Friday, June 7, 2013

कालीकोटमा पहिलो पटक वातावरण महोत्सव सम्पन्न

मनिका बोहरा
कालीकोट
जेठ÷सोचेर खाआंै,खाना खेर नफालौं,वातावरण जोगाऔं भन्ने मुल नाराका साथ ४१ आंै विश्व वातावरण दिवस विविध कार्यक्रम गर्दे आज मान्ममा सम्पन्न भएको छ ।
  टिडिएज विएम जेट जर्मनको आर्थिक सहयोग तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेण्डेक)नेपालको सहजिकरणमा गरिएको वातावरण महोत्सव तीन दिन सम्म चलेको हो । महोत्सवमा जिल्लाका विभिन्न क्षेत्रका सामुदायिक वन समुहहरुले देउडा तथा लोक दोहोरी,वालवालिकाहरुर द्धारा चित्रकला प्रतियोगिता,बृक्षारोपण कार्यक्रम,सडक नाटक तथा इलाका स्तरिय भलिवल प्रतियोगिता भएका थिए । सहभागि विजेता समुह अन्तरगत पूरुस्कार पाउनेमा देउडा तर्फ बदालकोट सामुदायिक वन समुह प्रथम,पाल्त महादेव सामुदायिक वन समुह द्धितिय र ढुंगा सामुदायिक वन समुह मान्म तृतिय स्थान हांसिल गरेकालाई क्रमश १० हजार,सात हजार,र पांच हजार पूरुस्कार दिइएको छ ।त्यसै गरी भलिवल तर्फ इलाका न.२ प्रथम, इलाका न.९द्धितिय,इलाका न.४ तृतिय र इलाका न.१ चौथो स्थान हांसिल गरेका समुहहरुलाई क्रमश १०,७,५ र ३ हजार नगद पुरुस्कार प्रदान गरिएको पत्रकार केशव कोइरालाले जानकारी दिनु भएको छ ।आयोजक सस्था हुरेण्डेकका खडानन्द चौलागाईका अनुसार चित्रकला तर्फ थिर बहादुर विक प्रथम,खेमराज तिरुवा द्धितिय,बसन्त सिम्खाडा तृतिय भएका छन । यिनिहरुलाई पनि क्रमश पांच हजार,तीन हजार र दुई हजार नगद सहित प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि कालीकोटका प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले प्रदान गर्नु भएको थियो । वातावरण महोत्सव जिल्लाको हकमा पहिलो र भव्य भएको आयोजक सस्थाका अध्यक्ष जजराज शाहीले बताउनु भएको छ ।
 

No comments:

Post a Comment