Tuesday, July 8, 2014

कतै रोपाइृ त कतै वेर्ना राख्न शुरु

कालीकोट
२४अषार÷एका विहानै भरुने शार्की कांधमा हलो र साथमा गोरु लिदै खेतबारीमा गए पछि गांउलेहरु पनि वर्षा ऋतुको लागेको महसुस गर्दै आ आफ्नो खेतवारीमा जान थालेका छन ।
नानिकोटको मय गांउमा लामो समय सम्म धानको वेर्ना जोगाउन धौ धौ हुंदा स्थानिय बिच पानिका लागि झगडा हुने समय भए पनि वर्षा भए पछि झगडा आफै समाधान हुदां हिजोआज कसै संग नवोलि खेतबारीमा गएर कस्ले काम अघि सकाउनेमा प्रतिस्पर्धा बढेको छ । लामो समय सम्म वर्षा नभएका कारण वर्षे वालि लगाएर गोडमेल गर्ने समयमा कालीकोटमा पानि परेपछि कामको चहलपहल शुरु भएको छ ।
      जिल्लाका अतिविकट क्षेत्रहरुमा वर्षा नभएका कारण मकै देखि धान रोपाई समयमा नहुंदा समस्या आएको थियो ।दुई दिन देखि अविरल वर्षा भए पछि किसानहरु खेतवारीमा गएका छन । समयमा खेति गर्न नपाइएको अवस्थामा अषारको अन्तिममा वर्षा भए पनि वालि लगाउन पाईने भयो  भन्दै किसानहरुमा खुसियालि छाएको छ । स्थानिय किसानहरु कामको धुमधाममा अघि बढेका छन ।त्यस्तै  बदालकोटको सिकुमा भने रोपाइृ गर्ने वेलामा खेतका  लागि घाट लगाउतका ठांउमा धानको वेर्ना राख्न कृषकहरु  भौंतारिएका छन । वर्षा नभए पछि खेतिपाति लगाएर भारत लगाएतका ठांउमा जानु पर्ने अवस्था सृजना हुने हुदा स्थानिय चिन्तामा परेका छन ।बदालकोटको सिकुमा अहिले मकै छर्ने काम आज देखि शुरु गरेका छन । विगतमा यसै समयमा मकै गोडमेल गरेर सक्ने समय हो स्थानिय किसान जगे शार्कीले बताए ।उनले भने  तै पनि ढिलो भए पनि वालि लगाउनु प¥यो उत्पादन सोचे अनुसारको नहुनेमा उनलाई विश्वास भने लागेको छैन । पछिल्लो लामो समय सम्म पानि नपरेका कारण  स्थानिय वासि धार्मिक आस्था बोक्ने बुढापाकाहरुले स्थानिय मन्दिरहरुमा पुजापाठ गर्नुका साथै गांउलेहरु रातिको समयमा मन्दिरमा जम्मा भई जाग्राम(खडराति) बसेर पुजापाठ गर्नुका साथै केही गरी पानि नआए पछि वाजागाजाका साथ भ्यागुत्ताको विवाह गरेर समेत छोडेका छोडेका थिए । पानि पर्दा स्युनाको विर बहादुर शाही देविदेवता भन्दा माथि मान्छे भएर मनपरि गरेका कारण पानि मात्रै होइन उत्पादनमा कमी आउने र नभएका काम हुने गरेको बताउछन । आकाशे पानिको भरमा खेति लगाउने भएकाले पछि पनि पानि नपरे उत्पादनमा कमि आउने उनको ठम्याई हो । कालीकोटमा ६० प्रतिशत जमिन आकाशे पानिका भरमा खेति लगाउने भएकाले अहिले सम्म सिंचाई सुविधा भएको ठांउमा २० प्रतिशत रोपाई भए पनि अन्य ठांउमा जिरो प्रतिशत रोपाई नभएको अवस्थामा पानि परेपछि किसानहरुमा कामको चटारो बढेको छ  । समयमा पानि नपरेका कारण जिल्लाका अधिकांस ठांउमा रोपाई गर्ने खेतमा मकै छरेका छन भने कतै धानको वेर्ना समेत जोगाउन समस्या आउदा खेत रोप्न ढिलो हुने बताइएको छ । कालीकोट कर्णालिको खाद्यन्न संकट हुने जिल्लाको रुपमा चिनिदै आएको छ ।यहांको उत्पादन हुने क्षेत्रमा उत्पादनको कमिका कारण बाहिरको चामल ल्याएर खानु पर्ने बाध्यता रहेको बताइएको छ ।



No comments:

Post a Comment