Wednesday, October 9, 2013

कालीकोटमा एघार जना शाहीको भिडन्त

कालीकोट
२३ असोज÷संविधान सभाको निर्वाचनको समय नजिकिदै गर्दा कालीकोटमा ११ जना शाही विच भिडन्त हुने भएको छ । जिल्ला निर्वाचन कार्यलय कालीकोटले बुधवार अन्तिम नामावलि प्रकाशित पछि जिल्लामा ठुला पार्टीका तीन जना शाही थरका उम्मेद्धार रहेका छन
      साना पार्टीका पनि आठ जना शाही थरका उम्मेद्धार रहेका छन । सम्पूर्ण पार्टीका उम्मेद्धारहरु चुनावि मावल बनाउन गांउमा पस्न थालेका छन । 
   अघिल्लो संविधान सभामा निर्वाचनका समयमा प्रत्यक्ष उम्मेद्धारमा ठुला तिन पार्टी मध्ये एक जना दलित, दुई जना क्षेत्रि जातिका रहेका थिए ।जस्मा ने क पा(माओवादी)का तर्फबाट खडक बहादुर विक, नेकपा एमालेका तर्फबाट तुलाराज विष्ट र नेपालि कांगे्रसका हिक्मत बहादुर विष्ट रहेका थिए । कालीकोटमा  यस पटकको संविधान सभाको निर्वाचनमा कालीकोट बाट तीन जना शाही विच कडा भिडन्त हुने भएको छ ।
       प्रत्यक्ष तर्फका उम्मेद्धारहरु मध्ये ए ने क पा(माओवादी)बाट पूर्व जन सेनाका डिभिजन कमाण्डर महेन्द्र बहादुर शाही, नेपालि कांग्रेसका तर्फ बाट युवा नेता भुपेन्द्रज¨ शाही र ने क पा (एमाले)का तर्फ बाट कर्मराज शाही रहेका छन । उम्मेद्धारहरुले आ आफ्नो विजय हुने दावि गरी रहेका छन । ए माओवादीका महेन्द्र शाहीले आफु ठुलो पार्टीको नेता तथा विगतका अधुरा काम पुरा गर्ने अभिभारा रहेको र विगतका नेता भन्दा भिन्न किसिमले जिल्लाको मात्र नभई समग्र कर्णालिको विकासमा आफुले केही नयांपन दिने भन्दै मतदातामा भोट माग्न गएका छन । त्यति मात्र होईन महेन्द्र शाहीले ने क पा–माओवादीले वहिस्कारको निति लिए पनि स्थानिय कार्यक्रताहरुले आफुलाई भोट दिने विश्वास लिदै विजयको वलियो आधारको रुपमा लिएका छन । त्यसै गरी नेपालि कांग्रेसका उम्मेद्धार भुपेन्द्रज¨ शाही आफु युवा नेता भएकोले युवाको हकहित मात्र नभई कालीकोट जिल्लाको निम्ति विगतमा पनि केही भुमिका खेलेको र आफु विजय भएमा जिल्लालाई नयां उचाईमा उठाउने नारा लिएका छन । त्यति मात्र होइन कांग्रेस उम्मेद्धार शाहीले विगतको संविधान सभाको निर्वाचनमा आफ्नो पार्टी जिल्लाको दोस्रो स्थानमा आएको र ए माओवादीमा विभाजन आएकाले आफु जितेरै छाड्ने दावि गरेका छन । ने क पा (एमाले)का तर्फ बाटका उम्मेद्धार कुर्मराज शाहीले कालीकोटमा एमालेले विगतमा केही गरेको र अहिले पनि केही गरेर देखाउने बताउदै आएका छन । त्यति मात्र होईन संविधान सभा मार्फत कर्णालि वासिको हकहितका लागि उचित खालको उत्पिडनका विरुद्ध आवाज उठाएर ऐन कानुनका लागि पहल गर्ने बताएका छन । उनले ए माओवादी विभाजन भएकाले आफ्नो जित सुनिश्चित हुने बताएका छन । यि मध्ये सवै भन्दा लामो समयमा राजनैतिक जिवन विताएका त्यागि र जिल्लामा वर्चस्व भएका नेता मध्येका ने क पा (एमाले) उम्मेद्धार कर्मराज शाही हुन भने ए माओवादीका महेन्द्र शाही तत्कालिन रुपमा माओवादी राजनैतिकमा लागेर शैन्य जिवन विताएका एक कमाण्डरको रुपमा चिनिएका मध्येका हुन उनको जिल्लामा स्थानिय रुपमा स्थापित भन्दा पनि शैन्य कमाण्डर  र सदस्यहरुमा स्थापित नेता भित्र पर्दछन । उनको शैन्य कमाण्डर भएको अवस्थमा आर्थिक हिना मिनाको आरोप समेत लागेको बाहिर आएको छ । नेपालि कांग्रेसका उम्मेद्धार भुपेन्द्रज¨ शाही विद्यार्थि जिवनबाट राजनैतिक शुरु गरेर छोटो समयमा राजनैतिक अवस्थामा पुगेका युवा नेता भित्र पर्दछन । शाही ने वि संघका निवर्तमान उपाध्यक्ष हुन । उनि एक वर्ष अघि भएको नेपालि कांग्रेस कालीकोटको जिल्ला अधिवेशनमा महासमिति प्रतिनिधिमा विजय भएर यो अवस्थामा आई पुगेका हुन । जिल्ला स्तरमा कमै स्थापित भएका र युवा नेताको रुपमा आफुलाई स्थापित गर्न उनि अघि बढेको पाईन्छ । सवै उम्मेद्धारले आ आफ्नो जित सुनिश्चित गर्न लागि परेका छन । कालीकोट जिल्लामा यस अघिको निर्वाचनमा पहिलो ने क पा –माओवादी), पहिलो भएको थियो भने नेपालि कांगे्रस दोस्रो र ने क पा (एमाले) तेस्रो स्थानमा आएका थिए । यस पटकको निर्वाचनमा उम्मेद्धारहरुले आ आफ्नो जित हुने आशा गरी रहेको समयमा ने क पा –माओवादीले शसक्त वहिस्कारको नितिले सवैले आफुहरुका लागि टेवा पुग्ने दावि गरेका छन । उता जिल्लाको चौथो स्थानमा आएका राप्रपा, नेमकिपा र जनमोर्चाहरुले पनि आ आफ्नो चुनावि रौनकता देखाएका छन ।
           राप्रपाका केन्द्रिय सदस्य तथा प्रत्यक्ष उम्मेद्धार धन बहादुर बुढाले कालीकोटमा यस अघिका निर्वाचनमा क्षेत्रिहरुका वाहुल्याता नभएकाले यस पटक क्षेत्रिहरुमा एकता भएको खण्डमा आफ्नो जितको आशा लिएका छन । जिल्लामा यस अघि राप्रपाका लामो समय सम्म वर्चश्वको रुपमा देखिएको जिल्ला भित्र पर्दछ । जिल्ला विकास समितिको सभापतिमा दुई दुई पटक  विजय भएको पाईन्छ । उता ने म कि पाका प्रत्यक्ष उम्मेद्धार पूर्व सभाषद  नवराज कोइरालाले पनि विगतमा संविधान बन्न नदिने ए माओवादी,नेपालि कांग्रेस र ने क पा एमाले भन्दा आफ्नो पार्टीले समाजवादी नारा लिएर संविधान बनाउने उत्प्रेरित गर्न चुनावि नारा अघि सारेका छन । त्यसै गरी राष्ट्रिय जनमोर्चाका प्रत्यक्ष उम्मेद्धार जयकृष्ण संज्यालले आफ्नो पार्टीले जनताको पक्षमा देश टुक्रा टुक्रा पार्ने भन्दा पनि पहिलेका भौगोलि संरचना अनुसार अघि बढ्ने खालको संविधान बनाउन आफुहरु लागि पर्ने नारा अघि सारेका छन । कालीकोटमा उम्मेद्धारको अन्तिम नामावलि प्रकाशितमा १२ जना शाही थरका उम्मेद्धार रहेका छन भने चार जना क्षेत्रि,दुई जना कामि थर,दुइृ जना बाहुन जातिका  र एक जना दमाई जातिको उम्मेद्धारी परेको बताइएको छ ।  जिल्लामा अहिले उम्मेद्धारी दिएका २७ दल मध्ये सात दलका उम्मेद्धारले आफ्नो उम्मेद्धारी फिर्ता लिएर उम्मेद्धारको अन्तिम नामावलिमा २० दलका उम्मेद्धार मात्र रहेको मुख्य निर्वाचन कार्यलय कालीकोटका मुख्य निर्वाचन अधिकृत कृष्ण कार्कीले बताउनु भएको छ । वहांका अनुसार प्रत्यक्ष तर्फ भने महिलाको कुनै पनि दलले उम्मेद्धारी नदिएको र स्वतन्त्र उम्मेद्धार एक जना र अरु सवै पार्टीबाट रहेको बताउनु भएको छ । यस पटकको निर्वाचनमा कालीकोटमा ५३ हजार पांच सय ३० मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यलय कालीकोटका प्रमुख विकास चन्द्र शर्माले बताएका छन ।

 

No comments:

Post a Comment