रुपेन्द्र ब. ऐडी
म लामो समयको अन्तरालमा कालीकोट बसाई पछि बांके जिल्लाको कोहलपुरमा भेटघाट अनि परिवारको उपचारको लागि गएको थिए । कारणबस म पुगेको भोलिपल्ट बाबा अकस्मात विरामी पर्नु भयो । मैले सोचेको थिए बाबालाई सामान्य विराम होला सन्चो हुन्छ भन्ने लागेको थियो । सांझ खाना खाएर सुत्ने तयारीकै क्रममा बाबाको पेट दुःखेर कराउनु भयो ।
म हत्त न पत्त कोठाबाट बाबाको ठां आएको त निकै कराउन लाग्नु भएको बाबालाई सोधे अस्पलात जांउ है भन्दा बाबाले भन्नु भयो पर्दैन । म पनि के गरु भन्ने लाग्यो अनि घरको कोठामा बस्ने काजल भन्ने दिदी आईन अनि बुवालाई सन्चो हुदैन भाई हस्पिटल लिउं भन्नु भयो अनि वहांले नै छिमेकी मोहन दाईलाई रिक्सा ल्याउन भन्नु भयो र सरासर नेपालगंज मेडिकल कलेज कोहलपुरमा राति १० लिएर इमरजेन्सि वार्डमा भर्ना गरेर अस्पलातका स्वस्थ्य कर्मिले दुखाई कम गर्ने सुई लगाइदिए पछि बाबालाई हल्का हुदै गयो ।रात भर दिदी काजल र म बाबाको कुरुवा भएर सुत्न नपाई बसेम । राति दुई पटक रगत र पिसाव चेकका लागि ल्यावमा जानु पर्ने अवस्था आयो । म रगत लिएर ल्यावमा राति १२ वजे दिए र भने कति समय पछि रिर्पाेट आउछ त । ल्यावका एक जना स्वस्थ्य कर्मिले भने साढे तिन वजे आउछ । म पनि साढे तिन वजे गए र दोस्रो व्याक्तिले साढे पांच वजे सारी दियो । साढे तिन वजे मैले पिसाव चेक जांचका लागि लिएर बुझाए । दुवैको रिर्पाेट संगै लिने मौका प¥यो । ठिक विहानको ६ वजे रिर्पाेट लिन गएको त एक जना स्वस्थ्य कर्मिले रिर्पाेटको फाईल पल्टाएर हेरे नहेरेको गरे तर तपाईको रिर्पाेट तपाईको आफन्तले लिइसक्यो भने मेरो बाबाको कुरुवा दिदी कोठामा गै सक्नु भएकाले मैले भने म मात्रै हो कुरुवा कस्ले रिर्पाेट लियो होला राम्रो संग हेर्न अनुरोध गरे तर मलाई हकार्दै अउनले भने आज विहान देखि जो पनि धम्काउने मान्छ मात्रै आउछन यार ।तर त्यति खेर संयम हुदै विरामी तिर लागे त्यहाका रेखदेख गर्ने सिस्टरहरुलाई सोध कतै रिर्पाेट आएको छ । उनिहरुले भने तपाईले नल्यारु यहां रिर्पाेट आउदैन । म फेरी ल्यावमा गए सवैको राखेको रिर्पाेट फाईल आफै पल्टाए र भेटियो पनि अहिले कहां बाट आयो डाक्टर साव भने रिर्पाेट ल्याएर फर्किए अनि दिउसोको समयमा बाबालाई तिन दिनका लागि भर्ना गर्नु पर्ने डाक्टरको सल्लाह अनुसार दोस्रो तलाको सर्जरी एकमा पठाएर दोस्रो सांझ पनि मेरो वास कोहलपुर मेडिकल कलेजमा हुने अवस्था आयो । म बाबालाई सलाई सिध्याएर घरमा खाना खान गए अनि बाबालाई केही नखाने भनेकाले दुई घण्टा पछि हस्पिटलमा आए । बाबालाई पानि खान मिल्छ भन्दा डाक्टरले भने पर्दैन त्यो भन्दा मै केही भन्ने कुरा आएन ।
अस्पताल भित्रको पहिलो दृष्य ः–
अस्पताल भित्र बेलुका नौ वजेको समय हुदो हो दुई जना सहयोगि दिदी आईन । कसै संग नवोलि आफ्नो गर्ने काम गरिन गईन तर एक जना गहुंगोरी होचि होचि दिदी आएर एक जना विरामी कुरुवा दिदीलाई एक्कासि अनाहक बस्न नजान्ने भन्दै रिसाईन । उनले पनि भनिन् कसरी बस्ने होला दिदी भन्दा उल्टो बस्न सिकाई माग्ने भन्दै बाहिर निकाली दिने धम्की दिईन केही नवोलि तिनि दिदी चुप लागिन त्यस वार्डमा रहेका सवै विरामी अनि कुरुवाहरुले मुखामुख गरे तर कसैले बोलेनन । त्यहां त डाक्टर भन्दा पनि सहयोगिहरु वढ्ता हुने रहेछन । विरामी संग र कुरुवा संग बोल्ने भाषा पनि कति छुच्चो भनेर साध्ये छैन के अस्पताल प्रशासन पाठ सिकाएको नहोला र ? सिकेको पाठ पनि व्यवहारमा नउतार्न सकेका हो कि क्या हो जस्तो लाग्यो । दोस्रो दिन म काम विशेषले नेपालगंज जानु पर्ने भएका कारण दिउसो २ वजे गैहांले मेरा काका बाबाको कुरुवाका लागि बस्नु भयो सांझ अवेर सम्म काम गर्दा पनि भ्याइएन अनि कोहलपुर फर्किन सकिन र काका नै त्यहा बस्नु भयो । काका अ हे व का साथै अखिल नेपाल जनस्वस्थ्य कर्मि महासंघका केन्द्रिय सचिवालय सदस्य तथा थारुवान राज्य समिति संयोजक हुनुहुन्छ ।वहांले कोहलपुर मेडिकल कलेजको बारेमा नजिकबाट बुझ्नु भएको किनकी वहां कोहलपुरमा विगत ७ वर्ष देखि बस्दै आउनु भएको छ । अस्पतालमा कर्मचारीहरु विरामीको सलाईन भ्याइएको छ कि त्यस तर्फ भन्दा पनि आ आफ्ना मोवाईलमा व्यस्त देखिने गर्दा उनले एक दुर्ई जना नर्सहरुलाई के गर्न आएको अस्पतालमा मोावाइल चलाउन की विरामीको उपचार गर्न भन्दा सायद अन्या लागेर हुन सक्छ सेकुरिटी पठाएर सुत्न नदिएको होला भन्ने काकाले कुरा गर्नु भयो । अस्पताल भित्र वहांले राति बाबालाई सन्चो भए पछि बाबा पनि सुत्नु भए छ अनि काका पनि सुत्ने तरखरमा कुरुवाका लागि राखिएका बेन्च जम्मा गरेर सुत्न लागेको समयमा एक जना सेकुरिटी आएर नसुत्न भन्दा वेडमा सुतेको होईन म त बेन्चमा सुतेको हो किन नसुत्ने भन्दा डाक्टरले आफुलाई रिसाउछन भन्दै हात हाला हाल सम्मको अवस्था सम्म पुगे पछि तिम्रो डाक्टर वोलाउ भन्दा रेखदेख गर्ने स्वस्थ्यकर्मि आएर नगर्न भनेर अनुरोध गरे पछि पहिलेको अवस्थामा रात विताउनु परेको अवस्था भयो । विरामी वार्डमा नियमित कर्मचारी भन्दा पनि ओजेटीको घुंईचो मात्रै हुने अनि विरामीलाई कसरी सुई लगाउद ठिक हुन्छ भन्ने पनि थाहा नपाउनेहरुको कडा ड्युटी हुने भएकाले काकाले महत्वपूर्ण सुझाव दिनु भएकाले पनि कुरुवा माथि सेकुरीटी लगाउनु भनेको अस्वभाविक जस्तो नै हो । थियो पनि ।
अस्पताल भित्रको दोस्रो दृष्य ः–
अर्काे कुरा बाहिरका मेडिकल वालाहरु कसरी आफ्नो मेडिकलबाट औषधि कटाउने भन्नेमा लागि पर्ने र भित्रका ड्युटीमा रहेका कर्मचारीहरु संग मिलेर विरामलाई औषधि उपचारका लागि पर्चा लेखाउने वित्तिकै बाहिर गएर फलानो पाmर्मेसिमा मात्र पाईन्छ त्यही बाट ल्याउनु भन्ने गर्दा रहेछन । औषधि हुदा हुदै थप औषधि अनिवाय ल्याउन लगाउने प्रबृतिले गर्दा भित्रका डाक्टर बाहिरका मेडिकलवाला विच कमिशनका कारण त्यसो भनिएको होकी जस्तो लाग्यो । औषधि थप चाहिएको खण्डमा पहिलेको औषधिका बारेमा पनि हेर्नु पर्ने हो त्यस तर्फ डाक्टरहरुको ध्यान नगई डवल औषधि ल्याउन लगाउनु राम्रो भने पटक्कै होईन । वास्तवमा मान्छेको जिवन संग गांसिएका स्वस्थ्य क्षेत्रमा प्रशासनिक निकायले ध्यान नदिदा मन परी हुनु अस्वभाविक नहोला जस्तो लाग्यो । औषधि पेल्नु भन्दा पहिलेको अवस्था सुधार भएको भएन भन्ने बारेमा ध्यान दिएको भए कति राम्रो हुन्थ्यो की ?
अस्पताल भित्रको तेस्रो दृष्य ः–
उपचारको क्रममा तेस्रो दिन अर्थात अन्तिम दिन बाबालाई डिस्चार्ज गर्ने भने पछि त्यहां बांकी रहेको औषधि सहित समाना जम्मा गर्दै बाहिरीने अवस्थामा त्यहां रहेको विरामी रेखदेख गर्ने काउन्टरबाट वेड चार्जको रसिद ल्याएमा मात्र विरामी जान पाउने नतर जान नपाईने भने पछि रकम तिर्ने काउन्टरमा पहिले राखेको डिपोजिट रु.१०००÷–को विल लिएर गएको त पहिलेको डिपोजिट रकमको वेवास्ता गर्दै काउन्टरमा रहेकी दिदीले पुन ६५० दिन अनुरोध गरे पछि मलाई त्यसको मात्र विल दिए पछि बाहिर रहेका मेरो काका अवराज अनि दाई शंकर संग यो त मलाई अन्याय लाग्यो १६५० दिएको तर विल ६५० मात्र किन भन्दा फेरी जान अनुरोध गरे पछि म काउन्टरमा गएर डिपोजिट राखेको रकम खै दिदी भन्दा नसुने झैं गरिन घरि घरि सोध्दा मात्र के भनेको हो कतिको नोट दिनु भयो भन्दै यशोदा नाम लेखिएको विल मेरो हातमा थमाउदै तपाईले अघि नै डिपोजिट छ भन्नु पर्ने भनिन र पुन १००० रुपैया मलाई फिर्ता दिइन् । गांउघरका सर्वसाधारणहरु अस्पताल भित्र बस्दा हैरान भएका हुन्छन कति वेला विरामी डिस्चार्ज गर्ला र जाउंला भन्ने अनि अशिक्षितहरुलाई विलमा भन्दा पनि हतार हुने अवस्था हुन्छ । त्यसै गरी सर्वसाधारणबाट रकम असुल्ने प्रबृति अस्पतालका कर्मचारीमा हुने गरेको पुष्टि त्यस व्यवहारले प्रष्ट देखाउछ । किन की मैले दिएको डिपोजिट राखेको विल दिए पछि राम्रो संग हेर्दै पैशा राख्ने काउन्टरमा राखीन भने अरु विल अन्य टोकरीमा राखेको मैले देखेको थिए । पछि एक हजार रकम फिर्ता दिए पछि त्यो विल अन्य विल राखिएको स्थानमा राखिनुले लुटपाट बाहेक के भन्न सकिन्छ । मान्छेको स्वस्थ्य सेवा दिनका लागि स्थापना भएको त्यति ठुलो प्रतिष्ठा बोकेको नेपालगंज मेडिकल कलेज कोहलपुरका कर्मचारीका कारण स्वस्थ्य संस्था उभोगति होईन उधोगति तिर जान्छ की ? हुन त कसैलाई अन्याय पनि लाग्ला म एक सचेत नागरीक हुनुका नाताले मलाई लागेको कुरा अनुभुति मार्फत बाहिर ल्याए भित्र भित्र राखेर कुनै पनि निकायको विरोध गर्नु राम्रो होईन । समाजको मान प्रतिष्ठा कमाउने होकी रकम मात्र कमाउने हो । जिवनमा कस्ता कस्ता व्यवहारहरु देखिन्छन । कलेज भित्रको सानो कामले ठुलो असर पार्न सक्छ त्यसैले कोहलपुर मेडिकल कलेजले कर्मचारी सेवाका साथै कमाई हो भन्ने छनौटको चरणमा छानविन गर्नु पर्ने हो । कोहलपुर मेडिकल कलेज सवै क्षेत्रमा नराम्रो भने म भन्न सक्दिन । किन की त्यस भित्रका माथिल्ला तहका कर्मचारीहरु आफ्नो ड्युटी ताका आउदा बोल्ने व्यवहार अनि विरामीलाई दिने सुझावहरु अत्यन्तै महत्वपूर्ण थिए ।अभिव्यक्तिहरुले विरामीलाई धेरै च्यापेको भए पनि हल्का महसुस गराउने अवस्था पनि हुन्थ्यो । ति सुझावहरु जस्तै त्यहांका सहयोगि तथा विभिन्न निकायमा रहेका कर्मचारीले लागु गरेको भइदिए सुनमा सुगन्ध अवस्या हुन्थ्यो । त्यसैले दुर्गम क्षेत्रका असाहय अनि अशिक्षित समुदाय तथा विरामीहरुको रेखदेखका लागि कुन कर्मचारीले कस्तो व्यवहार गर्दै छ र त्यसको प्रभावका बारेमा छड्के निरिक्षण गर्नु आवश्याक देखिन्छ । हुन त म एक सर्वसाधारणले एक जना व्याक्तिले दिएको सुझाव मान्ने कुरा पनि कोहलपुर मेडिकलेज मान्ने कुरा भएन । कुनै दिन जिवनमा विरामी पर्दा कोहलपुर मेडिकल कलेज छनोटमा परेमा पहिले भएका त्यस्ता व्यवहारमा परिवर्तन भएको देख्न पाईने अपेक्षा लिएको छु ।
No comments:
Post a Comment