Sunday, March 9, 2014

नयांरामको अरनिको बन्ने धोका
कालीकोट
२६फागुन÷कला आफैमा एक उदाहरणिय काम हो जो जस संग कला छ उ कहिल्यै मर्दैन भन्ने युक्तिलाई लागु गर्ने कालीकोट सिप्खानाका नयांराम लुवारलाई हस्तकलाको क्षेत्रमा राम्रो क्षमता राख्ने हस्तिका रुपमा लिन सकिन्छ । उनि आफ्नो कलालाई वाहिर ल्याएका छन ।

१३ वर्ष लठाधारी भक्तका रुपमा गांउ डुलेका नयांराम अन्तमा आएर हस्तकलाका कलाकारका रुपमा स्थापित भएका छन । चार छोरा र एक छोरी भएका ५७ वर्षका नयांराम लुवार अहिले सवै भन्दा राम्रा सिला मुर्ति बनाउने काम गर्दै आएका छन । ढु¨ाका मुर्ति बनाउन सिपालु छन । उनले ढु¨ाको मुर्ति तथा चित्र बनाउन तीन महिना लाग्ने बताउदै कालीकोटका गांउ घरका साथै सहर सदरमुकाममा पनि अडर हुने गरेको बताएका छन । कालीकोट जिल्लामा मात्र होईन उनका मुर्ति जिल्ला बाहिर समेत जाने गरेका छन । जिल्लामा आएका कर्मचारीहरुले कालीकोटको चिनोको रुपमा लैजाने गरेको उनको भनाई रहेको छ । उनले ढु¨ाबाट देविदेवताका मुर्ति,मान्छेका फोटा मात्र होईन स साना मुन्द्रा,सिया,काठका डाँफे लगाएतका चरा चरु¨ि हस्तकलाका माध्यमबाट चित्र बनाउने गरेका छन । गांउमा स साना सामान बनाएर विक्रि गर्ने नयांराम अहिले सिल्प कलाकारको रुपमा कलाकार दाई भनेर चिनिन थालेका छन ।उनि भन्छन आफुलाई आफ्नो कलाको उचित ध्यान दिएर श्रम गरेको उचित ज्याला करले होइन इच्छाले दिन आग्रह गर्दछन । उनले यो पनि भनेका छन कि उचित साधन श्रोतको व्यवस्थापन हुने हो भने नेपालको नाम अरनिकोले जसरी नपालको नाम राखेका छन आफु पनि त्यसरी नाम कमाउने आशा लिएका छन । कलाको सम्मान छैन मागि खानका लागि मुर्ति बनाउने गरेको बुझाई हुन्छ त्यसैले बुझाई सकरात्मक हुन आवश्याक रहेको उनले बताएका छन । अहिले सिला मुर्तिबाट जिल्लाका सरकारी कार्यालय लगाएतका क्षेत्रबाट राम्रो आम्दानि समेत गरेका छन ।
   कालीकोटका विभिन्न निकायबाट सक्दो सहयोग पाएको उनको भनाइृ रहेको छ । उनले यस अघि बनाएको सांढेको फोटा जिल्ला विकास समितिको कार्यालयमा राखिएको छ जस्वाट उनले पुरुस्कार स्वरुप ५० हजार रकम समेत पाएका छन । उनको कलाको प्रशंसा गर्दै घरेलु तथा साना उद्योग कार्यालय कालीकोटले व्यवसाय संचालनका लागि व्यवसाय दर्ता प्रमाण पत्र समेत निशुल्क प्रदान गरेको छ । त्यति मात्र होइन सो कार्यालयले मुर्ति बनाउने २५ हजारको सामान समेत दिएको उनले बताएका  छन । उनले मुर्ति बनाउने तालिम समेत नपाएको भए पनि आफ्नो हातको कलाले आफु आत्मनिर्भर बन्न सकेको बताएका छन । यि यस्ता कलाकारहरुको ज्ञान सिप क्षमताका कदर गरी राष्टका गहनाका रुपमा लिने हो भने अरनिको नबन्लान भन्न सकिन्न ।नयांराम जस्तै कालीकोटका ग्रामिण इलाकामा चित्रकार,हस्तकलाकार,सिल्पकलाकार भएपनि उचित व्यवस्थापनको अभावमा बाहिर आउन नसकेको कलाकार अनिल कुंवरको भनाई रहेको छ ।

No comments:

Post a Comment