२९ चैत्र÷कालीकोटमा रहेको एक मात्र सरकारी बैङ्क राष्ट्रिय बार्णीज्य बैङ्कमा रकम अभाव भएपछि सेवाग्राही सेवा लिन बाट वञ्चित भएका छन ।
बिभिन्न खाले चाडपर्व भनौ वा सरकारी कार्यलयका कर्मचारीले तलव लिने समयमा भनौ बैङ्क भित्र छिर्ने ठाँउ समेत हुदैन । हप्तौ लगायर सदरमुकाम आइपुगेका यहाँका सर्वसाधारणहरुलाई बैंकिङ् सेवा लिन कठिनाई परेको हो ।
यसै साता बाट राष्ट्रिय वाणिज्य बैङ्क प्रशासनले राष्ट्र बैङ्कको निर्देशनलाइ आधार बनाएर सेवाग्राहिले मागे अनुसारको भुक्तानि दिन नसक्ने भन्दै आएको छ ।
नेपाल राष्ट्र बैङ्कले चैत्र २५ गतेदेखि २०७० बैशाख २ गते सम्मका लागी कारोवार नगर्न बैङ्कको मुद्रा कोषबाट १२ गते र बित्त बिभाग बाट १४ गते छुट्टाछुट्टै परिपत्र पठाइएको बैंकले जनाएको छ । एक परिपत्रमा हाल चलिरहेको बैङ्कीङ प्रबिधीलाइ आधुनिक बनाई ओलम्पीक बैङ्कीङ सिस्टम संचालन गर्न तयारि गनुपर्ने भएका कारण कारोवारे रोक्न भनिएको छ भने अर्को पत्रमा आवश्यक तयारि समयमै पूरागर्न भनियको छ । तर यहाँको बैङ्क प्रशासनले आवश्यक तयारी नगरेका कारण आफुहरु दुःखमा परेको गेला गाविसका मनिराज शाहीले गुनासो गर्नु भयो । ।
त्यस्तै यहाको बैङ्कको अवस्था वारे सरोकारवाला सचेत नरहेका कारण दुःख पाउनु परेको अर्का सेवा ग्राहि राँचुलिका ऐन बहादुर शाहीको गुनासो छ ।
बैंकमा यति वेला सेवाग्राहिको चाप बढेको छ । समस्या समाधान गर्न नेपाल राष्ट्र बैङलाइ मौखिक र लिखीत जानकारी गराइसकेको बैङका सहायक प्रवन्धक अमर प्रसाद उपाध्याय बताउछन् ।
एउटै बैङ्क हुनु त्यसमापनि जनताले सहजै सेवा नपाउनु प्रमुख समस्या रहेको छ । यसको समाधानकालागी सरोकारवाला निकाय र सरकारी तवरवाट ध्यान दिन जरुरी देखिन्छ ।
No comments:
Post a Comment