Sunday, June 29, 2014

मलेसियाबाट फर्के पछि गांउमा प्याज खेति

कालीकोट
१६अषाढ÷जिल्लाको लालु गाविसका एक युवाले मलेसिया बाट घर फर्के पछि  गांउमा प्याज खेति शुरु गरेका छन ।

   लालु गाविस वडा न.का हेमराज शाहीले घर फर्केको एक वर्ष खुद्रा पसल गरेर वसे तर आम्दानिको श्रोतको अभाव भए पछि विभिन्न व्यवसाय सोचे तर कुनै गर्न पनि असम्भव भए पछि उनले गांउको एक जना किसानको जग्गा भाडामा लिएर प्याजको व्यवसाय शुरु गरेका शाहीले पहिलो वर्ष १० कुयन्टल उत्पादन गरेको बताएका छन । उनका अनुसार उत्पादन भएको प्याज कहां विक्रि गर्ने होला भन्ने चिन्ता भएको अवस्थामा गांउमा सवै प्याज विक्रि भए पछि उनमा थप हौसला जागेर आएको हो । पछिल्लो समयमा जिल्लाका विभिन्न ठांउबाट भारत मात्र नभई खाडिमुलुकमा जाने क्रम बढेको र घर फर्के पछि कमाई गरेका रकमले जिल्लामा भन्दा शहरिया क्षेत्रमा घर घडेरी हाल्ने होड वाजि नै चलेको समयमा सिकेको सिप व्यवहारमा लागु नगर्ने परम्परालाई तोड्दै शाहीले गांउमा प्याज खेति गरेर नमुना काम गर्न खोजेको बताएका छन ।माल्कोट गाविस र लालु गाविसको विचमा पर्न रहगाड पुलमा परिवारले सानो पसल गरेर बसेका र आफुले प्याज खेति गर्न थालेको उनको भनाई रहेको छ  । विदेशमा गएर पसिना बगाएर दैनिक १८ घण्टा काम गर्नु पर्ने अवस्थामा उचित श्रम नपाएर घर फर्कने अवस्थामा भन्दा त्यहांको पाठले स्वदेशमा सिप कलाबाट केही गर्नु पर्छ भन्ने भावना जागेको बताइएको छ । अध्यायनका हिसावले प्रमाण पत्र तह हासिल गरेका शाहीले प्याज खेति संगै माछा पालन गर्ने तयारीमा रहेको बताएका छन । कालीकोट जिल्लामा करिव एक हजार पांच सय बढि युवाहरु विदेश गएको र आउने क्रम पनि त्यतिकै रहेको र आम्दानिको कुल रकम फजु खर्च गरेर खतम पार्ने चलन नै रहेको बताइएको छ । विदेशमा जाने युवाहरुले गांउमा सयकडा मासिक ५ देखि १० प्रतिशत व्याजदरमा ऋण निकालेर विदेश जाने गर्छन । विदेशमा कमाएको रकममा करिव ६५ प्रतिशत रकम व्याज तिर्न नै ठिक हुने गरेका विदेश गएका स्युनाका राजेन्द्र शाहीले बताएका छन । उनका अनुसार कमाई गरेका रकम सुर्ति फुर्तिमा सिमित भएको बताए । विदेशबाट घर फर्केका युवाहरु अहिले गांउमा विवारिसे बन्न थालेको उनको भनाई रहेको छ । उनिहरुले कमाएको रकम ऋण तिर्न र घर खर्च चलाउन ठिक्क भए पछि अव के गर्ने भन्ने दोधारमा रहेका छन ।कालीकोटका गांउमा मान्म ५ का परेक बहादुर शाहीले मान्ममा कुखुरा फारम संचालन गर्नुका साथै मासु विक्रि वितरण कार्यमा लागेका छन ।

No comments:

Post a Comment