मध्यपश्चिमको नमुना गांउ बन्यो बरांतु
कालीकोट
७ चैत्र÷“महिला हिंसा अन्त्य गरौं,गोठ होइन घर सरौं” भन्ने मुल नाराका साथ कालीकोट जिल्लाको बदालकोट गा वि स स्थित वडा न.एक बरातु गांउलाई एक विशेष कार्यक्रमका विच छाउपडि मुक्त गांउ घोषणा गरिएको छ ।
सदरमुकाम भन्दा १० कोष टाढा रहेको बरातु गांउ मध्यपश्चिमको पहिलो छाउपडि प्रथा उन्मुलन गांउ घोषणा गरिएको हो । ५१ घरधुरी रहेको बरांतु गांउलाई स्थानिय महिलाहरुले संयुक्त हातेमालो गरेर छाउपडि प्रथा अन्त्य भएको घोषणा सहित कसैले पनि छाउपडि प्रथाको नदोहो¥याउने प्रतिवद्धता गरेका हुन ।
जिल्ला स्तरिय गैर सरकारी सस्था सहयोगि हातहरुको समुह(सहास)नेपालको समन्वय तथा गांउ विकास समितिको कार्यालय बदालकोटको सक्रिय सहभागितामा उक्त कार्यक्रम गरिएको हो । जिल्ला स्तरका सरकारी तथा गैरसरकारी संघ सस्थाका कार्यालय प्रमुख,राजनैतिक दल,पत्रकार,नागरिक समाज,विभिन्न राजनैतिक दलका महिला भातृसंगठन लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य विजया विष्टले बरांतु गांउ बाट थालिएको छाउपडि उन्मुलनको अभियान कर्णालि अञ्चलमा मात्र नभै देशै भरि विस्तार गर्नु पर्नेमा जोड दिदै आफुहरुको यस अभियानमा ऐक्यवद्धता रहेको बताउनु भएको छ । ग्रामिण इलाकामा जकडिएको छाउपडि प्रथालाई समुदायको चेतना अभिबृद्धि संगै संघ सस्थाहरुको सक्रियतामा स्थानिय महिलाहरुलाई जनचेतना फैलाएर स्थानिय महिलाहरुले स्वतःस्फुर्त ढंगले उक्त अभियानमा साथ दिएका हुन । यस अघि २०६४ सालमा कर्णालि अञ्चलको पहिलो तथा मध्यपश्चिमको दोस्रो खुला दिशामुक्त गांउ बदालकोटको बडा न.३ जिम्जेडी गांउ बाट शुरु गरिएको थियो ।बदालकोट गाविसका स्थानिय अगुवा निलो तिरुवाका अनुसार बदालकोट वडा न. १ बाट शुरु गरिएको अभियान केही समयको अन्तरालमा बदालकोटको जिम्जेडी गांउमा छाउपडि प्रथा उन्मुलन भएको गांउ घोषणा गर्ने तयारी भैरहेको बताउनु भएको छ । वहांका अनुसार नाममा मात्र घोषणा नभै काममा ब्यवहारिक रुप दिन आफुहरु लागि पर्ने बताउनु भएको छ ।कार्यक्रममा अधिकांस महिलाहरुको सहभागिता रहेको कार्याक्रममा महिला हिंसाका घटनाहरु दिनानु दिन बढ्दै गएकाले महिलाहरु अगाडि बढाउन लागि पर्नु पर्ने बताएका छन । अधिकांस सुझाव दिने बक्ताहरुले छाउपडि मुक्तका लागि जिल्लामा रणनैतिक योजना बनाई विभिन्न सरकारी तथा गैरसरकारी निकायका परियोजनामा समावेश हुन आबश्याक रहेको बताइएको छ ।नेकपा एमाले कालीकोटका अध्यक्ष कुर्मराज शाहीको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा वालविकास प्रा वि बदालकोट १ बरांतुका छात्रा,छात्रहरुले नाचगान गरेका थिए भने स्थानिय रेडियोहरुले प्रत्यक्ष प्रशारण गरिएको थियो ।
No comments:
Post a Comment