कालीकोट
२९ जेष्ठ÷अपराधको सजाय घोषित भई सुध्रिने अवसर पाएका कैदि बन्दिहरु कारागारमा गएर पनि स्वतन्त्र रुपमा बस्न पाउने वातावरण नहुंदा कालीकोट कारागार शाखामा रहेका कैदि बन्दिहरु असुरक्षाको महसुस गर्न थालेका छन ।
पछिल्लो समयमा जिल्ला कारागार कालीकोट शाखामाका कैदिहरुले एक आपासमा स साना कुरामा विवाद गर्ने वित्तिकै कारागार बाहिर लिएर शारिरीक याताना दिने क्रम शुरु भए पछि कैदि बन्दिहरुमा सन्त्रास फैलिएको छ । कारागार शाखा कालीकोटमा कैदि बन्दिहरुले हिरासतमा पाएको भन्दा ठुलो यातना पाउने गरेको बताइएको छ । एक कैदिले नाम नबताउने सर्तमा दुखेसो पोख्दै भने कसैले अन्याय गरेमा सहनै पर्ने अवस्था रहेको बताउदै कसै संग विवाद गर्दा कारागार प्रशासनको निर्देशनमा कारागार बाहिर लिएर यातना दिने गरेको बताएका छन ।
कैदिहरुका अनुसार पछिल्लो समयमा व्यापकरुपमा किन झगडा गरेको हो भन्दै कारागार बाहिर लिएर सांझ पखको समयमा पनि शारिरीक यातना र मानसिक यातना दुवै दिने गरेको बताए । निमुखाहरुले भन्न पाउदैनौ त्यही पनि याताना पाउनेहरु पनि निमुखा नै भएको बताएका छन । आफुहरुलाई बाहिर कसैले भन्न नपाईने समेत उर्दि जारी भएको बताएका छन । कसैलाई भनेको समयमा झन यातना पाईने डरत्रासका कारण कसैले पनि वाहिर ल्याउन नमानेको बताइएको छ ।कैदिका अनुसार कारागार भनेको सुधार गृह की याताना गृह हो ? जवाफ चाहिएको बताएका छन । कारागारमा सुध्रिने मौकाको रुपमा लिए पनि यातना पाउने क्रम भए पछि कैदिहरु आतंकित भएका छन । कारागार प्रशासनको निर्देशन हो या प्रहरीको मनोमानि थाहा छैन । कैदिहरुले एकै स्वरमा अहिले सम्म कुनै पनि मानव अधिकारवादी तथा पत्रकारहरु आएर करागारको बास्तविक अवस्थाका बारेमा बुझ्न नसकेको बताएका छन । कारागारमा बस्ने र खाने ठांउको अभाव हुंदा खाना बनाउने ठांउमा च्यापिएर बस्ने र सुत्नु पर्ने बाध्य भएको बताउदै यस तर्फ कारागार प्रशासन देखि जिल्लाका राजनैतिक दलहरुको ध्यान नदिएको कैदिहरुको आरोप रहेको छ ।
कारागारमा कुल क्षमता २५ जनाको भए पनि हाल दोव्वर महिला ४ जना र पुरुष ४८ गरी ५२ कैदि बन्दि रहेको कारागार शाखा कालीकोटका प्रमुख(जेलर) संजय महत्तोले बताएका छन । उनका अनुसार कारागार भित्र यातना दिने काम हुन्छ त भन्ने प्रश्नमा उनले कैदी कैदि विचमा विवाद हुंदा एक आपसमा समाधान गर्ने गरेको तर अहिले सम्म कसैलाई यातना भने नदिएको दावि गरेका छन । उनका अनुसार कारागारको कैदि विचमा नाईके रहने भएकाले पहिलो समाधानको प्रक्रिया त्यहां हुने गरेको बताउदै अन्तिम निकाय कारागार प्रशासन भएकाले “याक्सन” त दिने काम गर्छ भन्दै के बाहिर बाट आएर समाधान हुन सक्छ ? भन्ने प्रति प्रश्न गर्दै नियन्त्रण गर्ने आफ्नो दायित्व भएको बताएका छन । उनको अभिव्यक्त बाट प्रशासन लगाउने नाममा यातना दिने गरेको पुष्टि गराएको देखिन्छ ।उता हिरासतमा बाहेक आवश्याक परेको खण्डमा बुझ विस्तार गर्न पाईने भए पनि कारागारमा यातना दिने काम गर्नु गैर कानुनी क्रियाकलाप भएको बताउदै यसका बारेमा वास्तविक्ता भएको खण्डमा त्यस्तो क्रियाकलाप गर्ने जो सुकै माथि कार्वाही हुने नागरिक समाजका अगुवा तथा अधिवक्ता अम्मलराज शाहीले बताउनु भएको छ ।

No comments:
Post a Comment