Sunday, March 16, 2014

पत्रकार महासंघको निर्वाचनले कालीकोटमा खैलावैला

कालीकोट
चैत्र÷नेपाल पत्रकार महासंघ कालीकोटको तेस्रो जिल्ला अधिवेशनले कालीकोटमा खैलावैला ल्याई दिएको छ । एक पक्ष निर्वाचनमा भाग लिने र एक पक्षले मनोनयन दर्ता समेत नगरी सडकमा निर्वाचित समिति सार्वजनिक भएर प्यारालाल समिति गठन गरे पछि खैलाबैला मच्चिएको छ ।
 निर्वाचनमा सहभागि भएर वहिस्कारमा उत्रेका प्रेश युनियन पक्षका अशोक नाथ योगि उद्घाटन सत्रमा शुभकामना भाषण गर्दै

उद्घाटन देखि बन्दशत्रको आर्थिक तथा प्रगति प्रतिवेदन सम्म सहभागि भई सडकमा घोषणा गरिएको तुलाराम पाण्डेको नेतृत्वको प्यानल घोषणा भएको छ भने निर्वाचनमा मनोनयन दर्ता गरी कुल सदस्य ५२ जना साधारण सदस्यमा ४७ जनाको उपस्थिति रहेको मा २७ जनाक बहुमतले काली बहादुर मल्ललाई निर्वाचित गरेको  छ भने १८ जना पत्रकारहरुले सडकमा समिति घोषणा गरेका हुन ।अधिवेशनका समयमा प्यानलमा सहभागि भन्दै संघ,संस्थाहरुमा काम गर्ने देखि मिडियामा काम गर्ने पत्रकारहरुको जागिर समेत गएको छ भने संघ संगठनहरुको कार्वाही गर्ने क्रम पनि रोकिएको छैन् ।जागिरबाट चट भएका रेडियो नयांकर्णालि एफएममा कार्यारत पवित्र कुमार शाही र रेडियो नेपालि आवाजका कार्यक्रम संयोजक रत्न कार्कीले एफ एममा हाजिर नहुने अवस्थामा पुगेका छन । त्यस गरी स्थानिय रिर्पाेटर भई काम गर्दै आएका नेपालि आवाजका धनकर्ण वि क विकलाई रेडियोमा स्पष्टीकरण सोधेर नियुक्ति समेत खोसिएको छ । त्यस्तै प्रेश चौतारीले संगठनको निति विपरित गएको भन्दै कार्वाही गरेको छ ।उता क्रान्तिकारी पत्रकार महासंघ,प्रेश यनियन लगाएतले कार्वाहीको प्रक्रिया अघि बढाएका छन ।जिल्लामा क्रियासिल पत्रकारहरु सहभागि नभएको,पत्रकार महासंघको भवनमा आर्थिक हिनामिना भएको र सदस्यतामा गैर पत्रकारलाई लिएको भन्दै विपक्षमा रहेको प्यानलले आरोप लगाएको छ भने निर्वाचित समितिले विधान संगत गएर सदस्यता दिएको पत्रकार महासंघ केन्द्रिय कार्यालयबाट प्राप्त विवरण अनुसार निर्वाचनमा सहभागि भएर अघि बढेकाले आफुहरु आधिकारीक भएको दावि गरिएको छ । उता जिल्ला अधिवेशनमा केन्द्रिय प्रतिनिधि डिआर घिमिरेले सडकमा समिति घोषणा गर्दैमा बैधानिकता नपाउने बताउनु भएको छ वहांले लोकतान्त्रिक पद्धति अनुसार बहुमतको निर्णय अनुसार आफु अघि बढेको र सोही अनुसार केन्द्रमा जानकारी गराई सकेको बताउनु भएको छ । जिल्लामा सामुदायिक रेडियोको नाम दिइएका एफएमहरुले समेत एक पक्षिय समाचार बजाई रहेका छन । जिल्ला वासिले स्वतन्त्र रेडियाको नाम दिएका एफएमहरुले एक पक्ष भएको भन्दै विरोध जनाएका छन । स्थानियका अनुसार आफ्नो इच्छा भएमा समाचार बजाउनु र कोही कसैको विपरित हुने वित्तिकै स्वतन्त्र र एक पक्षिय समाचार वजाउनु राम्रो नभएको बताएका छन ।

No comments:

Post a Comment