Thursday, June 6, 2013

कालीकोटमा वालविवाहका घटना दिनानु दिन बढ्दै

रुपेन्द्र ऐडी
कालीकोट
जेठ÷वाल विवाह मुक्तको अभियान शुरुवात भैरहेको अवस्थामा कालीकोट जिल्लामा पछिल्लो पटक वालविवाहका घटना बढ्न थालेका छन ।
  जिल्लाका ग्रामिण इलाकामा वालविवाहको क्रम बढ्दै गएको पाइन्छ । जिल्लाको सदरमुकाम मान्म संगै जोडिएको बदालकोट गाविस ९ स्थित दलित वस्ति धमाली निवासि अल्किना लुवार वर्षले १६ पुगिन् तर उनि स्कुल पढ्दै गर्दा फुकोट ८ निवासि मान लुवार संग विवाह गर्न पुगिन् । गांउको नजिक रहेको सरस्वति मा. वि.सिकुमा कक्षा   मा अध्यायन गर्दा गर्दै कम उमेरमा जानेर वा नजानेर विवाहका गरिन् । उनि संगै सोही गांउकी वर्ष १७ कि छक्का लुवार पनि साथिले विवाह गरेको देखेर रातारात फुकोटमा विवाह वन्धनमा वांधिन । त्यति मात्र होइन् एक वर्ष अघि  नानिकोट ४ कि १६ वर्षिया सल्लिता टमटा कक्षा आठमा पढदै गर्दा धौलागोह गाविस ४ का धनन्जय वि.क. संग प्रेम विवाह गर्न पुगिन् ।अहिले उनि कक्षा ९मा पढदै एक छोराकी आमा  समेत बनेकी छन । त्यसै गरी बदालकोट ६की चल्लि वि क १५ वर्षको उमेरमा एक छोराको आमा वनेकी छन उनि सरस्वति मावि सिकुमा कक्षा सात मा अध्ययन गर्दै विवाह गरेकी हुन । उनलाई भने कम उमेरमा विवाह गरे के फाइदा र वेफाइदाका बारेमा केही थाहा नभएको बताउदै छोरीको जात पोइल जाने हो अरु हरु गएको देखेर आफु पनि पोइल गएको बताइन ।क
      यि त समाजमा भएका उदाहरण मात्र हुन जिल्लाका अधिकांस गांउमा स साना उमेरमा केटा केटीको मन मिले पछि विवाह गर्ने चलन दिनानु दिन बढ्दै गएको पाइन्छ । वालविवाहका क्षेत्रमा काम गर्ने स्थानिय गैर सरकारी निकायले चलाएको जनचेतना मुलक कार्याक्रमले वालक्लव लगाएतले जिल्लाका विभिन्न इलाकामा वाल विवाह गर्न थालेको समयमा रोक्न लगाएको भएपनि रोकीन भन्दा बढ्न थालेका छन । वालक्लवहरुको एक्लो प्रयासले गांउमा नियन्त्रण गर्न समस्या भएको बताइएको छ ।केही समय पहिले १५ वर्षकोे उमेरमा लालुकी एक छात्राले वालविवाह गर्दा जिल्ला प्रहरी कार्यालय कालीकोटमा मुद्धा परेको समयमा माइति पक्ष र पोइलि पक्ष वसेर आपसी सहमतिमा मिलिमतो भएको थियो ।
   जिल्लामा आएका वाल विवाहका  मुद्धा पनि सहमतिमै मिल्ने गरेकाले पनि गांउमा वाल विवाहका घटना एक प्रमुख कारण भएको छ भने दोस्रो कारण  पछिल्लो समयमा मोवायल प्रयोगलले वालविवाह हुने क्रम बढेको पाइन्छ । केटा केटीको भेट नभएपनि मोवायल न.पाएपछि नियमित सम्पर्कका कारण कम उमेरमा विवाह गर्न शुरु भएको छ । पछिल्लो समयमा अधिकांस स्कुले छात्र छात्राहरुमा वालविवाह गर्न अग्रसर भएको पाइन्छ ।
    अहिले स्कुलहरुमा पढ्ने अधिकांस छात्राहरु विवाहित भेटिने गरेका छन । यसका सन्दर्भमा सरस्वति उच्च माध्यमिक विद्यालय नानिकोटका प्राचार्य नुवादत्त सुवेदीले आनो विद्यालयमा पांच भन्दा बढि छात्राहरु आमा बनेर पनि निम्न माध्यमिक तहमा अध्ययन गर्ने गरेको बताए । जिल्लाका अधिकांस विद्यालयमा यस्तै व्यथा कायम छ ।
   यता जिल्ला अदालत कालीकोटमा वालविवाह सम्बन्धि एउटा पनि मुद्धा नआएको जिल्ला अदालत कालीकोटका जिल्ला न्यायधिस अमृत बहादुर वस्नेतले बताउनु भएको छ । वहांका अनुसार सम्बन्ध विच्छेद र वहुविवाह संगै जोडिएर आएका दुई वटा मुद्धा वाल विवाहका रहेको बताउनु भएको छ । जिल्ला अदालतका ना.स.ु गुप्ति प्रसाद गौलिका अनुसार यस अघि पनि वाल विवाहका मुद्धा अदालत सम्म नपुगेको बताउदै स्थानिय स्तरमा जनचेतनाको अभावले समाजमा नै वालविवाहका घटना सेलाउदै गएको बताउनु भएको छ। वहांले गत साउन देखि हाल सम्म सम्बन्ध विच्छेदका १३ वटा मुद्धा दर्ता भएको भएपनि ५ वटा मुद्धा मिला पत्र भएको, एउटा मुद्धा फिर्ता लिइएको छ भने अन्य मुद्धा फैसला हुन वांकी रहेको ना.सु. गौलिले बताउनु भएको छ । मुलुकी ऐनको विहेवारी महल २ को देहाय ३ वमोजिम १४ वर्ष देखि १८ वर्ष सम्मका वाल वालीकाले वाल विवाह गरेमा ६ महिना सम्म कैद वा १० हजार जरिवाना सम्म हुने उल्लेख गरिएको छ ।
    यस अघि जिल्लामा वालवालिकाका क्षेत्रमा काम गर्ने स्थानिय किर्डाक नेपालको समन्वय तथा सेभद चिल्ड्रेनको सहयोगमा  वालवालिकाको क्षेत्र सम्बन्धि १५ वुद्धे घोषणा पत्र जारी गरिएको र उक्त घोषणा पत्रमा वालविवाह न्युनिकरणमा समेत जोड दिएको छ । त्यसै गरी २०६८सालमा वालविवाह न्यनिकरणका लागि सात वुद्धे प्रतिवद्धता गर्दै आगामी ०७२ साल सम्म जिल्लालाई वालविवाह मुक्त जिल्ला बनाउने लक्ष्य लिएको छ । सोही अनुसार जिल्लाको पहिलो वालविवाह मुक्त जुविथा गाविसलाई  घोषणा गरि सकेको छ । जुविथा गाविसलाई वाविवाह मुक्त घोषणा गरे पनि कालीकोट जिल्ला वाल विवाह मुक्त घोषणा सिमित कागजमा हुने तर पूर्ण रुपमा मुक्त गराउन धेरै समय लाग्ने एक स्थानिय सस्थामा काम गर्ने रगु उपाध्यायले बताए । उनले जिल्लामा मात्र ठुला कुरा गरेर सम्भव नहुने बताउदै  स्थानिय स्तरमा जनचेतनाको आवश्यक्ता मा जोड दिनु भएको छ । त्यसै गरी महिलाको क्षेत्रमा काम गर्ने अविसरा सहकारीले वालविवाहका घटना कम गर्न राज्यको निति नै स्पष्ट नभएकाले समस्या भएको बताउनु भएको छ ।
   जिल्लाको एक मात्र वालवालिकाको क्षेत्रमा काम गर्ने किर्डाक नेपालका वाल संरक्षण अधिकृत वाले वि.क.२०६७ सालमा वाल विवाहका घटना न्युनिकरणका लागि बनेको सात बुद्धे प्रतिवद्धता महिला वाल वालिका कार्यालय,प्रत्येक गाविस र अन्य निकायमा जानकारी गरिएको बताउनु भएको छ । जिल्लाका पश्चिम क्षेत्रका १० गाविसमा वाल वालिकाका क्षेत्रमा विभिन्न कार्याक्रम लागु गर्दै आएकोले किर्डाक नेपाल वाहेक अन्य कुनै पनि निकायले काम गरेका छैनन् । वाल संरक्षण अधिकृत वाले वि.क.ले गाविस र महिला तथा वालवालिका कार्यालयलाई जानकारी गराएको बताउनु भएको छ ।
   महिला तथा वाल वालिका कार्यालय कालीकोटले वाल विवाहका घटना न्युनिकरणमा विभिन्न कार्यक्रम हगाडि बढाए पनि स्थानिय स्तरमा वालुवामा पानि हाले जस्तै भएको पछिल्लो चरणमा वाल विवाहका घटना बढेका कारण त्यसो देखाएको महसुस हुन थालेक छ । यसका सम्वन्धमा महिला तथा वाल वालिका कार्यालय कालीकोटको कार्यालय प्रमुख सवै  फिल्डमा गएकाले वाल वालिका सम्बन्धि के कस्तो कार्य भैहरहेको छ आफुलाई जानकारी नभएको महिल वाल वालिका कार्यालयका निमित्त कार्यालय प्रमुख अग्नि प्रसाद अधिकारीले बताउनु भएको छ ।

No comments:

Post a Comment