कालीकोट
चैत्र ३०÷कर्णालि अञ्चलमा आउने पोषण भर्ता अधिकांस वालवालिकाहरुले जिल्ला बाहिर वसेर कालीकोटमा बुझ्ने गरेको भेटिएको छ ।
पछिल्लो समयमा पोषण भर्ता पाउने गरेपछि गाविसका कार्यलयमा जन्मदर्ताको क्रम बढेको ओदानकु गाविसका सचिव नेत्र बहादुर शाहीले बताएका छन । उनका अनुसार वालवालिकाको पोषण भर्ताका लागि घरमा बच्चा नभएपनि आमा वुवाले वालपोषण भर्ताका लागि मरिहत्ते गर्ने गरेको बताएका छन । उनले त्यति मात्रमा होइन वालवालिका भारतको हरिद्धारमा भएकाहरुले समेत वालपोषण पाउनका लागि गाविसमा आएको बताएका छन । त्यति मात्र होइन वालपोषण भर्ताका लागि बच्चा नजन्मेका अबस्थामा पनि वालपोषण रकम बुझ्ने गरेको स्रोतका दावि छ । जिल्ला विकास समिति कालीकोटका अनुसार अहिले रकम दुरुपयोग हुन नदिनका लागि आमा र बच्चाको सयुंक्त फोटो सहितको परिचयपत्र दिन थालिएको बताएको छ ।
गाविसकम एउटै आमाका बच्चाहरु अर्काे आमाका बच्चा भएको भन्दै डवल नाम समेत हाल्ने गरेको सामाजिक सुरक्षा अधिकृत हिरा बहादुर वमले लालु र धौलागोहमा दोहोरिएका नामावलिहरु कटाइएको बताएका छन । उनका अनुसार जिल्लाका मान्म,दाहां,लालु र धौलागोहमा सतप्रतिशत जन्म दर्ता गरिएको बताए । कालिकोटमा भने अनुसारको सामाजिक सुरक्षा भर्ता नआउदा झनै समस्या आउने गरेको सचिवहरुको गुनासो रहेको छ । त्यसै गरी सामाजिक सुरक्षा भर्ता अन्तरगत अपाङ्ग भर्ताका बारेमा सरकारले भेदभाव गरेको सहभागिले आरोप लगाएका छन । पूर्ण अपाङ्ग भएका “क” वर्ग र “ख” वर्गका लागि मात्र रकम दिएर वेवास्ता गरेको बताइएको छ । ग र घ वर्गका लागि रकम नदिएको अपाङ्गहरुले आरोप लगाएका छन । जिल्लामा दुई खाले अपाङ्ग रहेकोमा जिल्लाका सरोकारवालाले किन फरक फरक भएको प्रश्न गरेका छन। नेपाल पत्रकार महासंघ कालीकोटका कोषाध्यक्ष रत्न कार्कीले द्धन्द्ध पिडितले जिल्ला प्रशासन कार्यलय कालीकोट बाट र अन्य अपाङ्गहरुले जिल्ला विकास समिति कालीकोट बाट भर्ता पाउने गरेको बताएका छन । उनले एकद्धार प्रणालि लागु गर्न अनुरोध गरेका छन । त्यसै गरी जेष्ठ नागरिक भर्ताका बारेमा जिल्लामा नौ हजार नौ सय २१ जना रहेको र यो संख्या वर्षेनि नघटेको स्थानियले बताएका छन । गाविसमा सामाजिक सुरक्षा भर्ता संख्यात्मक रुपका आधारमा आउने गरेको भएपनि मृत्यु भएको नाममा आएको रकम नत सम्बन्धित घरपरिवार पाउछन नत सरकारलाई फिर्ता जाने गरेको छ । यो रकम कहां जान्छ त गाविस सचिव नवराज शाहीले गाविसमा जेष्ठ नागरिकहरु मृत्यु भएपनि दर्ता भने कसैले नगरेको र स्थानिय सचिवहरुले जानकारी पाएमा मात्र लिष्ट बाट हटाउने गरिएको बताएका छन । गत वर्ष कालीकोटका लागि चार महिनाका सामाजिक सुरक्षा भर्ताका बारेमा यस वर्ष नेपाल सरकार संग दुई करोड ९० लाख पांच हजार माग गरिएको सामाजिक सुरक्षा अधिकृत हिरा बहादुर वमले जानकारी दिएका छन ।
कालीकोट जिल्ला सदरमुकाम मान्ममा युनसेफ नेपाल र किर्डाक कालीकोट द्धारा सञ्चालित सामाजिक संरक्षण सम्बन्धित कार्याशाला गोष्ठिका क्रममा रहस्य खुलेको हो । कालीकोटका विभिन्न गाविसमा सामाजिक सुरक्षा भर्ताका बारेमा कार्यक्रमका सहभागिले स्थानिय स्तरमा जति रकम आंउछ सो रकम समयमा पुग्न नसेको बताएका छन ।
संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका प्रतिनिधि महेश पाठकले मन्त्रालयले ७५ जिल्लामा सामाजिक सुरक्षा भर्ताको बारेमा ब्यापक दुरुपयोग भएको भन्ने जानककारी आएकाले देशभर अनुगमन थाल्ने जानकारी दिनु भएको छ । वहांका अनुसार देश भरिको विवरणहरु सहि समयमा नआउने गरेकाले बजेटको ब्यवस्थापनमा कठिन हुने गरेको पाठकको भनाई रहेको छ । सरकारले कर्णालिमा विशेष जोड दिएको बताउदै ब्यवस्थित गरेर सहि सदुपयोगको खांचो रहेको विश्वास रहेको छ ।
No comments:
Post a Comment