Wednesday, August 6, 2014

गुण्डा चर्चित डन ‘चरी’ मुठभेडमा मारिए


२१ साउन, काठमाडौं । चर्चित डन दिनेश अधिकारी चरी प्रहरीसँगको मुठभेडमा मारिएका छन् । बुधबार अपराहृन प्रहरी टोलीसँग काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा भिडन्त भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख ९एसएसपी० पुष्कर कार्कीले चरी मारिएको पुष्टि गरेका छन् । ‘संकास्पद ब्यक्ति हतियारसहित मोटरसाइकलमा हिडेको भन्ने सूचनाका आधारमा प्रहरीले पिछा गरेको थियो’ एसएसपी कार्कीले भने(’प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी फायर गर्दा उनी ढले, ढलेपछि मात्रै उनी चरी हुन भन्ने थाहा भयो ।

उनका अनुसार चरीमाथि प्रहरीले आठ राउण्ड गोली हानेको थियो । उनको पेट र छातीमा गोली लागेको छ । मोटरसाइकलमा सवार चरी गोली लागेपछि सडक किनारमा ढलेका थिए ।

चरीले हानेको गोली लागेर एक प्रहरी पनि घाइते भएका छन् । घटनास्थलबाट प्रहरीले उनले प्रयोग गरेको पेस्तोल र गोली बरामद गरेको छ ।

सञ्चारकर्मीहरु घटनास्थल पुग्दा प्रहरीले मुचुल्का उठाइरहेको थियो । कपाल खौरिए र हातमा स्थायी ट्याटु बनाएका चरीको पेटमा रगतका टाटा देखिन्थे । प्रहरीले पोष्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगेको छ ।

धादिङका राधे भण्डारीमाथि खुकुरी हानेको अभियोग लागेपछि चरी केही समयदेखि फारर थिए । भारत र सिंगापुर बसेर केही दिनअघि मात्रै उनी काठमाण्डौं छिरेको सुइँको पाएपछि प्रहरीले खोजी तिब्र बनाएको थियो ।

को हुन् चरी

धादिङ घर भएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ धादिङ क्षेत्र नम्बर १ का एमाले पूर्व उपाध्यक्षसमेत हुन् । एमाले नेता केपी ओलीको संरक्षण पाएपछि चरी सार्वजनिक चर्चाको बिषय बनेका थिए । राधे समूहले गोली हानेपछि अस्पतालमा उपचार गराईरहेका चरीलाई भेटन पुगेका ओलीले चरीको पक्षमा खुलेर वकालत गरेका थिए ।

अहिले एमाले नेताहरु उनीसँग सम्बन्ध तोडिसकेको बताउँछन् । चुनावमा एमाले प्रचारमा लागेका चरी ६ महिनायता एमाले नेताहरुको सम्पर्कमा नरहेको उनीहरुको दावी छ ।

काठमाडौंको बालाजु र नयाँबजार क्षेत्रलाई अपराधिक केन्द्र बनाएका चरीले यापारीहरुसँग जवरजस्ती रकम असुली, ठेक्कापट्टा कब्जा र गैँडाको खाग तस्करी गर्ने गरेको प्रहरीको आरोप छ । दुई वर्षअघि गैँडाको खाग तस्करी गरेको अभियोगमा प्रहरीले चरीलाई काठमाडौंको बालाजुस्थित एक गेस्ट हाउसबाट पक्राउ गरेको थियो ।

एमाले धादिङ क्षेत्र नं। १ का उपाध्यक्ष भएकै बेला पक्राउ परेका चरीलाई राजनीतिक दबावमा मुक्त गराएका थिए । काठमाडौंमा रमेश खरेल प्रहरी प्रमुख बनेर आएपछि भने चरी भागेर सिंगापुर र भारतस्म्म पुगेका थिए । खरेलका पालमा उनलाई मोस्ट वान्टेडको सूचीमा राखेर खोजी भइरहेको थियो ।

६ महिनाअघि धादिङकै गुण्डा नाइके राधे भण्डारीसँग उनको झगडा भएको थियो । कुनै समयमा उनकै ग्याङमा रहेका भण्डारीले चरीलाई गोली हानेका थिए । त्यसको बदालामा चरीले भण्डारीलाई खुकुरी हानेपछि प्रहरीले खोजी थालेको थियो ।

नुवाकोटका व्यापारीहरसँग धम्क्याएर असुलेको २१ लाख रुपैयाँको चेक र अवैध हतियारसहित पक्राउ पर्दा पनि एमाले नेतृत्वकै दबावमा केही सार्वजनिक अपराधको अभियोग लगाएर उन्मुक्ति दिइएको थियो ।

चरीले हानेको गोली लागी एक प्रहरी पनि घाइते भएका छन् । घटनास्थलबाट प्रहरीले हतियार बरामद गरेको छ ।

धादिङका राधे भण्डारीमाथि खुकुरी हानेको अभियोग लागेपछि चरी केही समयदेखि सार्वजनिक रुपमा हिडडुल गरिरहेका थिएनन् । चरी काठमाडौं आएको खबरपछि खोजी थालिएको र पछ्याउने क्रममा भीमढुंगामा पुग्दा मुठभेड भएको बताएको छ ।


No comments:

Post a Comment