कालीकोट
साउन २४÷कालीकोटमा किशोर किशोरी परामर्श केन्द्र स्थापना भएपनि आवश्यक ब्यवस्थापनको अभावमा अलपत्र परेका छन ।
विभिन्न निकायले संचानलमा ल्याएका परामर्श केन्द्रहरुमा आर्थिक लगानि र उचित व्यवस्थापनको समस्यामा परेपछि जिल्लाका स्युना र कुमालगांउ गा वि समा स्थापना भएका परामर्श केन्द्रहरु निष्क्रियताका कारण अलपत्र भएका हुन ।
कालीकोट युवा सुचना केन्द्र संगको समन्वय तथा विट्रेन नेपाल ट्रष्टको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएका सुचना केन्द्रहरुमा सामान अलपत्र पारिएको बताइएको छ । युवा सुचना केन्द्रलाई ट्रष्टले सञ्चालनमा ल्याएको स्युना केन्द्रमा तीन लाख ५० हजार लगानि गरिएको ट्रष्टले जनाएको छ । युवा सुचना केन्द्र स्युनाका प्रतिनिधि तेजु महताराले भने आफुलाई सामानको बारेमा विद्यालयले कम्प्युटर चलाएको बाहेक अरु केही थाहा नभएको बताएकी छन । उनले सामान कहां छन केही थाहा नभएको र अहिले सामान राखेको चांवि पाएको बताएकी छन ।
ट्रष्टले संचालनमा ल्याएका सुचना केन्द्र मध्ये कुमालगांउ गाविसमा सुचारु रहेको बताइएको छ ।त्यसै गरी किशोरीहरुको विभिन्न कार्यमा परामर्श गराउनका लागि महिला तथा वालवालिका कार्यलय कालीकोटले डकाव कार्यक्रमको लगानिमा जिल्लााका पूर्वि क्षेत्रका छाप्रे लगाएतका गाविसमा परामर्श केन्द्र स्थापना गरेको बताइएको छ ।
कालीकोटमा के कति परामर्श केन्द्र छन भन्ने निश्चित विवरण भने नभएपनि विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट यौन शिक्षा,वालविवाह, वालश्रम, वेचविखनका बारेमा परामर्श गर्ने गरिएको बताइएको छ ।

No comments:
Post a Comment