Thursday, March 20, 2014

कालीकोटका गांउ लघुवित्तका माध्यमबाट स्थानिय महिलाहरु आत्मििनर्भर बन्दै


कालीकोट
रुपेन्द्र ऐडी   
चैत्र÷जिल्लाका अति दुर्गम मानिएका गांउहरुमा सहकारीका माध्यमबाट लघुवित्त कार्यक्रम शुरु भए पछि स्थानिय महिलाहरुमा वचत का साथै लघुकर्जाका माध्यमबाट आत्मनिर्भर बन्न थालेका छन ।

  
    वहांका अनुसार कालीकोटमा एक मात्र विधि लघुवित्त भएको र यसको अनुशासनका साथै वित्तिय पद्धति नै समाजमा मेल खाने भएकाले सफल हुने विश्वास गरिएकको छ । स्थानिय स्तरमा बंैक सम्म पहुंच पुग्न नसकेका वासिन्दाहरुमा विना धितो गांँउघरमै ऋण पाउने भए पछि व्यवसाय गर्ने समुदायहरु हिमचुलि कृषि सहकारी सस्थालाई धन्यवाद दिन थालेका छन ।कालीकोटमा अन्य कुनै पनि सहकारी सस्थाले लघुवित्त कार्यक्रम शुरु गर्न सकेका छैनन ।

  विभिन्न वंैकहरुले दुर्गम तथा गरिवहरुलाई कुल लगानिको तीन प्रतिशत रकम लगानि गर्नु पर्ने राष्ट्रबंैकले निति बनाए पनि कर्णालि जस्ता विकट क्षेत्रमा कुनै पनि वैंकहरु लगानि गर्न नमानेका अवस्थामा राष्ट्रबैंकले पछिल्ला चरण निव्र्याज २० लाख सम्म चलाउने निति बनाएका कारण दुर्गम क्षेत्र मा पछिल्लो चरण वित्तिय कारोवार गर्ने बंैकहरुको रोजाई बढ्न थालेको हो । एक मात्र रा.वा. बैंक रहेको कालीकोटमा बंैकी¨ कारोवारका लागि ग्लोवल आईएमई बैंकको शाखा स्थापनाको अन्तिम चरणमा पुगेको बताइएको छ ।


महिलाहरुमा सिप विकासका साथै आत्मनिर्भर बन्नका लागि स सानो व्यवसाय गर्नु पर्छ भन्ने भावनाको विकास गराएको स्थानिय महिलाहरुको भनाइ रहेको छ ।सस्तो व्याजदरमा सस्थाको सो कार्यक्रमले स्थानिय महिलाहरुमा खेति किसानको काम संगै थप आय आर्जन गर्दै परनिर्भर बाट आत्मनिर्भर हुने वातावरण कायम भएको छ । आफुहरुमा व्यवसाय गरेर आत्मनिर्भर बन्न पाठ सिकाएको मान्म ५ की सुर्जा शाहीको भनाई रहेको छ ।उनले संस्थाबाट लिएको ऋणले होटल व्यवसाय, व्यापार गर्दै राम्रो आम्दानि गर्न सफल भएको बताईन । अहिले गांउले महिलाहरुमा वचत गर्ने वानिको विकास भएको छ भने सन्ततिका लागि विभिन्न कोष स्थापना गर्न थालेकी छन । त्यति मात्र होई एक छाक खानाका लागि लाग्ने चामल बाट मुठि बचत गर्न समेत शुरु गरेकी छन । लघुवित्त कार्यक्रममा विगत तीन वर्ष देखि काम गर्दै आएकी फुकोट सात की कास्विरा न्यौपानेले सहकारी संस्थाबाट कुखुरा पालनका लागि लिएको पांच हजार ऋणले २० हजार कमाउन सफल भएकी छन । उनको घरमा रकम अभाव भएर उनले ऋण लिएकी होईनन् ।उनले व्यवसाय गरे के हुन्छ भन्ने लागरे विचार मात्र गरेको तर  व्यवसाय गर्दा घाटा नहुने आफुलाई फाइदा आएको उनको तर्क छ ।उनले सानो ऋणले ठुलो आम्दानि गर्न सकेको बताईन । त्यसै गरी सस्थाले शुरु गरेको बचत तथा कर्जा लगानि कार्यक्रमको माध्यमबाट आफुहरुमा अल्छि होईन परिश्रम गर्ने र आम्दानि बढाउन प्रेरणा मिलेको लघुवित्त कार्यक्रममा समावेश हुंदै आएकी मन्नसरा न्यौपानेको भनाई रहेको छ । उनले आफुहरुले बचत तथा कर्जा कार्यक्रम बाट श्रीमानको भर पर्ने अवस्था नआएको बताईन । अहिले कालीकोटका सात सय बढि महिलाहरु लघुवित्त कार्यक्रममा समावेश भएका छन । कालीकोटका विकट गांउहरुमा शुरु गरेको लघुवित्तले वजारीकरणको अभाव भएकाले उत्पादित वस्तुहरुको खपत हुन नसकेको बताइएको छ ।कालीकोटमा लघुवित्त कार्यक्रमका माध्यमबाट परिवर्तन हुने र गर्न सकिने सस्थाका कार्यकारी प्रमुख भिम प्रसाद बरालको कथन छ ।  
देश भर सुगम क्षेत्रमा मात्र शुरु गरिएको लघुवित्त कार्यक्रम दुर्गम क्षेत्रमा कालीकोटबाट शुरु भएको ग्रामिण लघुवित्त विकास सेन्टर(आरएमडिसी)काठमाडौका योजना तथा अनुगमन अधिकृत भरत कुमार सिंहले बताउनु भएको छ ।आरएमडिसि एक किसिमको वित्तिय अनुशासन कायम गरेको सस्था भएकाले सामाजिक,आर्थिक तथा राजनैतिक क्षेत्रमा सुधार ल्याउने अपेक्षा लिइएको छ ।अहिले कालीकोटमा लघुवित्त सम्बन्धि काम गर्ने निर्धन उत्थान वंैक र साना किसान माईक्रोफाइनान्स वित्तिय संस्था गांंंँउमा जान नसकेर सदरमुकाममा मात्र सिमित रहेको अवस्था हिमचुलि कृषि सहकारी संस्थाले जिल्लाका दुर्गम गांउमा कार्यक्रम अघि बढाएकोमा स्थानिय वासिहरु खुसि भएका छन । सस्थाले अहिले गांउ घर उज्यालो कार्यक्रम अन्तरगत सोलार र धुंवा रहित सुधारिएको मातृभुमि चुल्हो,बचत तथा ऋण,रेमिट्यान्स,डेरी उद्योग,कृषि बजारीकरण का साथै सिप विकास तालिम र इलोक्ट्रिोनिक सम्बन्धि टेलि सेन्टर लगाएतका काम गर्दै आएको छ । व्यवसायिकको हकमा सस्था कर्णालि कै पहिलो भएको डिभिजन सहकारी कार्यालय जुम्लाका निमित्त प्रमुख टेक बहादुर बुढथापाको भनाई रहेको छ । वहांका अनुसार हिमचुलि सहकारी सस्था कर्णालिको नेतृत्व गर्न सक्षम रहेको बताउनु भएको छ । यस सहकारी संस्थाले यस अघि कृषि क्षेत्रमा राष्ट्रिय पुरुस्कार पाएको छ भने कर्णालि अञ्चलको हकमा समेत पुरुस्कार प्राप्त गरेको संस्थाले जनाएको छ । संस्थाका हाल चार हजार सात सय सदस्य रहेको जनाइएको छ । सस्थाले आगामी पांच वर्ष कालीकोटलाई लघुवित्त मय बनाउने योजना बनाएको सस्थाका तालिम तथा योजना अनुगमन शाखाका वरिष्ठ प्रबन्धक काली बहादुर महताराको भनाई रहेको छ ।
ग्रामिण इलाकामा विभिन्न लघुवित्त सस्थाहरुले जाने इच्छा नमानि रहेको अवस्थामा सहकारी सस्थाले दुर्गम क्षेत्रमा लघु बचत,लघु कर्जा र लघु व्यवसाय शुरु गरेर स्थानिय महिलाहरु व्यवसायिकरण बन्न थालेकी छन । ग्रामिण इलाकामा यातायात र विकास निर्माणको पहुंच नपुगेका अवस्थामा लघुवित्त कार्यक्रम शुरु गरिएको छ । हरेक संघ संस्था र वित्तिय वंैकहरु आएर सुविधा सम्पन्न ठांउहरुलाई पहिलो प्राथमिकतामा राख्ने गरेको अवस्थामा जिल्लामा पांच वर्ष देखि काम गर्दै आएको हिमचुलि कृषि सहकारी सस्था लि ले जिल्लाका दुर्गम ग्रामिण क्षेत्र स्युना,फुकोट नानिकोट,दाहां,गेला,पांखा,सुकाटिया,भर्ता,मान्म,बदालकोट लगाएतका गाविसमा लघुवित्त कार्यक्रम शुरु गरेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा लघु कर्जाका माध्यमबाट आत्मनिर्भर मात्र होईन वित्तिय अनुशासन कायम गर्नका लागि पनि सहकारी सस्थाले  लघुवित्त कार्यक्रम शुरु गरेको सस्थाका अध्यक्ष काशिचन्द्र बरालको भनाई रहेको छ ।

No comments:

Post a Comment