पदम वि क
कालीकोट
८चैत्र÷जिल्लाको उत्तरी क्षेत्रमा पर्ने फुकोट गाविसमा गवारो रोग लागेपछि पाक्न लागेको गहु वालि नष्ट भएको छ ।
फुकोट गाविसको वडा न.ं५ र ६ का एक सय २० घरपरिवार अर्थात किसानहरुको जग्गा पर्ने वडा न.६ को नडि ज्युलामा गहुं वालिमा गवारो रोग देखा परेको हो । स्थानिय कृषक अदलसिंह महताराका अनुसार आफुहरुको प्रमुख खेति गर्ने जमिन नडिमा लगाइएको गहुं वालिमा रोग लाग्दा भोकमरीको समस्या आउने बताउनु भएको छ । वहांका अनुसार यस्तै रोग यस अघि वर्षे वालि धानमा पनि देखा परेकोले उत्पादन सोचे जस्तो नभएको बताउनु भएको छ ।गत वर्ष कालीकोट जिल्लाका राम्नाकोट,बदालकोटको सिकु लगाएतका ठांउमा डढुवा रोग लाग्दा धान वालि उत्पादनमा समस्या आएको थियो । उता मान्म गाविसको बद्रिगांउमा आलुमा डढुवा रोग लाग्दा समस्या आएको स्थानिय कृर्षक जयकृष्ण आचार्यले बताएका छन ।
जिल्लमा विभिन्न रोग लाग्दा स्थानिय वासिले रोगको निदान गर्ने उपाया नहुदा वर्षेनि समस्या आउने गरेको कृषकहरुको भनाई रहेको छ । विभिन्न निकाय संग पहल गर्दा पनि कसैले त्यस तर्फ ध्यान नदिएको स्थानिय वासि तथ स्थानिय पत्रकार छत्र भण्डारीले बताएका छन । रोगको कारण गहुं वालिमा समस्या देखिए पछि स्थानिय कृषक नरेश महताराले सुकेको गहुं जिल्ला कृषि विकास कार्यालय कालीकोटमा ल्याएका छन । स्थानिय कृषक नरेश महताराका अनुसार गहुं वालिमा पातहरु पहेंलो भएर सुक्दै जानु,पाक्न लागेको गहुंको वालाहरु सुक्दै जाने र हेर्दा गहुं पाके जस्तो देखिए पनि गहुं वालि नै नष्ट हुदै गएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख कल बहादुर शाहीले स्थानिय कृषकहरुले ल्याएका गहुंका वालाहरु हेर्दै फुकोटको नडिमा गहुं वालिमा देखा परेको रोग एलो रष्ट र गवारो भएको बताउनु भएको छ ।वहांका अनुसार यो रोग लाग्नु का कारण लगातार पांच वर्ष सम्म एकै जातको गहुं लगाउनु र जमिनमा वालि लगाउनु भन्दा पहिले वेविस्टनको प्रयोग नगर्नु र माटो निर्मलिकरणको समस्या रहेको बताइएको छ । प्रत्येक वर्ष अनिवार्य रुपमा वालि लगाउदा विउको परिवर्तन तथा वालि परिवर्तन गर्नु उपयुक्त रहेको वहांको भनाई रहेको छ । जिल्लाका विभिन्न ठांउमा किसानहरुले परम्परागत रुपमा माटो निर्मलि करण तथा अन्य विउ भन्दा पनि पुरानै विउको प्रयोग गर्ने गरेको बताइएको छ ।
No comments:
Post a Comment