कालीकोट
२१ असोज÷राजनैतिक नेतृत्वबाट वाक्क भई थाकेका स्थानिय माओवादी कार्यक्रताहरु पछिल्लो समयमा कोषको रकमबाट आफ्नो व्यवसायमा अघि बढेका छन ।
गांउमा अन्य व्यवसायबाट प्रतिफल लिन समस्या आउने र पशुपालनको क्षेत्रमा आम्दानि देखिएकाले माओवादी कार्यक्रताहरुले सामुहिक भेडा पालन शुरु गरेका हुन । सदरमुकामबाट ११ कोष टाढा गेला गाविसका ५ जना माओवादी कार्यक्रता मिलेर दाजुभाई एकता भेडा पालन समुह गठन गरी भेडा पालन व्यवसाय शुरु गरेका हुन । पांच लाखको स्वलगानि र जिल्लामा रहेको हिमचुलि कृषि सहकारी सस्था लि.बाट तीन लाख युवा स्वरोजगार कोषको रकम गरी जम्मा ८लाखमा ७० भेडाबाट व्यवसाय शुरु गरेको समुहका अध्यक्ष दुर्ग प्रसाद अधिकारीले बताएका छन । उनका अनुसार पछिल्लो समयमा पशुपालन गरेर राम्रो आम्दानि देखिएकाले भेडा पालनमा लागेको बताएका छन । भेडापालनबाट बृहत रुपमा विस्तार गरी फर्मको रुपमा विकास गराएर लैजाने योजना रहेको बताएका छन । १५दिने पशु पालनको सिपविकास तालिम लिएका जयप्रसाद अधिकारीले संस्थाको जागिर छाडेर भेडापालन गरेको बताएका छन । अधिकारी विगत सहकारी सस्थामा फिल्ड सहायकको रुपमा काम गर्दै आउने क्रममा जागिर भन्दा पनि व्यवसाय उत्तम लागेको बताउदै छोटो समयमा राम्रो आम्दानि दिने भएकाले समाजको निम्ति केही गरांै कि भन्ने भावना जागेको बताएका छन । उनले गांउमा अहिले आफुहरुलाई विगतको स्मरण गराउदै लडाई लडेर के के न गर्छाैं भन्नेहरु भेडा पालनमा आएको भनेर गिज्याउने गरेको भए पनि अहिलेको अवस्थामा भेडापालन नै उत्तम लागेको भएर समाजका लागि नमुना कामको रुपमा गरेर देखाउन खोजेको बताए । उनले भेडापालन गरेर आम्दानि बढाएरै छाड्नेमा आफु लागेको बताउदै जिल्लाका सरारेकारवाला निकायको आवश्याक सहयोग रहने आशा लिएको बताएका छन ।अहिले कालीकोट जिल्लामा भेडा तथा वाख्रा पालनमा कृषकहरु लागि परेका छन । जिल्ला पशु सेवा कार्यालय कालीकोटले जिल्लाका १५ गाविसलाई पशुपालनको पकेट क्षेत्र निर्धारण गरेको छ भने सो गाविसहरुमा पशुपालन सम्बन्धि विभिन्न कार्यक्रम लागु गरेर व्यावसायमा जोड दिदै आएको जनाएको छ । आर्थिक वर्ष ०६८÷०६९को तथ्याङ्कमा ४८ वटा भेडापालन समुह दर्ता भएको बताइएको छ । समुहमा दर्ता नभउरै थुप्रै किसानहरुले भेडा पालन गर्दै आएको छन । तिनिहरुको तथ्याङ्क एकिन नभएपनि गांउ गांउमा पछिल्लो समयमा भेडा तथा बाख्रा पालनमा रुचि बढेको देखिन्छ । त्यसै गरी ति समुहमा २६ सय ७६ सदस्य रहेको बताइएको छ । जिल्लामा भेडा पालनबाट मासु तथा उन उत्पादन गरेर मनग्गे आम्दानिको श्रोत नै बनाएको पाइएको छ । जिल्ला पशु सेवा कार्यालयले भेडा तथा वाख्रा पालनमा आधुनिक उत्पादनमा जोड दिन उत्तम खालका थुमा तथा बोका वितरण गर्दै आएको छ भने भेडा पालन कृषकहरुमा सामाग्रि वितरण देखि अन्य व्यवस्थापनका काम समेत गरेको कार्यलयले जनाएको छ । भेडाबाट विगतमा नुन दैनिक उपभोग्य सामान चामल बोक्ने काम गरिदै आएपनि हाल यातायातका कारण भारी बोकाउने काम भने क्रमस कम हुदै गएको छ । भेडा पालन कृषकहरु सरोकारवाला निकायहरुबाट भेडाका लागि आवश्याक सहयोग तथा व्यवस्थापनमा ध्यान नदिएको बताउदै आएका छन । जिल्लामा परम्परागत गोठ,दाना लगाएतको व्यवस्थापन हुदै आएपनि आधुनिकतामा लैजान सम्बन्धित निकायले ध्यान दिने होकी ?

No comments:
Post a Comment