Saturday, April 20, 2013

        दुई हजार सदस्यको घरमा अनुदानमा सोलार जडान
मनिका बोहरा
कालीकोट
७चैत्र ÷कालीकोट स्थित एक सहकारी सस्थाले आफ्ना शेयर सदस्यको घरमा उज्यालो बाल्ने उद्देश्यले सहकारी गांउ घर उज्यालो कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
    सदरमुकाम मान्म ५ स्थित हिमचुलि सहकारी सस्था लि.ले आफ्ना चार हजार तिन सय ६० जना सदस्य मध्ये यस वर्ष दुइ हजार शेयर सदस्यलाई अनुदानमा सोलार प्रणालि जडान गरेर “गांउघर उज्यालो कार्यक्रम” शूरु गरेकोे हो ।
    सहकारी सस्थाले विगत दुई वर्ष अघि देखि सौर्य उर्जा कार्यक्रममा ऋण लगानि गरेर सोलार प्रणालि जडान कार्यक्रमलाई यस वर्ष  पनि कार्यक्रमलाई विस्तार गर्दै जिल्लाका २३ गाविसमा निरन्तरता दिने निर्णय गरेको हो । ।सस्थाको बुधबार बसेको बैठकले यस वर्ष दुई हजार शेयर सदस्यको घरमा अनुदानमा सोलार जडान गर्न निर्णय भएको सस्थाका महासचिव एंवम उर्जा कार्यक्रम प्रबन्धक जयचन्द्र अधिकारीले बताउनु भएको छ । वहांका अनुसार सस्थाले विगत वर्षमा १५ सय ५० सदस्यको घरमा अनुदानमा सोलार जडान गरेको समेत बताउनु भएको छ ।कालीकोट जिल्ला भर कार्यक्षेत्र रहेको हिमचुलि कृषि सहकारी सस्थाका अहिले सम्म ४३ सय ६० जना सदस्य रहेको बताइएको छ ।      
          सदस्यहरुलाई अनुदान बाहेकको सोलार सेटमा पर्ने मुल्यको २० प्रतिशत रकम नगद भुक्तानि सहित बांकी रकम ऋणमा परिचालन गर्ने गरिएको सस्थाका कोषाध्यक्ष जगेन्द्र प्रसाद आर्चायले बताउनु भएको छ । गर्त वर्ष नौ सय थान सोलार सेट जडानमा सदस्यहरुलाई एक वर्ष देखि दुई वर्ष सम्मको किस्तामा ऋण परिचालन गरेको सस्थाले जनाएको छ । कालीकोटका ग्रामिण इलाकामा दियालो बालेर उज्यालो प्राप्ति गरेका समुदायहरुका लागि सस्थाले जडान गर्ने सोलार प्रणालिबाट शेयर सदस्यहरु लाभान्वित हुने देखिन्छ ।दुर्गम क्षेत्रमा सरकारले दिदै आएको अनुदान अनुसार शेयर सदस्यलाई सोलारको क्षमताका आधारमा २० वाट देखि ५० वाट सम्मका सोलारमा ६ हजार देखि ११ हजार ४सय सम्म अनुदान दिने घोषणा गरेको सस्थाका कार्यकारी प्रमुख भिम प्रसाद बरालले जानकारी दिनु भएको छ । वहांका अनुसार सस्थाले शेयर सदस्यहरुको माग बमोजिम “गांउघर उज्यालो कार्यक्रम” शुरुवात गरेको बताउनु भएको छ ।वहांले अनुदानमा घरमा सोलार प्रणालि जडान मात्र होइन भान्छ घर सुधार कार्यक्रम पनि संग संगै लिएको समेत बताउनु भएको छ ।
        बैकल्पिक उर्जा प्रवद्धन केन्द्रको सहयोग तथा राष्ट्रिय सहकारी संघ लि काठमाडौ र विनवर्क इन्टरनेश्लको समन्वयमा जिल्लामा उर्जा क्षेत्रमा काम थालनि गरेको सस्थाले शुरुवातको चरणमा  सदस्यहरुको माग संकलन गरेर काम शुरुवात गरेको हो । माग संकलनका क्रममा जिल्लाभरीको विवरण अनुसार सस्थामा ३५ सयले सोलार जडानका लागि माग गरेको भएपनि अहिले त्यो संख्या बढेको बरालको भनाई रहेको छ ।वहांले  विगतमा ऋण लगानि गरेका शेयर सदस्यहरुको घरमा वार्षिक आम्दानि अनुसार नै मासिक  किस्ता निर्धारण गरेर भुक्तानिको सजिलो माध्यम बनाइएको बताइएको छ । सस्थाले अहिले बचत ऋण,मनिट्रान्सफर, लघुवित्त, उन्न्त गाई पालन, सौर्य उर्जा कार्यक्रमका साथै दुध डेरी स्थापना गरेर बहुआयमिक काम गर्दै आएको छ । सस्थाको अहिले १८ लाख शेयर पुंजि रहको छ भने ६० लाख निक्षेप संकलन गरेको जनाएको छ । सस्थाले उर्जा कार्यक्रमका लागि एस बंैक र आरयामडिसिबाट ऋण  समेत प्राप्त गरेको सस्थाका उपाध्याक्ष काली बहादुर महताराले बताउनु भएको छ ।
पांच वर्षको लक्ष्य राखिएको उज्यालो कार्याक्रमबाट सदस्यहरुले आफ्नो आबश्याक्ता अनुसारको सोलार जडान गर्ने बताइएको छ । सस्थाले अहिले २० वाट र ५० वाट जडान गर्न थालेको छ भने शेयर सदस्यले माग गरे अनुसार कम्पनिबाट उपलब्ध गरिने छ ।  सस्थाले आफ्नो कार्यक्रममा लागु गरिएको ब्याजदर १२ देखि १८ प्रतिशतमा सोलार लगाएत कृषि तथा दुग्ध ब्यावसायमा ऋण परिचालन गर्दै आएको बताइएको छ । फागुन र चैत्र महिना भरि गांउघर उज्यालो कार्यक्रम सञ्चालन हुने बताइएको छ । दुई महिनामा जिल्लाका २० वटा गाविसमा रºतारमा अभियान शरु गरेर सदस्यहरुमा राहातको महसुस हुने कार्यकारी प्रमुख बरालले दावि गर्नु भएको छ । कालीकोट जस्तो दुर्गम क्षेत्रमा उज्यालोको क्षेत्रमा नमुना कार्यक्रम भएको र अझै प्रभावकारी गरेर निरन्तरता दिने बरालले बताउनु भएको छ ।वहां कालीकोटमा विगतमा सरकारले ल्याएको कर्णालि उज्यालो कार्यक्रम भन्दा आफुहरुको कार्यक्रम सफल हुने बताउनु भएको छ । सस्थाले सोलार संगै आधुनिक मातृभुमि चुल्हो समेत शेयर सदस्यको घरमा भान्छा सुधार कार्यक्रम समेत सञ्चालनमा ल्याएको हो । सस्थाका अध्याक्ष काशिचन्द्र बरालले “ग्रामिण इलाकामा परम्परागत चुल्हो बाट वाक्क भएका गृहणिहरुमा मातृभुमि चल्होले सहजता ल्याउने” बताउनु भएको छ । वहांले सहकारी सस्थाले मात्रै गरिव तथा दुर्गम इलाकामा परिवर्तनका लागि कार्यक्रमहरु शूरु गर्ने विश्वास आफुमा रहेको बताउनु भएको छ । कर्णालि कै उत्कृष्ट सहकारीको रुपमा स्थिापित  हिमचुलि कृषि सहकारी सस्थाले जिल्लाका विभिन्न निकाय तथा डिभिजन सहकारी कार्यलय जुम्लाबाट उत्कृष्ट सहकारी प्रशंसा पत्र पाएको छ भने राष्ट्रिय सहकारी संघ लि काठमाडौ बाट उत्कृष्ट ब्यावसाय पूरस्कार समेत पाइसकेको छ । सोलार जडानका लागि अनुदानमा आबश्याक अनुदान रकमका लागि २६ लाख ५० हजार रकम आबश्याक परेको बताएको छ ।
     जिल्लामा सोलारको कार्यक्रममा जडान गरिएको सोलारमा विक्रि पछिको सेवामा सहज हुने र सस्थाले निजि ब्यापारी जस्तै बेइमान नगरेकाले सस्था प्रति सदस्यको विश्वास बढेको बताइएको छ । सस्थाले दुग्ध ब्यावसाय,लघुवित्त,उर्जा कार्यक्रम र कृषिमा गरि ४८ लाख रकम लगानि गरेको कार्यकारी प्रमुख बरालको भनाई रहेको छ ।सस्थाले कृषि तर्फ गत साउनमा गांउमा उत्पादित बस्तु खरिद बिक्रिको काम थालनि समेत गरेको छ ।सोलारका लागि  हाल सस्थाले जिल्लामा सदस्यहरुको सामान मर्मतका लागि निशुल्क मर्मत सेन्टर समेत स्थापना गरेको छ । मर्मतका लागि काम गर्दै आएका सोलार प्राविधिक राजेन्द्र प्रसाद बरालले सस्थाका सदस्यहरुलाई निशुल्क सेवा दिने गरेको र गैर सदस्यहरुलाई भने  सशुल्क सेवा दिएको बताउनु भएको छ । उर्जा क्षेत्रको पहुंचका लागि दूई दर्जन सोलार प्राविधिक (तह १)को जनशक्ति समेत उत्पादन गरेर विभिन्न निकायमा काम समेत गर्दै आएका छन । र जडान गरेर एक वर्ष सम्म किस्ता तिर्दै आएका फुकोट ५का गंग महताराले आफुले सोलारको रकम तिरेको थाहा समेत नपाएको बताए । उनले किस्तामा ल्याएको सोलार मर्मतका लागि प्राविधिक समेत घरमा आएर हेरफर का साथै मर्मत हुने र उज्यालो बाल्दै रकम तिनु परेकाले सहज भएको बताएका हुन । उन्नत जातका गाईपालनको  गोवरबाट जिवा मल र जिवा अमृत मलको शुरुवात गनृुका साथै सस्थाको पहलमा सदस्यहरुले अहिले कागतिका साथै अल्मण्ड खेतिको कालीकोटमा पहिलो पटक शुरुवात समेत गरेका छन ।२०६५ सालमा स्थापना भएको सस्थाले जिल्लामा छोटो समयमा ४० जनालाई प्रत्यक्ष रोजगार दिन सफल भएको छ । कालीकोटमा लालिगुरांस कृषि सहकारी सस्था लि.राचुलिले सात सय सोलार विक्रि वितरण गरेको छ भने त्यस्तै गरी कर्णालि कृषि सहकारी सस्था लि मालकोटले एक सय बढि सोलार वितरण गरेको छ ।

No comments:

Post a Comment