Friday, July 4, 2014

समयमा रोपाई नभए पछि कृषकहरु चिन्तित


कालीकोट
२०अषार÷जिल्लाको पश्चिमी भेगको ग्रामिण क्षेत्रका किसान अहिले समयमै मकै छर्न नपाएका कारण बेरोजगार भई बस्न बाध्य भएका छन् ।विशेष त आकाशे पानिका भरमा बर्षे वालि लगाउने नानिकोट, थिर्पू, राम्नाकोट,धौलागोह, खिन,बदालकोट लगाएत रास्कोट क्षेत्रका किसानहरु वालि लगाउन नपाईन भयो भनेर चिन्तित भएका छन् ।
स साना खोला आसपासका क्षेत्रमा पानि ल्याएर धानको बेर्ना जोगाउने काम गरे पनि मकै लगाएतको बालि लगाउनका लागि पानि नपरेपछि समस्या भएको हो । स्थानिय किसानहरुले वा िलगाउनका लागि राखेको विउ समेत पानिमा भिजादै गएर बेर्ना नै नआउने भए पछि चिन्तित भएका छन ।जिल्लाका विकट क्षेत्रमा मात्र होइन अति पानिको सुविधा हुने रास्कोट क्षेत्रमा समेत पानि नपरे पछि गएक वर्ष यहि समयमा धान रोप्नका लागि राखिएको ताइचुम धानको बेर्ना काम नलाग्ने भए पछि झन समस्या थपिएको स्थानियले बताएका छन । कालीकोटका अधिकांस किसानहरुले ताईचुम,मन्सुलि, र स्थानिय जातको सुनालो लगाएतको धान लगाउदै आएका छन । 

   कालीकोटमा पश्चिम क्षेत्रमा पानि नपरे पनि पूर्वि क्षेत्रमा वर्षा भए पछि स्थानिय कृषकहरुले धान रोपेर भ्याएका छन भने मकै वालि पनि गोडमेल समेत गरिसकेका छन । पछिल्लो लामो समय सम्म पानि नपरेका कारण  स्थानिय वासि धार्मिक आस्था बोक्ने बुढापाकाहरुले स्थानिय मन्दिरहरुमा पुजापाठ गर्ने क्रमले पनि निरन्तरता पाएको छ र गांउले हरु रातिको समयमा मन्दिरमा जम्मा भई जाग्राम(खडराति) बसेर पुजापाठ गर्नुका साथै केही गरी पानि नआए पछि वाजागाजाका साथ भ्यागुत्ताको विवाह गरेर समेत छोडेका छन । विगत वर्षको तुलनामा अहिले खडेरी परेको स्थानियले बताउन थालेका छन ।जिल्लामा प्रमुख वालिको रुपमा चिनिइएको मकै खेति यस वर्ष समयमा नहुंदा किसानहरु भोकमारी हुने हो की चिन्तामा रहेका छन । जिल्ला कृषि विकास कार्यालय कालीकोका प्रमुख योग प्रसाद खरेलले जिल्लामा आकाशे पानिका भरमा पर्ने क्षेत्रमा एक प्रतिशत पनि रोपाई नभएको र साना खोलाहरुबाट आउने पानिबाट २० प्रतिशत रोपाई भएको अनुमान हुन सक्ने बताउदै पानि नपरे पछि अषारमा मात्र होईन साउनमा पनि समस्या आउने बताउनु भएको छ । कालीकोटमा पानि पर्ने क्षेत्रका रुपमा चिनिदै आएको भर्ता,मेहलमुडि र मुम्रा समेत पानि नपरे पछि खडेरीले लगाएको वालि सुकेको स्थानिय कृषकहरुले बताएका छन ।

No comments:

Post a Comment