Wednesday, October 9, 2013

आम्दानि भन्दा दुई गुणा खर्च विलासितामा

मनिका बोहरा
कालीकोट
२४ असोज ÷जिल्लामा आम्दानिको नियमित श्रोत नहुने घरपरिवारहरुले आम्दानि भन्दा दुई गुणा रकम विलासितामा खर्चिने गरेको एक सर्वेक्षणले देखाएको छ ।
     जिल्लामा सहकारीको माध्यमबाट ग्रामिण इलाकामा काम गर्दै आएको हिमचुलि कृषि सहकारी सस्था लि.ले जिल्लाका तीन गाविसमा गरेको सर्वेक्षणमा कृषि,व्यापार, रोजगार लगाएतबाट हुने आम्दानि भन्दा दुई गुणा रकम फजुल खर्च गर्ने गरेको भेटिएको हो । उक्त सर्वेक्षणले घरमा सवै परिवारमा दुई देखि पांच वटा सम्म अनिवार्य मोवायल प्रयोग गर्ने गरेको र महिनामा एक परिवारको न्युनतम एक हजार पांच सय देखि माथि खर्च आउने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ । सस्थाका कार्यकारी प्रमुख भिम प्रसाद बरालका अनुसार अधिकांस परिवारको मदिरा र धुम्रपानमा खर्च हुने गरेको भेटिएको बताउनु भएको छ ।
    जिल्लाको दाहां गाविसको पिलि र फुकोट गाविसको थोल्म र स्युना गाविसको आरसिपि बजारमा गरी तिन सय ५३ घरपरिवारमा गरेको घरधुरी सर्वेक्षणमा तिन सय ४२ घरमा मदिराको प्रयोग तथा तिन सय ५१ घरमा धुम्रपानको अनिवार्य प्रयोग गर्ने गरेको भेटिएको हो । कार्यकारी भिम बरालका अनुसार एक दिनमा एकाघरका एक देखि तीन जनाले न्युनतम दुई बट्टा चुरोट खाने गरेको र सो चुरोटको  महिनामा पांच हजार बढि खर्च हुने गरेको बताउनु भएको छ । कालीकोटमा अधिकांस खुकुरी चुरोटको प्रयोग हुने गरेको छ जस्को मुल्य अहिले बजारमा प्रति बट्टामा ६० रुपैया पर्दछ । त्यसै गरी मदिरा अन्तरगत सामान्य सोफिमा असि देखि एक सय रुपैया मुल्य पर्ने कालीकोटमा सरदरमा एकै परिवारका एक जनाले अनिवार्य मासिक ३० वटा प्रयोग गर्ने गरेको भेटिएको र सो रकम मासिक दस देखि १५ हजार सम्म खर्च हुने गरेको बताइएको छ । कालीकोट जिल्लाका ग्रामिण इालाकामा अन्य व्यापार भन्दा पनि मदिराको कारोवार हवात्तै बढेको पाइएको छ । स्थानिय व्यापारीका अनुसार पसलमा अन्य व्यापार भन्दा पनि मदिराको व्यापारबाट फाईदा पनि हुने र छिटो व्यापार हुने गरेकोले राम्रो आम्दानि हुने गरेको बताए । पछिल्लो समयमा जिल्लामा प्रशासन लगाएतका निकायले गरेको पहलले मदिरा प्रयोगमा नियन्त्रणमा कडाई गरे पछि मदिराको लुकिछिपि कारोवार गर्नेहरुको व्यापारमा चौपट भएको छ भने स्थानिय महिलाहरु भने मदिरा नियन्त्रण भएकोमा खुशि भएकी छन । पछिल्लो समयमा कालीकोटका ग्रामिण इलाकामा व्यापार गर्नेहरु घट्दै गएका छन । यसले आम्दानिलाई बचत गर्नेमा टेवा मिल्ने बताइएको छ । जिल्लामा आर्थिक आय आर्जन भन्दा पनि पट्के कमाईले समस्या समाधानका लागि पहल गर्दै आएको र नपुग रकम ऋण निकालेर तिर्नु परेको स्थानियले बताएका छन । सस्थाले एकै घरमा तीन घण्टा लगाएर निकालेको विवरणमा पारीवारिक अवस्था देखि कमाईले कति जहान पाल्न्न सकिन्छ  भन्ने बारेमा प्रत्येक परिवारमा विश्लेषण समेत गर्ने गरिएको छ । सर्वेक्षणका क्रममा फुकोटमा लिएको घरधुरीमा आर्थिक कमाई भन्दा व्ययभार कम गर्नका लागि के कस्ता काम गरिन्छ र खर्चको जोहोका बारेमा कसरी व्यवस्थापन गरिन्छ भन्ने प्रश्नमा जेन तेन मिलाउदै आएको स्थानियले बताएका छन । स्थानिय स्तरमा गैर सरकारी निकायले हरेक कार्यक्रम दिने अनुदान र राहतका कार्यक्रमले परनिर्भर बनाउदै लगेको सरोकारवाला निकायले बताएका छन । गांउ गांउमा कृषि पेशालाई प्रोत्साहनका लागि सरकारी निकायले पहल चाल्न आवश्याक रहेको कृषकहरुले बताएका छन । घरधुरी सर्वेक्षणका क्रममा फुकोट तीनका वल तिरुवाले गांउमा आफुहरुमा कमाई के कति गर्छाैं र कति खर्च हुन्छ भन्ने कुराको वास्तविक हिसाव किताव नहुने भएकाले गरिवहरु झन गरिव भएको बताएका छन । उनले गांउमा यस अघि आएका विभिन्न संघ सस्थाका घरधुरी भन्दा भिन्न खालले वास्तविक आम्दानि अनुसारको खर्चका लागि वचतको वानिको विकास गर्न महत्वपूर्ण रहेको बताएका छन । कमाईका लागि वर्षेनि भारतमा गएर छ महिना काम गरी घर फर्किदा परिवारले लगाएको ऋण तिर्न ठिक हुन्छ । परिवारको टालोफांकोका लागि कमाई गर्नु पर्र्ने भएकाले भारतमा आशा गरेको काम पाएमा मात्र सहज हुने र नतर भने उल्टै ऋण लगाएर आउनेहरुका लागि समस्या थपिदै जाने बताइएको छ । सिलाई कटाईको व्यावसाय गर्दै आएका स्थानिय धर्म परियारले कमाइ गरी ऋण तिर्न सकिएमा तिर्ने तर नसकिएको खण्डमा छोराको  थाप्लोमा ऋण लगाएर  जानु बाहेक आफुमा अरु विकल्प नरहेको बताएका छन । उनमा आफुले छोरा छोरी पाल्नका लागि लगाइएको ऋण सन्तति ठुला भएमा अनिवार्य तिर्नु पर्ने बाध्यता रहेको वुझाई छ ।
  सस्थाले स्थानिय स्तरमा महिलाहरुमा शुरु गर्न लागेको लघुवित्त कार्यक्रमका लागि ऋण लगानि गरी आत्मनिर्भर बनाउन सर्वेक्षणले टेवा पु¥याउने लक्ष लिएको छ । सस्थाले विगत पांच वर्ष देखि जिल्लाका ग्रामिण इलाकामा भेडा,वाख्रा,उन्नत गाई पालन,दुधडेरी,पशुपालन तथा आयआर्जनका लागि महिला तथा व्यवसाय गर्ने सदस्यहरुमा लगानि गर्दै आएको छ भने जिल्ला सदरमुकाम मान्ममा रेट्यिान्स बचत तथा ऋण, कृषि बजारीकरण,सिप विकासको तालिम गर्दै आएको  सस्थाले जनाएको छ । 

No comments:

Post a Comment