Tuesday, August 19, 2014

रास्कोटमा पहिलो पटक कृषि मेला प्रदर्शनि


मनिका बोहरा
कालीकोट   
३ भाद्र÷स्थानिय कृषकहरुले उत्पादन गरेका कृषि जन्य वस्तुको बजारीकरणमा जोड दिने उद्देश्यले रास्कोट क्षेत्रमा पहिलो पटक कृषि मेला प्रदर्शनि शुरु गरिएको छ ।

   भिडिसेफ कालीकोटको आयोजनामा शुरु गरिएको प्रदर्शनिमा ग्रामिण पहुंच कार्यक्रम द्धारा गठन गरिएका समुहका कृषकहरुले फलफुल तथा तरकारी लगाएतको कृषि जन्य वस्तुहरु प्रदर्शनिमा ल्याइएका हुन । प्रदर्शनिमा  फलफुल र तरकारीका गरी एक सय ८३ जातका कृषि जन्य वस्तुको प्रदर्शनि गराइएको छ   । 
    भिडिसेफ कालीकोटको आयोजना तथा कृषि सेवा केन्द्रको समन्वयका साथै ग्रामिण पहुंच कार्याक्रम तेस्रो चरणको आर्थिक सहयोग र हेल्पटांस नेपालको प्राविधिक सहयोगमा कृषि प्रदर्शनिको आयोजना गरिएको हो । प्रदर्शनिमा फलफुल तर्फ काक्रां,स्याउ,अम्बा, अनार,केरा, नास्पति लगाएत राखिएको छ भने तरकारी तर्फ फर्सि,चिचिण्डा,बन्दा,काउलि, सिमि,खुर्सानि लगाएतका तरकारी राखिएको बताइएको छ । राम बहादुर सहकारीका अनुसार प्रदर्शनिमा उत्कृष्ट फलफुल तरकारी भएका कृषकहरुलाई कृषि सामाग्रि पुरुस्कार प्रदान गरिएको छ ।कृषि मेला प्रदर्शनि शुरु गरेर बजारीकरणको अवधारणा शुरु गरेकाले भिडिसेफ कालीकोटलाई स्युना आरसिपि बजार ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र शाहीले धन्यवाद दिएका छन । ग्रामिण क्षेत्रमा पहिलो पटक कृषि जन्य बस्तुको पहिलो पटक प्रदर्शनि भएकोमा कृषकहरु पनि खुसि भएका छन । फुकोट २ का कृषक गोकर्ण न्यौपानेले आफुले उत्पादन गरेको ओखर उत्कृष्ट आएकोमा खुसि ब्याक्त गर्दै आउने दिनमा यस्तै कृषकलाई हौसला हुने कार्याक्रम शुरु गर्नु पर्ने वहांको धारणा रहेको छ ।कालीकोटको रास्कोट क्षेत्रमा पछिल्लो समयमा स्याउको पकेट क्षेत्रको रुपमा विकास गर्ने जिल्ला कृषि विकास कार्यालय कालीकोटले उद्देश्य बनाएको छ ।

No comments:

Post a Comment