजना नपाएको बताए । सरसफाईको क्षेत्रमा अगाडी बढेको कालीकोटमा खानेपानिको क्षेत्रमा भने समस्या आएको छ । त्यस विद्यालयमा खोपानि अभावका कारण विदार्थि र शिक्षकहरुलाई दिशापिशाव गर्न असहज भएको प्रधानध्यापक वमको भनाई रहेको छ । जिल्लामा यि यस्तै विद्यालयहरुमा खानेपानिको अभाव भएपछि विद्यालयमा सरसफाईको समस्या आएको छ । खानेपानिको योजना दिदा स्थलगत अध्यायन गरेर मात्र दिनु पर्ने स्थानिय सरोकारवालाको माग रहेको छ । सार्वजनिक कार्यक्रममा खानेपानी योजनामा कमिशन चलेको भन्दै गुनासो ब्याक्त गर्दै यसरी जिल्लाका समग्र विकासमा समस्या आउने उनको भनाई रहेको छ ।
    जिल्लाका अधिकांस क्षेत्रमा खानेपानिको अभावका कारण समुदायहरुले खोला तथा नदिको पानि खानु परेको छ भने सरसफाईका लागि पनि समस्या आउने गरेको छ । कालीकोटका अधिकांस गाविसमा शुरु भएका खानेपानि आयोजनाहरु समुदायले पूर्ण रुपमा प्रयोग गर्न नपाउदै विग्रिएका र मर्मतका लागि पहल नभएका कारण ति योजनाहरु संचालन हुने अवस्थामा छैनन् । खानेपानि योजनाहरुमा कमिशन भएको भन्ने वारेमा जिल्ला खानेपानि तथा सरसफाइृ सव डिभिजन कार्यालय कालीकोटमा प्रमुख दिलिप कुमार शाहले गांउ परिषद,इलाका हुंदै जिल्ला परिषदबाट पारित भएका खानेपानि योजनाहरु रातोवुकमा भएका योजनाहरु मात्र लागु गरेको र कोही कसैले खानेपानिका लागि कमिशन नमागेको बताउदै खानेपानि बाहेक अन्य ठांउमा भए आफुलाई थाहा नभएको उनको भनाई छ । उनका अनुसार कालीकोटमा ७४ प्रतिशत खानेपानिको प्रयोग गर्ने गरिएको भएपनि गांउका के कति योजाना संचालनमा छन र कति विग्रिएका छन भन्ने बारेमा एकिन विवरण खानेपानि कार्यलयमा नभएका कारण निर्माण भएका सम्पूर्ण योजनाहरु प्रयोगमा छन भन्ने हेतुले खानेपानिमा सफलता हांसिल भएको बताइएको छ । हरेक खानेपानि योजनामा मर्मत कोषको व्यवस्था भएपनि विग्रिपछि मर्मत सम्भार गर्ने परिपाटीको अभावमा खानेपानिमा समस्या आउने गरेका जिल्ला वासिको भनाई रहेको छ ।खानेपानि उपभोक्ता महासंघ कालीकोटका अध्यक्ष कर्णबहादुर भण्डारीको भनाई भने बेग्लै उनले जिल्लाका पुराना योजनाहरु मर्मतका लागि स्थानियलाई जिम्मा दिनु पर्ने र नयां योजनाहरु ठांउ ठांउमा वितरण गर्नु भन्दा जिल्लाका एक दुई ठांउमा उदाहरणिय बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

No comments:

Post a Comment