Thursday, April 11, 2013

स्वरोजगार कोषको रकम द्धारा भेडा बाख्रा पालन

रुपेन्द्र ऐडी कालीकोट
२९ चैत्र÷कालीकोटको मान्म र बदालकोट गाविसका कृषकहरुले स्वरोजगार कोषको रकम लिएर भेडा तथा बाख्रा पालन शुरु गरेका छन ।
जिल्लामा रहेको हिमचुलि कृषि सहकारी सस्था बाट मान्मका ५ जनाको समुह र बदालकोटका ९ जनाको समुहले छ लाख ऋण लिएर भेडा तथा बाख्रापालन ब्यावसाय शुरु गरेका हुन ।

भेडा तथा बाख्रा पालन गर्न वन जंगल र आबश्यक बातावरण उपलब्ध भएको र बजारको ब्यवस्था भएकाले र उन्नत जातका भेडा तथा बाख्रा पालन बाट राम्रो आम्दानि हुने विश्वासले भेडा तथा बाख्रा पालन शुरु गरिएको बताइएको छ ।
भेडा तथा बाख्रा पालनमा सहभागि मान्म ३ की विनकन्य बरालले स्वारोजगार कोषको दुई लाख, हिमचुलि कृषि सहकारी सस्था लि.बाट एक लाख २० हजार र समुहको दुई लाख लगानि गरेर भेडा पालन शुरु गरेको बताएकी छन ।
तिला चुलि भेडापालन समुह नाम राखिएको समुहमा चार जनाले सामुहिक रुपमा भेडा पालन शुरु गरेको बताइएको छ ।त्यसै गरी बदालकोट गाविसमा स्थापना गरिएको दाजुभाई बाख्रा पालन फर्ममा रहेका ९ जनाको समुहमा स्वरोजगार कोषको तीन लाख र समुहको ६ लाख गरी नौ लाखको लगानिमा बाख्रँ पालन शुरु गरेको फर्मका सचिव पुर्ण बहादुर खड्काले बताएका छन ।
हिमचुलि कृषि सहकारी सस्थाले स्वरोजगार कोषको वित्तिय सहयोगमा पहिलो चरणमा कृषि तथा पशु पालन तर्फ ऋण लगानि गरिएको सस्थाका कार्याकारी प्रमुख भिम प्रसाद बरालले बताउनु भएको छ । वहांका अनुसार सस्थाले स्वरोजागार कोषको ४० लाख रकमले उन्नत गाई पालन र दुध ब्यवसायमा लगानि गरिएको बताउनु भएको छ ।
गत फागुनमा ऋण लगानि गरिएको समुहमा अहिले सवै समुहले ब्यवसाय शुरु गरिसकेको र पहिलो किस्ता दिइसकेको हिमचुलि कृषि सहकारी सस्था लि.का स्वरोजगार कर्जा परिचालन उपसमितिका संयोजक काली बहादुर महताराले बताउनु भएको छ । वहांका अनुसार स्वरोजगार कोषको रकम द्धारा लगानि गरिएको ब्यवसायका भेडा, बाख्रा तथा गाईको विमा समेत गर्न थालिएको बताउनु भएको छ । पशु विमाका लागि जिल्ला पशु सेवा कार्यलय कालीकोट संग साझेदारी गरेर अघि बढ्ने बताउनु भएको छ ।
कालीकोट जिल्लामा १० वटा सहकारी सस्थाले स्वरोजगार कोषको करिव दुई करोड ५० लाख रकम र कालीकोट उद्योग वाणिज्य संघले एक करोड रकम प्राप्त गरेको छ । सहकारी सस्थाहरुले ऋण परिचालन गरे नगरेको के छ भन्ने बारेमा स्वरोजगार कोषको टोलिले कालीकोटमा अनुगमन थालेको बताइएको छ ।
अहिले कृषि विकास बैंक कालीकोटमा स्वरोजगार कोषको ऋण लगानि गरेर पहिलो चरणकोे किस्ता असुलि थालिसकेको छ । तालिम लिने समयमा एक जना बरावर दुई लाखको आशामा रहेका स्थानिय युवाहरुले ब्यावसाय अनुसारको रकम नपाएकोमा चिन्तित भएका छन । स्वरोजगार कोषको रकम अनुगमन तथा निरिक्षणकालागि बनेको जिल्ला स्तरिय समन्वय समितिले भने स्वरोजगारको नाममा आएको रकम दुरुपयोग हुन नदिन प्रभावकारी अनुगमन थाल्ने बताउदै आएको छ ।
विना धितोमा दुई लाख ऋण पाउने आशामा सिप विकासको तालिम लिएका कालीकोटका छ हजार युवा युवति मध्ये गत महिना एक हजार चार सयले ब्यावसायिक योजना सहित रकम मागका लागि उद्योग वाणिज्य संघ कालीकोटमा निवेदन दिएका थिए ।

No comments:

Post a Comment