Monday, March 10, 2014

कालीकोटको वजेट सवा एक अर्व

कालीकोट
२६ फागुन÷सत्रांै जिल्ला परिषद मार्फत कालीकोटकोे वजेट  सवा एक अर्व प्रस्तुत गरिएको छ । लामो समय सम्म वसेको विषयगत समितिको बैठकले पारित गरेका योजना अनुसार आर्थिक वर्ष २०७०÷०७१ र०७१÷०७२  का लागि  चालु र प्रस्तावित वजेट गरी रु. एक अर्व २४ करोड९६ लाख वजेट   जिल्ला विकास समितिका स्थानिय विकास अधिकारी पुष्पराज शाहीले उद्घाटन समारोहमा प्रस्तुत गर्नु भएको हो ।
आन्तरिक श्रोत र राजस्वबाट प्राप्त हुने आय ११ लाख १६ हजार र आन्तरिक आय तर्फ जम्मा १३लाख ७५ हजार मात्र रहेको छ भने वाह्य श्रोतको अनुदान रु ६१ करोड,९८ लाख,४१ हजार गरी जम्मा रु.६२ करोड २३लाख,३२ हजार आय अनुमान गरिएको छ । यस वर्ष कालीकोटमा प्रस्तुत प्रस्तावित वजेटमा पुंजिगत तर्फ ४३करोड २८लाख ६१ हजार र चालु तर्फ रु.१८ करोड,६९ लाख८० हजार वजेट प्रस्तुत गरिएको छ । त्यसै गरी आ.व.२०७१÷२०७२का लागि चालु तर्फ पांच करोड१५ लाख १९हजार र पुंजिगत तर्फ४६ करोड२० लाख२५ हजार वजेट प्रस्तावित गरिएको छ । कालीकोट जिल्लामा विभिन्न सरकारी तथा गैर सरकारी निकायले आ आफ्ना कार्यक्रम प्रस्तुत गरेका थिए । कालीकोटमा यस वर्ष त्यसो नयां कामका लागि वजेट प्रस्तुत नगरेको भए पनि जिल्लामा “सडक,विद्युत,सिंचाई,पर्यटन र खानेपानि जस्ता पूर्वाधारको आवश्याक्ता र स्थानिय मागमा हाम्रो प्रतिबद्धता” भन्ने मुलनारा दिएको सत्रांै जिल्ला परिषदले पहिलो प्राथमिकतामा राखेको छ । सत्रौं जिल्ला परिषदको उद्घाटन समारोहमा कालीकोटका सभाषद महेन्द्र बहादुर शाही र तुलाराज विष्ट लगाएतले जिल्लाको समग्र विकासमा साझा धाराणा बनाएमा मात्रै विकास हुने बताउदै विकास निर्माणमा राजनैतिक नगर्न आग्रह गरेका छन । सत्रौं जिल्ला परिषदको बन्द शत्र बुधबार देखि शुरु हुने जिल्ला विकास समिति कालीकोटले जनाएको छ ।

No comments:

Post a Comment