धनकर्ण वि क
कालीकोट
३०फाल्गुण÷नेपाल पत्रकार महासंघ कालीकोटको तेस्रो जिल्ला अधिबेशनले आगामी कार्यकालका लागि जिल्ला शाखा अध्यक्षमा कालि बहादुर मल्ल निर्वाचीत भएका छन ।
३०फाल्गुण÷नेपाल पत्रकार महासंघ कालीकोटको तेस्रो जिल्ला अधिबेशनले आगामी कार्यकालका लागि जिल्ला शाखा अध्यक्षमा कालि बहादुर मल्ल निर्वाचीत भएका छन ।
जिल्लामा क्रियासिल पत्रकार संघ,संगठनहरु प्रेश चौतारी,प्रेश युनियन,क्रान्तिकारी पत्रकार महासंघ सहितको सयुंक्त प्यानल विजयि भएको हो । निर्वाचित समितिमा अध्यक्ष काली बहादुर मल्ल प्रेश चौतारी, उपाध्यक्षमा पवित्र कुमार शाही प्रेश चौतारी,सचिव रत्न कार्की क्रान्तिकारी पत्रकार महासंघ, कोषाध्यक्ष दुर्गा काप्ले क्रान्तिकारी पत्रकार महासंघ,सहसचिव दिलु वम प्रेश युनियन,सदस्यहरु मनिका बोहरा क्रान्तिकारी पत्रकार महासंघ,बसन्त वि क क्रान्तिकारी पत्रकार महासंघ,नन्दकेश अधिकारी प्रेश चौतारीको सहित एक जना खालि रहेको छ ।त्यसै गरी पार्षदमा सात जना निर्वाचित भएका छन । निर्वाचनको विषयमा एक लौटी भएको भन्दै प्रेश चौतारीको केही अंश,प्रेश युनियनको आधा र प्रगतिशिल पत्रकार र क्रान्तिकारी पत्रकार संघले बन्दशत्रमा सहभागि भएर उम्मेद्धार दर्ता गर्न नमानेका कारण प्रेश विज्ञप्ति मार्फत विरोध जनाएका छन ।निर्वाचनमा सहभागि कालीकोटका कुल ५२ जना साधारण सदस्य मध्ये ३३ जना पत्रकारहरुको उपस्थितिमा काली बहादुर मल्लको नेतृत्वमा सर्वसम्मत चयन भएको केन्द्रिय पतिनिधि डि आर घिमिरेले बताउनु भएको छ ।वहांका अनुसार जिल्ला अधिबेशन उद्घाटन देखि बन्द शत्रमा आर्थिक तथा प्रगति प्रतिबेदन आवश्याक शसाेंधन सहित पारित गरेर निर्वाचनमा भाग नलिने भएकाले बहुमतको निर्णयानसार निर्वाचित समिती नै आधिकारीक हुने र केन्द्रमा जानकारी गराई सकेको बताउनु भएको छ । सर्वसहमतिका आधारमा समिति ल्याउनका लागि २८ गते उद्घाटन भएको अधिवेशन आज सम्पन्न भएको छ । निर्वाचनमा जांदा बहुमत नहुने भए पछि विभिन्न संग संगठनबाट फुटेर गएकाहरुले आर्थिक पादर्सिता,गैर पत्रकारलाई साधारण सदस्यता दिएको आरोप लगाइएको छ भने नेपाल पत्रकार महासंघ कालीकोटका पूर्व अध्यक्ष एवंम नवनिर्वाचित अध्यक्ष काली बहादुर मल्लले स्पष्ट बहुमत ल्याएर आएमा आफु अध्यक्षबाट राजिनामा दिने बताउदै आफुहरु विधान अनुसार अघि बढेकोले लोकतन्त्रको भरमग्दुर प्रयोग गरेको दावि गर्नु भएको छ । वहांका अनुसार हरुवा गोरीको छेरुवा मानसिक्ताका साथ विपक्षहरु चुनावबाट भागेको आरोप लगाउदै निर्वाचन सम्पन्न भएपछि विपक्षले सडकमा समिति घोषणा गर्नु लोकतन्त्रको विपरित भएको र यस्तै हर्कत उनिहरुको हो भने आफुहरु १५ वर्ष कार्यकाल पुरा गर्न दावि गरेका छन ।
No comments:
Post a Comment