रुपेन्द्र ऐडी
कालीकोट
२०अषाढ÷एकमात्र जलबिद्युत केन्द्र रहेको कालीकोटमा विग्रेको एक वर्ष सम्म मर्मत नभएपछि सो क्षेत्रका एघार गाविसमा सोलारको माध्यम बाट गांउ नै झिलिमिलि हुने गरेको छ । विभिन्न संघ सस्था र निजि व्यापारीहरु द्धारा विक्रि बितरण गरिएका सोलारले ग्रामिण इलाकाका बासिन्दामा सहुलिएत तरिका बाट प्राप्त गरेपछि ग्राहकहरुमा सोलार हाल्ने होडवाजि नै चलेको छ ।
जिल्लाका एकल महिलाहरुले अनुदान भन्दा थप सुविधा पाए पछि मात्रै होईन अति बिपन्न, गरिब,दलित परिवारका सदस्यहरुले सोलारका लागि पाएको सस्तो व्याजदरमा ऋण प्राप्त गरी उचित मुल्यमा सोलार किनेर सहजता भएको हो । गांउका धनाढ्य बाट उच्च ब्याज दरमा लिएको ऋण तिर्न कठिनाइ झेल्नु पर्ने बाध्याताबाट मुक्त भएको महसुस समेत हुन थालिएको छ । सदरमुकामबाट १९ कोष उत्तर पश्चिम पर्ने थिर्पु गा.बि.स.का एक स्थानियलाई सौर्य उर्जाको ऋणले त्यस्तै सहजता ल्याइदिएको छ । २०६७ साल पौषमा उनले हिमचुलि कृषि सहकारी सस्थाबाट सौलारका लागि ऋण लिएर सोलार बालेका अनरुप सुनारले एक बर्ष सम्म सोलार पनि बाले किस्ता पनि तिर्दै गएर चुक्ता गरे । अहिले ठुलो राहातको महसुुस भएको बताउदै अनरुपले सोलार बाट घरायासि काम मात्रै होइन सुनको ब्यावसायमा समेत ब्यापार बढेको ठम्याई गरेका छन । उनले गांउका साहुबाट लिएको ऋण बार्षिक ५० प्रतिशत ब्याज तिर्नु पर्ने बाध्याता हटेको बताए ।थिर्पु गा बि समा दलित परिवारको घरमा पहिलो सोलार आफुले हालेको बताउने सुनार आÏनो घरमा दुई छोरालाई अध्यायनमा सहज भएकोमा खुशि ब्याक्त गरे । स्युना बजारमा पसल व्यवसाय गर्दै आएका फुकोटका राजकुमार शाहीले पुरानो स्मरण गर्दै भने पहिले आफुहरुको वुवा सम्म बनको दियालो बालेर उज्यालो गर्ने अवस्था थियो भने अहिले गांउ घर राति हेर्दा सांच्चै विजुलि बलेको महसुस भएको उनको ठम्याई रहेको छ ।
दिउसोको समयमा गर्न नसकिएको अबस्थामा राति अबेर सम्म उज्यालोको साहारामा सुन बनाउन मद्दत मिलेको र परिवारलाई घरायासि काममा समयको बचत भएको बताए । पारिवारिक समस्याले झेल्दै आएका सुनार जति कठिनाई आयपनि छोरा छोरीलाई शिक्षा दिएरै छाड्ने उनले बताए ।
घरमा सोलार राखेर उज्यालोमा घरका काम गर्न पाउदा अनरुप सुनारकि परिवार रशमा सुनारले उज्यालो भनेको जिवनको साहारा भएको बताईन । दियालोका सहायताले घरमा उज्यालो बाल्दाको अनुभव सुनाउदै रशमाले सोलारको महत्व बताउदै सोलार राखि सकेपछि बातावरणमा सुधार आउनुका साथै,समयको बचत भएकोमा उनि दंग छिन । सहकारी सस्था मार्फत सस्तो ब्याजदरमा ऋण प्राप्त गरेका सस्थाका सदस्यहरुले कालीकोटमा पुंजि बाहिरिन बाट जोगिएको बताइएको छ । त्यस्तै एक सय ५० घरधुरि भएको बदालकोट गा बि समा किस्तामा सोलार पाएपछि ५० घरधुरिले सोलर हालेर खुशि भएका छन ।यस अघि बदालकोट गा बि समा एक जनाले मात्र सोलार हालेका थिए । अहिले सोलार बाट यहांका बासिन्दाले गांउनै झिमिलि बनाएका छन ।कालीकोटका ३० गा बि स मध्ये करिब ११ गा बि समा सोलार बाट गांउनै झिलिमिलि बनाएर दंग भएका छन ।
त्यसै गरि सदरमुकाम बाट ११ कोष पश्चिममा पर्ने माल्कोटका दले बि क ले माल्कोट स्थित कर्णालि कृषि सहकारी सस्था बाट ऋण लिएर सोलारबाट आफुलाई जिवनमा परिवर्तनको शुरुवात भएको बताउदै यस आर्थिक अभाबमा सोलार हाल्न नसकेको तर सस्थाले ऋण दिएपछि सोलार हालेर फाइदा भएको उनको ठम्याइ छ । ग्रामिण इलाकाका न्युन आय भएका स्थानिय र दलित बासिन्दालाई यस कार्याक्रमले अधिकतम राहात प¥यायको छ ।उता जिल्लाको पुर्वि क्षेत्रका बान्दिालाई पनि सोलार कार्याक्रमले त्यतिकै राहात ल्याइदिएको छ ।
रांचुलि गा बि सका मन्दिर शाहीले आङ्खनै गांउको लालिगुरांस कृषि सहकारी सस्थाबाट ऋण लिएर सोलार बाल्दा अर्कै महसुस भएको बताए । शाहीले सोलार बाट पारिवारिक काममा समेत सहजता आएको बताउदै आगामि दिनमा अन्य कामका लागि ऋण उपलब्ध गर्नु पर्ने बताए ।अन्य सोलार कम्पनि र सहकारी सस्था बिचको फरक के छ भनि सोधिएको प्रश्नमा शाहिले कम्पनिले बिक्रि पछिको सेवा अहिले सम्म नदिएको बताउदै सस्थाले पटक पटक मर्मत सम्भार गरेको दाबि गरेका छन । बिगतमा किनेका सोलारको मर्मत सम्भार नहुदा स्थानियले आफु ठगिएको महसुस गरेका छन ।
किस्तामा सोलार लिएर फुकोट ९मा होटल ब्यावसाय गर्दै आएकी लक्ष्मि कठायतले सोलारको उज्यालो बाट आङ्खनो ब्यावसाय फस्टाउदै गएको बताइन । कालीकोट जिल्लाका उपभोक्ताले सहकारी सस्था मार्फत लिएका सोलार भन्दा कम्पनि मार्फत चर्को मूल्य समेत तिर्नु परेको तितो सत्य सुनाउदै बास्तविक सस्था भनेको गरिबहरुका लागि उत्तम भएको महसुस संगै सेवा ग्राहिले छिटो छरितो सेवा दिनका लागि अनुरोध गरेका छन । बर्षेनि रोग,भोक,खडेरीले सताइरहने कालीकोटमा सोलारको उज्यालोले धेरै हदमा राहात मिलेकोमा जिल्ला बासिले खुसि ब्याक्त गरेका छन ।
No comments:
Post a Comment