Sunday, June 29, 2014

कालीकोटमा समयमा रोपाई भएन


कालीकोट
१५अषार÷जिल्ला कृषि विकास कार्यालय कालीकोटको अगुवाईमा धान दिवसमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरुले धान दिवस मनाउदै गर्दा रास्कोट क्षेत्र लगाएतका गांउमा लामो समय सम्म पानि नपरे पछि कालीकोटको रास्कोटका स्थानियले भ्यागुत्ताको विवाह गरेका छन ।

   गएको वर्ष अषाढ महिनाको पहिलो साता रोपाई सिध्याएका  स्थानिय कृषकहरुले अहिले अषाढ जान लाग्दा पनि पानि नपरे पछि भ्यागुत्ताको विवाह मात्र होई स्थानिय मन्दिरमा समेत रातभर जाग्राम बसेर पुजापाठ गर्ने क्रम पनि बढेको छ ।
   स्थानिय बासि तथा स्युनाका निवर्तमान गाविस उपाध्याक्ष परिमल फर्सालका अनुसार यस वर्ष ताईचुम लगाएतको धानको बेर्ना समयमै रोप्नु पर्ने भए पनि रोप्ने समयमा पानि नपरेका कारण धानको बेर्ना फुलेको र काम नलाग्ने भएकाले पुजापाठ गर्नु परेको बताएका छन । वहांका अनुसार स्थानिय सिमनाथ मन्दिरमा फुकोट, स्युना,सिप्खानाका स्थानियहरु जम्मा भएर पुजापाठ गरेको बताएका छन । फुकोट गाविसका स्थानिय वासिहरुको भेलाले भ्यागुत्ताको विवाह बाजागाजा सहित गरेर छोडेको बताएका छन ।स्थानिय कृषक कृष्ण प्रसाद बरालका अनुसार विगत वर्षको भन्दा फरक ढंगले लामो समय पानि परेका कारण पुरानो चलन अनुसार भ्यागुत्ताको विवाह गर्नु परेको बताउदै यस वर्ष अनाबृष्टिका कारण भोकमारीको समस्या हुने बताएका छन । जिल्लाका अति विकट मानिएका पलांता क्षेत्रका नानिकोट, थिर्पू,खिन, धौलागोह, राम्नाकोट, बदालकोटमा धानको बेर्ना मात्र होईन मकै वालि समेत सुकेर खरानि भएको स्थानिय पत्रकार धनकर्ण विकले बताएका छन । उनका अनुसार धौलागोह गाविसमा खडेरीले वर्षनि सताई रहने भएको र यस वर्ष भने दोव्वर भोकमारीको समस्या हुने बताइएको छ । कालीकोटमा ६० प्रतिशत जमिन आकाशे पानिको भरमा सिंचाई हुने गरेको बताएइको छ ।उता जिल्ला कृषि विकास कार्यालय कालीकोटका वरिष्ठ कृषि विकास अधिकृत योग प्रसाद खरेलले कालीकोटमा सिंचाई सुविधा भएका क्षेत्रमा २० प्रतिशत धान रोपाई भएको र आकाशे पानिको भर पर्ने क्षेत्रमा सुन्य प्रतिशत धान रोपाई भएको बताउनु भएको छ ।वहांका अनुसार गत वर्ष यसै समयमा ८० प्रतिशत धान रोपाई भइसकेको बताउनु भएको छ ।

No comments:

Post a Comment