Friday, January 17, 2014

सफल उद्यमी धनरुपको निधन

रुपेन्द्र ऐडि कालीकोट ३ माघ
माटो बाट जिवन गुजारा चलाउनका लागि मात्र होइन गर्न सके माटोले परिवर्तनका लागि मानवलाई सहयोग गर्छ भन्ने युक्तिलाई आत्म साथ गरेर पलांता क्षेत्रका छ गाविस मध्ये बदालकोट गाविसको भौने (कुल)भन्ने स्थानमा पहलिो पटक २०४६ सालमा स्याउ खेति गरी सफल उद्यमीको रुपमा चिनिदै आएका बदालकोट ५ सिकुका ६८ वर्षिया धनरुप ऐडीको दमका कारण विहवार निधन भएको छ ।

 २६ वर्ष पहिले कसैको सहयोग विना आफैले जुम्ला  बाट २ सय ५० स्याउका विरुवा ल्याएर जंगलको छेउमा पाल टांगेर हुर्काएर स्याउ फलाउन सफल भएका  थिए । स्याउ लगाउने समयमा गांउलेहरुले कृषक धनरुपलाई जंगलमा के स्याउ होलान भन्ने मात्र होईन उल्टो काम गरेको भनेर गिज्याए पनि स्याउ फलाएरै छाडेका ऐडीले २६ वर्ष सम्म स्याउ फारमका बारेमा ठांउ ठांउमा धाउदा पनि कसैको सहयोग नपाएको उनका छोरा बर्म ऐडीले बताएका छन । उनका अनुसार कृषि पेशा प्रति रमाउने वुवाको नाममा सफल उद्यमी अक्षयकोषको स्थापना गर्न लागि पर्ने बताएका छन । उनले जिवनको लामो समय कृषि खेति प्रति अनुसन्धानको सिलसिलामा संघर्षका विच बाट गुर्जेको धनरुपका उनका दाजु देउराम ऐडीले बताएका छन । २००२ साल साउन ७ गते आमा मोति ऐडी र वाबा प्रतापे ऐडीको कोखबाट तेस्रो पुत्रका रुपमा जन्म लिएका ऐडीका  चार छोरा एक छोरी छन ।
    अहिले धनरुप ऐडीको प्रेरणाका कारण सो क्षेत्र वरीपरी सिकुदेओ, पानिकोईराला,भौने,डुंग्रि लगाएतका स्थानमा कयौंले स्याउ व्यवसायको शूरुवात गरेका छन ।धनरुप ऐडी बदालकोट गाविस मात्र नभई सिंगो पलांता क्षेत्रले एक प्रेरणाका श्रोत तथा सफल उद्यमी गुमाएको बताइएको छ ।

No comments:

Post a Comment