Tuesday, March 11, 2014

समुदायले आफै खानेपानिको निर्माण गरे


कालिकोट
फाल्गुन २७÷जिल्लाको विभिन्न ठाँउमा खानेपानीको अभाव झेली रहेको अवस्थामा राष्कोट क्षेत्रको फुकोट गा वि सका स्थानिय वासीले आफ्नै सक्रियतामा खानेपानी निर्माण गरेका छन् ।

      गाँउ भन्दा करिव दुइ किलोमिटर टाढा पर्ने फुकछहरी मुहान बाट प्रति घर परिवार दुइ हजार पाँच सय रकम उठाइ १४ घरधुरी रहेको थोल्मका स्थानियले खानेपानी योजना सम्पन्न पारेका छन । स्थानियवासी सहदेव बरालका अनुसार स्थानियले संकलन गरेको ३५ हजार रकमले १६ एम एमको पलाष्टिक पाइप खरिद गरेको र सोको ढुवानी , प्रति परिवार ५ दिन सम्म खोदान र पाइप दबाउने जनश्रमदान गरी खाने पानी प्रयोग गरेका छन । उनका अनुसार मुहान देखि गाँउ भन्दा टाढा सम्म पाइप पुगेको र दुइ सय मिटर पाइप अपुग भएकाले समस्या आएको बताएका छन । विभिन्न निकाय संग पटक पटक पहल गर्दा कुनै पनि कुनै पनि निकायले आफुहरुको माग प्रति सकरात्मक नभएपछि अन्तमा आफुहरुले आफै खाने पानी निर्माण गरेको बताइएको छ । स्थानियका अनुसार उक्त खाने पानी सरकारी योजना सँग तुलना गर्दा ९ लाख ६० हजार बराबरको आर्थिक आवश्यकता हुन जाने बताइएको छ । यस अघि बदालकोट ४ काँडागाँउका स्थानियले रकम सँकलन गरि ९ सय मिटर टाढाबाट खानेपानी ल्याएका थिए भने लालीघाट देखि सान्तीघाट सम्म ठाँउठाँउमा भत्कीएको बाटो खच्चर ब्यवसायीले रकम सँकलन गरी निर्माण गरेका थिए । जिल्लामा विकास निर्माणका योजनाहरु गाँउ हुदै इलाका देखि जिल्ला सम्म गएपनि पहुचका आधारमा विकास निर्माण हुने गरेकाले ग्रामिण क्षेत्रका समुदायहरु आफै निर्माणमा जुट्न थालेका छन् ।

No comments:

Post a Comment