Saturday, March 15, 2014

धौलागोहमा खानेपानिको हाहाकार

कालीकोट
१चैत्र÷जिल्लाको अति विकट मानिएको धौलागोहको लार्फमा खाने पानिको हाहाकार भए पछि स्थानिय वासि मारमा परेका छन ।
 जिल्ला सदरमुकामबाट २१ कोष टाढा पर्ने सो गाविसको वडा न.सात लार्फमा खानेपानिको सुख्खा मौषमको समयमा मुहानमा पानि कमी भएपछि समस्या भएको हो  । जम्मा एक सय ६९ घरधुरी रहेको लार्फमा दलित वस्ति वासिन्दाको मात्र बसोवास रहेको छ । अहिले गांउमा रहेका दुई धारामा पानी नहुंदा गांउ बाट दुई घण्टा टाढाको बाटो हिंडेर जानु पर्ने समस्या आएको स्थानिय देवविश्वकर्माले गुनासो  पोखेका छन । उनका अनुसार गांउमा आउने नेता देखि कर्मचारीहरुले यहांका समस्याहरु डायरीमा टिपेर लिन्छन एक रोटी खाएर कहिले फर्कदैनन । आफुहरुबाट धेरै फाइृदा लिएर नेताहरुले आफ्नो  स्वार्थ पुरा गरेको आरोप लगाएका छन । कालीकोटको पलांताका रुपमा चिनिने धौलागोह,खिन लगाएतका गाविसमा जिल्लाको पहुंच नपुग्ने भएकाले योजना देखि हरेक काम पछि पार्ने गरेको अर्का स्थानिय चन्द विकको दःखेसो रहेको छ । आफ्ना योजना लिएर सदरमुकाम आउदा तीन दिन लाग्ने र खर्चिलोका कारण आउन नसक्ने भएकाले आफुहरु पछि परेको बताएका छन । कुनै पनि निकायको ध्यान नपुगे पछि फुकोटका स्थानिय वासिले प्रति घरपरिवारबाट एक हजार पांच सय रकम उठाई आफै खानेपानि निर्माण गरेका थिए । जिल्लाका विकास निर्माणका आयोजनामा पहुंच वालाका आधारमा विनियोजन हुने भएकाले वास्तविक समस्या भएको ठांउमा योजना नपाउने गरेको जिल्ला खानेपानि उपभोक्ता महासंघ कालीकोटका अध्यक्ष कर्ण बहादुर भण्डारीको भनाई रहेको छ । जिल्लामा वास्तविक विकास निर्माण तथा खानेपानिमा एक रुपताका साथ बिकास गराउनका लागि निर्माण पछिको अवस्थाका बारेमा मर्मत कोषको व्यवस्था अनिर्वा रहेको र योजना निर्माणमा सरकारी निकायको अनुगमन कडाई हुन आवश्याकर रहेको बताउनु भएको छ ।

No comments:

Post a Comment