Thursday, July 31, 2014

माओवादी पूर्व जिल्ला ईन्चार्जको भिरबाट खसेर मृत्यु


कालीकोट
१५ साउन÷ने क पा–माओवादी कालीकोटकी पुर्व जिल्ला ईन्चार्ज गोरीकला वि कको भिरबाट खसेर आज विहान माल्कोटको मिजुमेलामा निधन भएको छ ।

    बहिनिले काटेको घांस ल्याउनका लागि गएको अवस्थामा भिर बाट खसेर गोरीकला वि क को मृत्यु भएको स्थानिय धन बहादुर बटालाले जनाएका छन । उनका अनुसार घर बाट दुई किलोमिटर टाढा मिजुमेला बनमा भैसीका लागि बहिनी निर्मला  संगै गएको अवस्थामा मेलामा करिव पांच सय मिटर तल खस्दा टाउको र हातमा गम्भिर चोट लाग्दा घटना स्थलमा मृत्यु भएको बताइएको छ । गोरीकला वि क ने क पा–माओवादी कालीकोटमा एक वर्ष जिल्ला ईन्चार्ज भएर काम गर्नु भएको बताइएको छ । 
     ने क पा–माओवादी  कालीकोटका जिल्ला सचिव धनजित शाहीका अनुसार कालीकोटमा जन्मिएर जनयुद्ध ताका अनेम संघ(क्रान्तिकारी) सेति महाकाली क्षेत्रको संयोजकका साथै तत्कालिन ने क पा(माओवादी) दार्चुला जिल्ला ईन्चार्जको समेत जिम्मेवारी लिनु भएको बताउनु भएको छ  । उनका अनुसार गोरीकला अत्यान्त परिश्रमीका साथै कर्मठ यौद्धा भएको बताउदै पार्टीको तर्फबाट समवदेना व्याक्त गर्नुका साथै पार्टी कार्यालयमा झण्डा आधा झुकाउने बताउनु भएको छ । गोरीकला विकका दाजु ने क पा–माओवादीका पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्रि खडक बहादुर वि क हुन ।गोरीकला हिमचुलि कृषि सहकारी संस्था लि.कालीकोटकी संचालक समिति सदस्य समेत रहेकी थिईन । संस्थाले दर्घटना विमा पावत राहत उपलव्ध गर्न जनाएको छ ।

No comments:

Post a Comment