कालीकोट
मनिका बोहरा
२७फागुन÷पांच वर्ष अघि खेति योग्य जमिनमा वांस लगाउदा उल्टो काम गरेको भन्ने समुदायको अगाडि अहिले वांस बाट राम्रो आम्दानि हुन थाले पछि छिमेकीहरु डाहा मान्न थालेका छन ।
घरको नजिकमा रहेको सानो वारीमा वांस लगाएकी फुकोट ३ की वेलसरा तिरुवाले अहिले राम्रो आम्दानि गर्न थालेकी छन । शुरुमा वांस लगाउदा छिमेकी संग र्फिर्स दिएर ल्याएको वांसको जरालाई राम्रो संग व्यवस्था गर्दा हुर्काउन चार वर्ष लागेको र अहिले नियमित आम्दानि हुने गरेको उनले बताएकी छन । उनले आफुलाई पैसाको समस्या परेको अवस्थामा अरुको अगाडि गएर हात थाप्नु नपरेको बताएकी छन । अहिले वार्षिक रुपमा १० देखि २० हजारभन्दा बढि आम्दानि हुने गरेको बताउदै गांउमा घर लगाउने मान्छेले अगाडी रकम समेत दिने गरेको तिरुवाको भनाई रहेको छ । आम्दानिको अन्य श्रोत नभएकी वेलसराले वांसको आम्दानि बाट आएको रकमले छोरा छोरीहरुको पढाई खर्चका साथै घरमा आई पर्ने अन्य समस्या समेत समाधान गर्ने गरेको बताएकी छन । उनका अनुसार तीन छोरा,तीन छोरी र दुई बुढा बढीको आम्दानिको प्रमुख श्रोत नै वांसबाटको आम्दानि हुने गरेको बताउदै अन्य खेत वारीमा समेत वांसको व्यवसायिक खेती गर्ने आंट गरेको उनका श्रीमानले बताएका छन । रास्कोटका फुकोट,स्युना,सिप्खाना,नानिकोट लगाएतका गाविसमा निगालाको अभाव भएका कारण वांसबाट घर छाउने,डोका नाम्ला बनाउने,शुभ काम तथा अशुभ काममा जस्तै रुद्धि कथा, पुराण लगाएतका साथै मान्छे मर्दाको समयमा पनि प्रयोग हुने गरेको स्थानियले बताएका छन ।समुदायले गांउमा वांस मात्र होइन निगालाको खेति पनि शुरु गर्न थालेका छन । स्थानिय नारसिंगे विकका अनुसार वांसको व्यवसायबाट राम्रो आम्दानि हुने भएकाले आधुनिक व्यवसायका लागि व्यवासायिक तालिम र प्रविधिको आवश्याक सहयोग भएको खण्डमा सहज हुने उनिहरुको ठम्याई रहेको छ । वांस लगाउदा धेरै श्रम पनि नगर्नु पर्ने र राम्रो आम्दानिको श्रोत भएको स्थानिय वासिले बताएका छन । कालीकोटमा अहिले सम्म रुप्सा,मेहलमुडि,मुम्रा लगाएतका गाविसमा परम्परागत रुपमा निगाला बाट डोका डाला नाम्ला बनाउने काम भएपनि आधुनिकता तर्फ भने कसैको ध्यान जान नसकेको बताइएको छ ।
No comments:
Post a Comment