Tuesday, August 19, 2014

१६ सान्तानको जन्म दिए पनि म कमजोर छैन ।धनपुरा वि क


रुपेन्द्र ऐडी
कालीकोट
भाद्र ३÷सोह् सन्तानको जन्म दिएकी कालीकोटकी एक बृद्ध महिला बुढेसकालमा एक्लै बस्नु पर्ने बाध्यता नै आएको छ ।

  २०११ साल पौष १५ गते राम्नाकोट गाविसको वडा न २ बांझकोटमा जन्मिएर वडा न.७ खार्दुमा विवाह गरेकी धनपुरा वि कको गांउ घरको चलन अनुसार ११ वर्षको उमेरमा पुरातन परम्परा अनुसार माईति र पोइलि पक्षको मिलिमतोमा जवरजस्त विवाह गरिदिए पछि विवाह बन्धनमा  बांधिएकी धनपुराको १३ वर्षको उमेरमा पहिलो छोरीको जन्म दिएकी थिईन । अन्य सन्तान  छोरा छोरी जन्मिने र मर्ने गरेकाले सातौं सन्तानमा छोरा जन्मे पछि आफुलाई एक छोरा बांच्न सक्छ या मर्न सक्छ त्यसको निश्चित नभएकाले श्रीमान विक्रमे वि कको आपसि सल्लाहमा अन्य सन्तानको जन्म दिदै गरेको उनको भनाई छ । अहिलेको चलनमा केटा र केटीको ईच्छा अनुसारको विवाह हुन्छ पहिले त वुवा आमाको ईच्छा अनुसार विवाह हुने भएकाले जहां वुवा आमाले जानु प¥यो भने त्यही विवाह गर्ने चलनका कारण कयौं महिलाको बाल्यकालमा बच्चा जन्माउन नसकेर मरेको आफुले देखेको धनपुराको भनाई छ ।उनका अनुसार छोराको आशामा मात्र १६ सन्तान जन्माएको उनको तर्क छ ।उनले थप्दै भनिन् त्यति वेला जस्का चार छोरा र ४० ÷५० वटा बाख्रा अनि गाई भैसि छन उहि नै गांउको जान्ने मान्नेमा गणना हुने जमाना भएको बताउदै आफुले गांउको चलन अनुसार बच्चा जन्माएको बताईन । १६ सन्तान जन्मिए पनि उनि संग अहिले एक छोरा र चार छोरी मात्र रहेको बताईन् ।उनले भनिन् जन्मिएका आठ छोरा र तीन छोरीको मृत्यु भएको बताउदै त्यति सन्तान जन्मिए पनि दुई छोरीको विवाह भएको र दुई छोरी आफु साथमा रहेको एक छोराले पहिलो पटक विवाह गरेर दुई नाति जन्मिए पनि दोस्रो विवाह गरी माईति घरमा बस्दै आएका कारण आफु अहिले दुई छोरीको साहारामा बाच्नु परेको बताईन ।दुई नाति र पहिलो बुहारी आपु संग भए पनि काममा सहयोग नहुने भएका कारण बुहारी भएको र नभएकोमा एउटै महसुस धनपुरालाई भएको छ ।दुई नातिको मुखमा हेरेर मात्र चित्त बुझाई बस्नु परेको बताईन ।
   ६ वर्ष अघि श्रीमान विक्रमे वि कको मृत्यु भएको र हाल छोराले कहिले पनि आमाको बारेमा नसोच्ने र काममा पनि सहयोग नगर्ने भएकाले ५० वर्षको उमेरमा घरमा बस्ने वेलामा युवा अवस्थाको झंै काम गर्नु परेको दुखेसो पोखेकी छन । ५० वर्षको बुढो उमेर भए पनि मैले ४० केजि भन्दा बढिको भारी बोक्न आफु पछि नहटेको भनाई छ । १४ वर्षको पहिलो सन्तानको जन्म दिए पछि तमाकु खाने वानि वसेको धनपुरालाई अहिले सम्म चुरोट तमाकु खाने क्रम जारी भए पनि आफु कहिले विरामी परेर अस्पतालको औषधि कस्तो हुन्छ नदेखेको बताउदै सरकारी तथा मेडिकलको औषधिको नाम समेत नगरेको बताईन । विरामी पनि सामान्य खालको लाग्दा गांउ घरको जडिबुटिले निको पार्ने गरेको बताउदै पुरानो स्मरण गर्दै बच्चा जन्मिएको दुई दिनमै ठुला ठुला दाउराका भारी बोक्न गथ्र्याैं आजकल त सुत्केरी भए पछि काम नै नगर्ने चलन आएकोमा आफु आश्र्चय चकित भएको बताउछिन् । उनले भनिन् आफ्नो आमा सेम्जिरा वि कको कोख बाट १८ सन्तानको जन्म दिएको तर दुई दाजु भाई र दुई दुई दिदी बहिनी मात्र बांचेको अरु सवै भाई वहिनी मरेको धनपुराको भनाई रहेको छ ।
यस अघि छोराका आशामा फुकोटकी लालपुरा वि कले ११ सन्तानको जन्म दिएकी थिईन ।कालीकोटका ग्रामिण क्षेत्रमा २० सन्तान सम्म जन्म दिएकी आईमाई अहिले सम्म रहेकी धनपुराको भनाई रहेको छ ।

No comments:

Post a Comment