अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नै र्कायालय एन्फा कम्लेक्स सातदोबाटोमा एनसेल फुटबल प्लेयर अफ द इअर २०६९ को घोषणा कार्यक्रम गर्न लागेको थियो । त्यसका लागि खेलाडी, फुटबल पदाधिकारी तथा पत्रकारहरु विहान ११ बजे नै एन्फा कम्प्लेक्स, सातदोबाटो पुगेका थिए ।धरानमा बुढासुब्बा गोल्डकप खेलिरहेका सन्दीप राईले विहीवार हङकङ नेपाली फुटबल महासंघ विरुद्ध खेल्नु पर्ने थियो ।
तर उनलाई फुटबल प्लेयर अफ द इअर २०६९ शीर्ष ३ परेकोले आउनु भनेर एन्फाले बोलाएपछि उनी काठमाडौं आएका थिए । फुटबल प्लेयर अफ द इअर २०६९ को घोषणा लगत्तै धरान फर्कन प्लेनको टिकट पनि काटिसकेका थिए ।
कार्यक्रम सकेर विहीवार नै बुढासुब्बा गोल्डकपमा हङकङ नेपाली फुटबल महासंघ विरुद्धको खेल खेल्न जानु पर्ने भएकाले सन्दीप राई क्याजुअल ड्रेस (कसिलो सर्ट र जिन्स पाइन्टमा) मा नै एन्फा कम्लेक्स सातदोबाटोमा पुगेका थिए ।
र्शीष ३ मा परेको भनेर बोलाइएका भरत खवास र अनिल गुरुङ र्फमल ड्रेस र्अथात कोट पाइन्टमा थिए । सन्दीपलाई क्याजुअल ड्रेसमा देखेर एन्फा अध्यक्ष गणेश थापाले केही असहज महशुस गर्नुभयो किनकी उहाँलाई त थाहा थियो, कार पुरस्कार सन्दीपले नै पाउँछन् भन्ने । त्यसैलेसन्दीपलाई भरत र अनिलले कोट लगाएकाले तिमीले पनि कोट लगाउनु र्पछ, जाउ कोट लगाएर आउ भनेर अह्राएपछि सन्दिप अलमलमा परे ।
त्यसपछि सन्दिप कोटको खोजीमा लागे । उनले एन्फा र्कायालय सादोबाटोमा नै उपाध्यक्ष ललित कृष्ण श्रेष्ठलाई कोट पाइन्टमा चिटिक्क सजिएर बसेको देखें । त्यसपछि त के चाहियो र ? आफैंले खेल्ने गरेको थ्रीस्टार क्लवका अध्यक्ष समेत भएकाले श्रेष्ठसँग कोट माग्न उनलाई केही गाह्रो भएन । सन्दिपले ललितलाई एकान्तमा बोलाएर भने ‘ललित दाई तपाईको कोट दिनु प¥यो अध्यक्ष ज्यूले भनेको ।’
यो प्रस्ताव सुनेर अलमल परेका ललितले भने ‘किन चाहियो र कोट ?’ र्हेनुस न म यस्तो ड्रेसमा आएको छु, अध्यक्ष ज्यू (एन्फा अध्यक्ष गणेश थापा)ले कोट लगाएर आउ भन्नु भएको छ । अब घर जान ढिलो हुन्छ त्यही भएर । तपाईसँग मागेको ।’ सन्दिपको भनाई थियो ।
त्यसपछि ललित कृष्ण श्रेष्ठले आफूले लगाई रहेको कोट सन्दिपलाई लगाउन दिए । र सन्दिपले त्यही कोट लगाएर १७ लाख रुपैयाँ पर्ने कार पुरस्कार थापे । पुरस्कार पाएपछि सन्दिपलाई विमानस्थलसम्म छाड्न श्रेष्ठ नै गएका थिए ।
वर्ष खेलाडी हुँदै विहीवार कार पुरस्कार पाएका राइसँग अब २ वटा कार भएका छन् । जन्मस्थान सुनसरी भएका २३ वर्षीय राइले पोहोर देखि नै किया मोर्टसको पिकान्टो कार चढ्ने गरेका छन् ।
साभारः उज्योलो अनलाईन डटकम
No comments:
Post a Comment