रकम दुरुपयोगमा संलग्नता छैन –दास
रुपेन्द्र ऐडी
कालीकोट
१५ साउन÷गरिवि निवारणका लागि आएको बाख्रा पैचो कार्यक्रममा कार्यालयका कर्मचारी बाट समुदाय ठगिएका छन ।
जिल्लाको रास्कोट क्षेत्रको स्युना गाविसका स्थानिय वासिलाई आय आर्जनका लागि प्रदान गरिएको बाख्रा वितरण कार्यक्रममा प्रति परिवार छ हजार पांच सयका दरले तीन वाख्राको लागि १९ हजार पांच सय रुपैया दिनु पर्ने भए पनि तीन हजार आठ सयमा अछामबा खरिद गरी ल्याएर वाख्रा तिरण गरेको र बांकी रकम दुरुपयोग गरेको बताइएको छ । स्थानिय समुहका तर्फ बाट अध्यक्ष र जिल्ला पशु सेवा कार्यालय कालीकोटका सेवा केन्द्र रास्कोटका प्रमुख नन्द किश्वर दासले सो रकम हिना मिना गरेको आरोप लगाइएको छ । स्थानिय चुलि मालिका बाख्रा पालन समुहका सचिव सर्जन शार्कीका अनुसार स्युना गाविसको वडा न. ३को कर्णालिटोलका ५० घरधुरीका लागि १० लाख ५६ हजार रुपैया मध्ये आधा रकम हिनामनिा भएको बताएका छन । पांच लाख रकम बांकी रहेको र सो रकम आफु सहित समुहका अध्यक्ष,सचिव र दास मिलेर बराबर बांड्न भने पनि सचिवलाई ४६ हजार मात्र दिएको र बांकी चार लाख ८६ हजार रकम अध्यक्ष निल्चे शार्की र दास मिलेर खाएको बताइएको छ ।
सचिव सर्जनेका अनुसार गाडी भाडा खाना व्यवस्थापनका लागि ८१ हजार रकम छुट्याएको अछामको बाउले भन्ने स्थानमा गएर प्रति वाख्रा तीन हजार आठ सयका दरले एक सय ५० बाख्रा ल्याएर कुल पांच लाख ७० हजार खर्चको भए पनि भने अनुसारको बाख्रा नल्याई रकम दुरुपयोग गरेको बताए । बाख्रा खरिद गरेको समय देखि सेवा केन्द्र रास्कोटका प्रमुख नन्द किश्वार दास भने कार्यालयमा उपस्थित समेत नभई जिल्ला पशु सेवा कार्यलयमा नै बस्दै आएका स्थानिय बासिले बताएका छन । सेवा केन्द्र रास्कोटका प्रमुख नन्दकिश्वर दासले भने बाख्रा खरिदमा आफ्नो कुनै पनि संलग्नता नभएको दावि गर्दै आवश्याक अनुसन्धान गर्दा दोषि भएमा आफु रकम तिर्न तयार भएको बताएका छन ।
यस सम्बन्धमा जिल्ला पशु सेवा कार्यलय कालीकोटका प्राविधिक एवंम निमित्त प्रमुख नेत्रराज शाहीले बाख्रा खरिदका लागि समुहको खातामा रकम हालेको र समुहका मान्छे विचमा एक आपासमा कुराकानि नमिलेर आरोप लगाएको हुन सक्ने र सोको बारेमा कार्यालयमा जानकारी समेत भएकाले आवश्याक छानविन समेत गर्ने बताउनु भएको छ । कालीकोट जिल्लामा विभिन्न समयमा सामान खरिद होस या विभिन्न शिर्षकमा रकम दुरुपयोग हुने गरेको भए पनि बाहिर नआई भित्रै मिल्ने गरेकाले लाखौं रकम दुरुपयोग हुने गरेको छ ।

No comments:
Post a Comment